संसद् त झगडा गर्ने ठाउँ पो रहेछ … विद्यार्थिको निकर्ष

नेपालको संसदको कारबाहि र बजेट प्रक्रियाको सम्बन्धमा प्रत्यक्ष जानकारि लिन भनेर जेठ १७ गते सोमवार संसद भवन पुगेका एक स्कुलका विद्यार्थिहरुले संसद र नेताहरुबारेमा नकारात्मक धारणा लिएर फर्केका छन् ।

अक्सिडेन्टल पब्लिक स्कुलका १३ वर्षदेखि १६ वर्षसम्मका १४८ विद्यार्थिहरु संसदमा भएको लगातारको स्थगन र होहल्लाको कारणले बिचैमा फर्कन बाध्य भएका थिए ।अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि प्रस्ताव पेस गर्ने र अन्य सांसदहरूले बजेटका पक्षविपक्षमा धारणा राख्ने नियमित कार्यक्रम नेपालि कांग्रेसको बिरोधका कारण स्थगित भएको थियो ।

कक्षा ७, ८, ९ र १० का विद्यार्थिहरु संसदको पर्यवेक्षक कक्षबाट नेताहरुको चर्तिकला हेरेर फर्केका थिए । उनिहरुले संसदको बेथितिको कारण बजेटका बारेमा थाहा पाउन नसकेकोमा दुख ब्यक्त गरे ।

संसदमा बजेट प्रस्तुत हुनु पुर्वनै बजेटमा समेटिएका जानकारिहरु सार्वजनिक भएको विषयलाइ लिएर बैठक सुरु हुनासाथ प्रमुख प्रतिक्षि दल नेपालि कांग्रेसका सांसदहरुले  बैठक अबरुद्ध गरेका थिए ।

(फोटो र जानकारिका श्रोतहरु – अन्नपुर्ण दैनिक, नेपाल एफ एम र नेपाल न्युज)

students at parliament

Leave a Reply

Your email address will not be published. Required fields are marked *