मिस नेपाल २०१६ को उपाधि कसले जित्ला ?

नेपालको सबै भन्दा ठुलो सुन्दरि प्रतियोगिता, मिस नेपालको सन २०१६ संस्करणमा १९ जना प्रतियोगिहरु छानिएका छन् । यि १९ जना प्रतियोगि सुन्दरिहरुको संक्षिप्त परिचय निम्न भिडियोमा प्रस्तुत गरिएको छ:

  • प्रतियोगि नम्बर १ आश्मा केसि
  • प्रतियोगि नम्बर २ कृतिमा रिमाल
  • प्रतियोगि नम्बर ३ सजुम कटवाल
  • प्रतियोगी नम्बर ४ सचिना श्रेष्ठ
  • प्रतियोगी नम्बर ५ जुबि जोशि
  • प्रतियोगी नम्बर ६ आयुष्मा श्रेष्ठ
  • प्रतियोगी नम्बर ७ रोशनि खत्रि
  • प्रतियोगी नम्बर ८ सोनिया शर्मा
  • प्रतियोगी नम्बर ९ अंशु केसि
  • प्रतियोगी नम्बर १० कुसुम थापा मगर
  • प्रतियोगी नम्बर ११ अश्मि श्रेष्ठ
  • प्रतियोगी नम्बर १२ करुणा खड्का
  • प्रतियोगी नम्बर १३ अनिता कार्कि
  • प्रतियोगी नम्बर १४ वर्षा लेखि
  • प्रतियोगी नम्बर १५ सन्दिपा लिम्बु
  • प्रतियोगी नम्बर १६ सिर्जना रेग्मि
  • प्रतियोगी नम्बर १७ प्रतिभा दवाडि
  • प्रतियोगी नम्बर १८ नम्रता श्रेष्ठ
  • प्रतियोगी नम्बर १९  प्रेरणा अधिकारि

मैले यि सबै प्रतियोगिहरुको बारेमा पुरा बिवरण र फोटोहरु यस पोष्टमा आगामि दिनमा थप्दै जानेछु । यि मध्ये कसले प्रतियोगिता जित्ला कमेन्टमा अनुमान गर्नुहोला:

प्रतियोगि नम्बर १ आश्मा केसी

कीर्तिपुर, काठमाडौंकि स्थायि बासिन्दा २१ बर्षिय सुन्दरि आश्मा ५ फिट ६ इन्च अग्लि छिन । आश्मालाइ फुर्सदमा साहसिक यात्रा गर्न मन पर्छ भने उनि नृत्य गर्न तथा गित गाउनसमेत सिपालु छिन् । आश्मालाई प्रायः औपचारिक तथा परम्परागत पहिरन मन पर्छ भने सारि उनको सबैभन्दा मनपर्ने पहिरन हो ।

“नया“ कुरा सिक्ने उद्देश्यले मिस नेपालमा भाग लिएकि आश्माले यसअघि सन् २०१४ मा जोय पपैया ग्ल्याम हन्ट प्रतियोगितामा पनि सहभागि भएकि थिइन् ।

होटल म्यानेज्मेन्टकि छात्रा आश्माले होटल म्यानेज्मेन्टमै स्नातक (बिएचएम) तह उतिर्ण गरेकि छिन् । उनले भविष्यमा सफल होटल व्यवसायि बन्ने लक्ष्य लिएकि छिन ।

Ashma KC miss nepal 2016

प्रतियोगि नम्बर २ कृतिमा रिमाल

रामकोट, काठमाडौं निवासि कृतिमा रिमाल मिस नेपाल–२०१६ कि प्रतिस्पर्धि नम्बर २ हुन् । लुज टिशर्ट, पाइन्टका साथ सथै परंपरागत सारि पनि लगाउनु मन पराउने कृतिमालाइ खाना पकाउन का तथेइ उपन्यास पढ्न पनि मन लाग्छ । कृतिमाको उचाइ ५ फिट ४ इन्च रहेको छ ।

अहिले सम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागि नभएकि कृतिमालाइ मिस नेपाल–२०१६ को सहभागि हुँदा उनलाइ जिवनकै नौलो यात्रा तय गर्न लागेको भान भएको छ ।

कानुन बिषय अध्ययन गरिरहेकि कृतिमा बिए एलएलबि चौथो वर्षमा अध्ययरत छिन् । उनलाइ आबश्यकता परेका मानिसहरुलाइ सहयोग गर्नुका साथै नया नया बिषयमा अनुसन्धान गर्न पनि मन लाग्छ ।

Kritima Rimal miss nepal 2016

प्रतियोगि नम्बर ३ सजुम कटवाल

मिस नेपाल–२०१६ कि प्रतियोगि नम्बर ३ सजुम कटवाल, चोभार, किर्तिपुर कि स्थाइ बासिन्दा हुन् । २१ वर्षकि, ५ फिट ४ इन्च अग्लि सजुम लाइ भ्रमण गर्न मन पर्छ । उनलाइ नयाँ मानिसहरुसंग छलफल गर्न पनि रमाइलो लाग्छ । फुर्सदमा सजुमलाइ नाच्न र गाउन मन पराउने सजुमलाइ औपचारिक पहिरन लगाउन मन पर्छ ।

मिस कलेज डिभा–२०१५ कि विजेता सजुमलाइ मिस नेपाल को प्लेटफर्मले एउटि साधारण युवतिलाइ पनि मजबुत महिलामा रुपान्तरण गर्न सक्छ ।

बिबिएकि अध्ययन गरिरहेकि सजुमले एयर होस्टेजको समेत प्रशिक्षण लिइसकेकि छिन । सजुम भविष्यमा सामाजिक कार्य लाग्ने योजनामा छिन ।

saium katuwal_ miss nepal

प्रतियोगि नम्बर ४ सचिना श्रेष्ठ

मिस नेपाल २०१६ कि प्रतियोगि नम्बर ४ सचिना श्रेष्ठ काठमाण्डौं, महाराजगन्जकि बासिन्दा हुन् । २० वर्षिया सचिनाको उचाइ ५ फिट ४ इन्च छ । सचिनालाइ पहिरनमा लगाउँदा राम्रो देखिने सबै खालका पहिरन मन पर्छ ।

यस अघि कुनै पनि प्रतियोगितामा भाग नलिएकि सचिनालाइ मिस नेपाल प्रतियोगिता चुनौतिपुर्ण र नयाँ कुराहरु सिक्ने मौका हुने उनि बताउँछिन ।

सचिना सामाजिक कार्यमा पनि चाख दिन्छिन । उनलाइ सडकका कुकुरहरुको हेरचाह गर्न मन पर्छ । फुर्सदको समयमा उनि गित संगित सुन्ने र कार्टुन फिल्म हेर्ने गर्दछिन । बिबिए पाँचौं सेमेस्टरकि छात्रा सचिनाले भबिष्यमा एनिमल राइट्सको वकालत गर्ने संस्था सञ्चालन गर्ने योजना बनाएकि छिन् ।

miss nepal contestants 19 all

प्रतियोगि नम्बर ५ जुबि जोशि

प्रतियोगि नम्बर ५ जुबि जोशि कुलेश्वर, काठमाडौंकि बासिन्दा हुन । ५ फिट ६ इन्च अग्लि जुबि २१ बर्षकि भइन । जिन्स र टिसर्ट लगाउन मन पराउने जुवि नृत्य गर्न तथा पुस्तक पढन रुचाउछिन ।

जुबि जोशिले हालसम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिएकि छनैन । तेसैले मिस नेपाल–२०१६ नै उनको पहिलो सौन्दर्य प्रतियोगिता हो ।

जुवि बिबिएकि छात्रा हुन ।

प्रतियोगि नम्बर ६ – आयुष्मा श्रेष्ठ

ताप्लेजुंगमा जन्मिएकि भए पनि आयुष्मा श्रेष्ठले मिस नपोल–२०१६ मा भने काठमाडौंको प्रतिनिधित्व गरेकि छिन् । २० वर्षकि आयुष्मा ५ फिट ५ इन्च अग्लि छिन । आफुलाइ खेलकुदप्रेमि भन्न रुचाउने आयुष्मालाइ बास्कटेबल तथा स्स्विमिंग मनपर्ने खेल हुन । उनलाइ खेलकुदका साथै यात्रा गर्न पनि मन पर्छ।

यसअघि कुनै पनि सौंदर्य प्रतियोगितामा भाग नलिएकि आयुष्माको मिस नेपालनै पहिलो सौंदर्य प्रतियोगिता हो । आयुष्मा बिबिए सातौं सेमेष्टरकि छात्रा हुन् ।

प्रतियोगि नम्बर ७ – रोशनि खत्रि

घर – ताल्छिखेल, ललितपुरकि
उमेर – २० वर्षिया
उचाइ – ५ फिट ८ इन्च अग्लि (रोशनि मिस नेपाल–२०१६ कि सर्वाधिक अग्ला तिन सुन्दरिमध्ये एक हुन् ।)
मन पर्ने – क्याजुअल वेयरकि पारखि रोशनि गायनमा समते रुचि राख्छिन् ।
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि
पढाइ – आइटि मा बि.एस्सि. अध्ययनरत
लक्ष्य – आइटि अफिसर

प्रतियोगि नम्बर ८ – सोनिया शर्मा

घर – छत्रेदेउरालि, धादिंग , काठमाडौंबाट प्रतिनिधित्व
उमेर – २२ वर्षिया
उचाइ – ५ फिट ६ इन्च अग्लि
मन पर्ने – नृत्य, गायन तथा उपन्यास अध्ययनमा रुचि ।
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि
पढाइ – बिबिएस अध्ययनरत
लक्ष्य – आफ्नै व्यवसायमा सक्रिय हुने योजना

प्रतियोगि नम्बर ९ – अंशु केसि

घर – ललितपुर
उमेर – २३ वर्षिया
उचाइ – ५ फिट ९ इन्च अग्लि (प्रतियोगिताकैसबैभन्दा अग्लि प्रतिस्पर्धि हुन् )
मन पर्ने – नृत्य गर्न तथा बास्केट बल खेल्न रुचाउने अंशुलाइ पाइन्ट, टिसर्ट, गाउन तथा लेहेंगा लगाउन मन पर्छ
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि
पढाइ – एमबिएमा अध्ययनरत
लक्ष्य – बिजनेस इन्टरप्रेनर बन्ने

प्रतियोगि नम्बर १० – कुसुम थापा मगर

घर – बुटबल
उमेर – १९ वर्षिया
उचाइ – ५ फिट ६ इन्च अग्लि
मन पर्ने – नृत्य गर्न तथा भलिबल र टेबुलटेनिस खेल्न
यस अघि सौंदर्य प्रतियोगितामा – मिस टिन कलेज –२०१५ कि बिजेता
पढाइ – बिबिए अध्ययनरत
लक्ष्य – सफल ब्यवसायि

प्रतियोगि नम्बर ११ – अश्मि श्रेष्ठ

घर – बानेश्वर, काठमाडौं
उमेर – २२ वर्षिया
उचाइ – ५ फिट ७ इन्च अग्लि
मन पर्ने – संगित सुन्ने, टिसर्ट तथा जिन्सकि पारखि
यस अघि सौंदर्य प्रतियोगितामा – फेस अफ क्लासिक डायमन्ड २०१४ जितेकि, विगत ६ वर्षदेखि मोडलिंगमा सक्रिय
पढाइ – बिबिए अध्ययनरत
लक्ष्य – सफल उद्यमि बन्ने

प्रतियोगि नम्बर १२ – करुणा खड्का

घर – बुटवल
उमेर – २० वर्षिया
उचाइ – ५ फिट ५ इन्च अग्लि
मन पर्ने – नृत्य, गायन तथा यात्रामा रुचि
यस अघि सौंदर्य प्रतियोगितामा – मिस बुटबल–२०७० उपाधि बिजेता, नेपाल्स नेक्स्ट टप मोडल–२०१५को रनर्स अप
पढाइ – बिबिए अध्ययनरत
लक्ष्य – एयर होस्टेज, सफल महिला बन्ने लक्ष्य

प्रतियोगि नम्बर १३ – अनिता कार्कि

घर – सोलुखुम्बुमा जन्म, धरानको प्रतिनिधित्व
उमेर – २१ वर्षिया
उचाइ – 0 फिट 0 इन्च अग्लि
मन पर्ने – संगित सुन्न, यात्रा गर्न तथा विभिन्न स्थलहरुको भ्रमण
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि
पढाइ – न्युट्रिसन तथा डाइटमा बिएस्सि अध्ययनरत
लक्ष्य – कुशल डाइटिसियन

प्रतियोगि नम्बर १४ – वर्षा लेखि

घर – सप्तरि
उमेर – २२ वर्षिया
उचाइ – ५ फिट ६ इन्च अग्लि
मन पर्ने – चित्रकला एवं नाच्नमा रुचि, सारि र ब्लाउज मनपर्ने पहिरन
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि, थारु समुदायको प्रतिनिधित्व
पढाइ – वातावरण विज्ञानमा बिएस्सि अध्ययनरत
लक्ष्य – राजनितिज्ञ बन्ने

प्रतियोगि नम्बर १५ – सन्दिपा लिम्बु

घर – सिर्जना चोक, धरान
उचाइ – ५ फिट ८ इन्च अग्लि
मन पर्ने – गायन तथा अध्ययनमा रुचि
यस अघि सौंदर्य प्रतियोगितामा – मिस पुर्वाञ्चल–२०१२ मा फस्ट रनर्सअप
पढाइ – प्लस टु उत्तिर्ण
लक्ष्य – सफल र खुसि व्यक्ति बन्ने

प्रतियोगि नम्बर १६ – सिर्जना रेग्मि

घर – बालाजु, काठमाण्डौं
उमेर – २३ वर्षिया
उचाइ – ५ फिट ५ इन्च अग्लि
मन पर्ने – मनपर्ने खेल चेस हो
यस अघि सौंदर्य प्रतियोगितामा – सम्पन्न ग्ल्याम हन्ट–२०१४ मा विजयि, मिस ग्रान्ड इन्टरनसेनल–२०१४मा सहभागि
लक्ष्य – अर्थशास्त्रि बन्न

प्रतियोगि नम्बर १७ – प्रतिभा दवाडि

घर – पोखरा कि बासिन्दा तर काठमाण्डौंको प्रतिनिधित्व
उचाइ – ५ फिट ५ इन्च अग्लि
मन पर्ने –
यस अघि सौंदर्य प्रतियोगितामा – मिस नेपाल कल्चर २०१५ मा मोस्ट पपुलर विधाको एवार्ड
पढाइ – अध्ययनरत
लक्ष्य – सफल उद्यमि बन्न

प्रतियोगि नम्बर १८ – नम्रता श्रेष्ठ

घर – नैकाप काठमाण्डौं
उमेर – १९ वर्षिया
उचाइ – ५ फिट ४ इन्च अग्लि
मन पर्ने – नाच्न सिपालु
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि
पढाइ – बिएएसडब्लु (सामाजिक कार्यमा स्नातक) अध्ययनरत

प्रतियोगि नम्बर १९ – प्रेरणा अधिकारि

घर – काठमाण्डौं
उमेर – १९ वर्षिया
उचाइ – ५ फिट ४ इन्च अग्लि
यस अघि सौंदर्य प्रतियोगितामा – भाग नलिएकि
पढाइ – ए लेभल पुरा
लक्ष्य – सफल उद्यमि बन्ने

One thought on “मिस नेपाल २०१६ को उपाधि कसले जित्ला ?

Leave a Reply

Your email address will not be published.