चाइनाबाट बैशाख २९ गते काठमाण्डौंसम्मका लागि भनेर एक रेल नेपाल तर्फ हिंडेको छ । तर बिडम्बना, रेल काठमान्डौं त परको कुरा हो बोर्डरसम्म आइपुग्न पनि ५-६०० किलोमिटर लामो रेल गुडने बाटो (लिक) अझै बनाउनै बाँकि छ । बोर्डर बाट ३५ किमि टाढा तिब्बत तर्फको बजार केरुंग सम्म रेलको लिक बनाउने कार्य शुरु भइ सकेको समाचार छ । तर, यो लिक पुर्ण रुपमा तयार हुन अझै २-४ बर्ष लाग्छ । त्यस पछि केरुंगबाट बोर्डर हुँदै काठमाण्डौं सम्म रेल ल्याउने रेल्वेलाइन बनाउने जिम्मा नेपाल सरकारको हो ।
अब प्रश्न उठ्छ के काठमाण्डौं सम्म रेल आइ पुग्ला त? आइ पुगे पनि, कति बर्षमा आउला ?
भिडियो रिपोर्ट हेर्नुहोस :
बाटो कस्तो छ?
चिन सरकारले क्विंग्हाइ – तिब्बत रेलवे नेटवर्कको बिस्तार गरेर केरुंग बजारसम्म ल्याउने कार्य सन २०२० सम्ममा सक्ने लक्ष लिएको छ । सो कुराको जानकारि तिब्बत स्वशाशित क्षेत्रका चेयरम्यान लोसांग जेम्कानले सन २०१५मा तिब्बत पुगेका नेपालका तक्कालिन राष्ट्रपति डा. रामवरण यादवलाइ बताएका थिए ।
सन २०१४ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका चिनिया बिदेशमन्त्रि वांग यि ले नेपाल सरकारलाइ तिब्बतको सिंगास्ते बाटा काठमाण्डौंसम्म रेल्वेलाइन बिस्तारको सम्भाब्यता अध्ययन गर्न अनुरोध गरेका थिए । चिनले आफ्नो तर्फ रेल्वे लाइन बिस्तार कार्यलाइ निरंतरता दिए पनि नेपाल पक्षले भने सो बारेमा गम्भिरतापुर्वक कार्य अघि बढाएको मलाइ जानकारि छैन ।
चिन सरकारले सन २०१४ को अगष्टमा क्विंग्हाइ – तिब्बत रेलवे नेटवर्कको को क्षेत्र बिस्तार गरेर सिंगास्तेसम्म पुर्याएको हो । सिंगास्ते तिब्बतकै दोश्रो ठुलो शहर हो ।
सन २०११ को रिपोर्ट हेर्नुहोस – Telegraph Nepal मा ।
रेल हाम्रो जिवनमा नै आउला?
नेपाल सरकारले चाहाने हो र काम शुरु गर्ने हो भने रेल काठमाण्डौंसम्म एक दशकमा नै आइ पुग्न पनि सक्छ । तर, मेलम्चिको पानि काठमाण्डौं ल्याएर सडक पखाल्छु भन्ने कृष्णप्रसाद भट्टराइ बितेकै आधा दशक भइ सक्यो तर पानि आएको छैन । भर्खरै, घरघरमा पाइपबाट ग्यास पुर्याउछु भनेका प्रधानमन्त्रिको कुरा त हावादारि भएको प्रमाणित भएको हुनाले अहिलेको अबस्तामा कसैको कुरा पनि पत्याउन लाएक देखिदैन ।
त्यसैले, भगवानले चाहेमा रेल हाम्रो जिवनकालमा नै आउला!