नाग पञ्चमिको परिचय, सर्पलाइ पुजा गर्ने चलन कसरि शुरु भयो ?

घरको मुलढोका माथि नागको चित्र टाँसेर पुजा अर्चना गर्ने, नागको बासस्थान पानिको नजिक पुजा गर्ने आदि चलनका साथ आज नेपालमा नाग पञ्चमि मनाइदै छ ।

(अपडेट) अडियो परिचय:

nag_poster _nag_panchami

श्रावण शुक्लपक्ष पञ्चमिको दिनमा मनाइने यस पर्ब रोपाइँ कार्यको समाप्ति र सो कार्यको लागि नागहरुले पानि पारिदिएर लगाएको गुणको लागि कृतज्ञता ज्ञापन गर्ने पर्बको रुपमा पनि हेरिन्छ ।  बिहानै देखि घरको लिपपोत र शुद्दिकरण गरेर नागको चित्र बनाएर वा नागको चित्र बजारमा किनेर सो चित्रलाई घरको मूलढोका माथि गोबरले टाँस्ने गरिन्छ । गाइको दुध, दुबो, सुपारि, पैसा आदि बस्तुहरु चढाएर नागको पुजा अर्चना गरेपछि नागको बासस्थान मानिएका स्थानमा पनि पुजा अर्चना गर्ने चलन छ  ।

काठमाण्डौंका बासिन्दाहरुले परापुर्बकाल देखि मान्दै आएको कालि नागको बासस्थान, पाटनस्थित धापाखेल, नक्साल स्थित नाग पोखरि, कर्कोटक नागको बासस्थान मानिएको टौदह आदि स्थानहरुमा यस दिन बिशेष मेला लाग्ने चलन पनि छ  ।  हिन्दु परम्परा अनुसार आज नागका अष्टकुल अर्थात अनन्त, बासुकि, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शङ्ख नागको पुजा अर्चना गर्दा अष्ट नागले कल्याण गर्ने विश्वास् गरिन्छ ।

nag_panchami_Page_2

एक्सनेपालि वेबसाइटका पाठकहरुमा नाग पञ्चमिको शुभकामना !

nagpanchami poster sale

nag_panchami_Page_1

नोट : यो २०१३/२०१५मा लेखिएको पोस्टलाइ यो बर्ष दिर्घलाइ र्हस्वमा परिवर्तन गरेर रि-पोस्ट गरिएको हो । (‘सजिलो नेपालि‘)

Leave a Reply

Your email address will not be published. Required fields are marked *