पोखरामा एक साधु ९ दिन सम्म हावा नछिर्ने बाकसमा बसे रे, के यो सम्भव छ ?

पहिला अक्सिजन विना ९ दिन भुमि समाधिमा बस्ने सिद्धबाबाको बारेमा भिडियो रिपोर्ट हेर्नुहोस त्यसपछि यसको विवेचना:

हवा छिर्न नसक्ने काठको बाकसमा चारै तिर माटोले छोपेर ९ दिनसम्म भुमि समाधिमा बसेका भनिएका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज यहि शुक्रबार बैशाख ३ गते सकुशल बाहिर निकालिएका छन । चैत २६ गते साँझ ६:३० बजेबाट पोखरा रामघाटस्थित एक मन्दिरमा भुमि समाधिमा बसेका सिद्धबाबा ९ दिनपछि बाहिर निस्कँदा पनि स्वस्थ र सकुशल रहेको चिकित्सकको टोलिले प्रमाणित गरेको छ।

अक्सिजन बिना मानिस कति समय बाँच्न सक्छ ?

स्वास नफेरि मानिस ३ मिनेट बाँच्न सक्छ । ५-१० मिनेट स्वास नफेरि बस्दा मानिसको दिमाग बिग्रन थाल्दछ । (यो गुगलमा खोजि गर्दा भेटेको जानकारि हो)

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको तथ्यांक अनुसार अहिलेसम्म एक ब्यक्तिले २४ मिनेटसम्म पानि भित्र स्वास नफेरि बस्न सकेको रेकर्ड छ । स्पेनका प्रोफेसनल फ्रिडाइभर एलिक्स सेगुर भेन्ड्रिलले यहि २०१६ को फेबुररि २८ मा सो नयाँ रेकर्ड राखेका हुन । (यहाँ हेर्नुहोस्)

यसरि संसार भर आजसम्म कसैले पनि आधा घण्टा स्वास नफेरि बसेको तथ्याँक छैन । नेपालमा यि बाबाले ९ दिन सास फेरेनन भनेर बिश्वास गर्ने आधार के छ ?

सिद्धबाबा समाधि कसरि बसेका थिए ?

सिद्धबाबालाइ समाधिमा बस्नका लागि भनेर ५ फिट लम्बाइ र ३ फिट चौडाइको काठको बाकस बनाइएको थियो। अक्सिजन भित्र नछिरोस भनेर बाकस बाहिर प्लाष्टिक, सेतो कपडा र कम्मलले समेत बेरिएको थियो । बाकस खोल्न नामिलोस भनेर त्यहाँ  ४ वटा साँचो समेत लगाइएको थियो । बाकसको माथिल्लो भागमा बालुवा र माटोले पुरेर त्यसमाथि जमरा रोपिएको थियो । समाधिमा बसेको स्थानको सुरक्षाको लागि ३ वटा कोठाको ताला खोलेर मात्र पुग्न सकिने बनाउनुका साथै २४ सै घण्टा प्रहरिले सुरक्षा समेत दिएको थियो ।

सिद्धबाबाको सम्मान

समाधिमा बसेर सबैलाई चकित पारेको सम्मान स्वरुप सिद्धबाबालाइ बैशाख ४ गते रथारोहण सहित अभिनन्दन गरिने कार्यक्रमा छ । उनलाइ समाधि बसेको ठाउँ रामघाटबाट नारायणस्थान मन्दिर नदीपुरसम्म ध्वजासहितको रथारोहण पनि गरिने छ भने नारायणस्थान मन्दिरमा अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोला !

2 thoughts on “पोखरामा एक साधु ९ दिन सम्म हावा नछिर्ने बाकसमा बसे रे, के यो सम्भव छ ?

Leave a Reply

Your email address will not be published.