श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइको जनवादि विवाह

फागुन १ गते शनिवार श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइले आफ्नो प्रेमी जेकेन्द्र श्रेष्ठसंग जनवादि विवाह गरेकि छिन् ।

भिडियो रिपोर्ट:

जनवादि विवाह कसरि गरिन्छ?

परम्परागत हिन्दु विवाह १-२ दिनसम्म लाग्ने भए पनि, जनवादि विवाह अति नै छोटो हुन्छ । बाबुराम र हिसिलाले गरेको जनवादि विवाह उनिहरुकि छोरिले पनि अपनाएकि छिन् । यस्तो विवाहमा पण्डित पुरोहितको आबश्यकता हुँदैन, दुलाहा दुलहिले एक अर्कालाइ माला लगाइदिएर एकअर्कालाइ स्विकारे पछि विवाह सकिन्छ । यसरि जनवादि शैलिमा गरिएको मानुषिको विवाहमा दुलाह दुलहिले एक अर्कालाई स्विकार्ने र बाउ बाउआमा लगाएतका अभिभावकले फुल उपहार दिएर बधाइ दिने आदि सबै बैवाहिक प्रक्रिया सकिन बिस मिनेट पनि लागेको थिएन ।

यो विवाहको उल्लेख्य पक्ष भनेको दुलहि भएकि मानुषिले एक सानो रातो टिका मात्र लगाएकि थिइन र कुनै मेकअप गरेकि थिइनन । उनले नाक, कान र घाँटिमा पनि कुनै गहना लगाएकि थिइनन भने सेतै फुलेको कपाललाइ पनि रंगलगाएर छोप्ने प्रयास गरेकि थिइनन ।

मानुषिका प्रेमि जेकेन्द्र श्रेष्ठसंग तनहुँ, रिसिङका बासिन्दा हुन। मानुषि, त्रि. वि. किर्तिपुर क्याम्पसकि स्व.वि.यु. सचिव हुँदा जेकेन्द्र अखिल (क्रान्तिकारि)का अध्यक्ष थिए । यि दुइ बिचको मित्रता त्यहि बेलादेखि शुरु भएको भए पनि प्रेम सम्बन्धको शुरुवात मानुषिका बाबु बाबुराम भट्टराइ प्रधानमन्त्रि बनेको बेला भएको थियो । अहिले मानुषि र जेकेन्द्र दुबैजना भट्टराइको नेतृत्वको शुरु भएको नयाँ शक्ति पार्टिमा क्रियाशील रहेका छन् ।

manushi bhattarai marriage baburam

manushi yami bhattarai marriage

Leave a Reply

Your email address will not be published.