बडा दशैंको अबसरमा सम्पुर्ण साथिभाइ, मान्यजन तथा इस्टमित्रहरुमा
सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति, सु-स्वास्थ्य र दिर्घायुको
हार्दिक मगंलमय शुभकामना!
यि शुभकामनाहरु तयार गर्न धेरै जनाको मेहनत लागेको छ मैले चाँहि जम्मा मात्रै गरेको हुँ:
सबैको निधारमा टिका र जमरा होस
सत्रु जति सबै तपाइँकै कमारा होस
नवदुर्गा भवानिको लागोस आशिर्वाद
तपाइ फुल अनि पछिपछि भमरा होस
दशैको शुभकामना
***
निधारमा रातो टिका होस्
कानमा सिउरिएको जमरा होस् ।
आत्मियता नै आशिर्वाद मिलोस्
सधै सधै जीवन शुखमय होस् ।
सबैमा शुभ दशमिको शुभकामना !!!!
***
भकारिभरि धान होस्, मुसा नलागोस
जति बोत्तल चढाए पनि नशा नलागोस
बडा दसैं २०७३ आनन्दको होस्
सबैजनालाइ दसैं लागोस, दशा नलागोस
***
यो बडा दशैं, यो कडा दशैं!
यो नरम दशैं, यो गरम दशैं।
यो भब्य दशैं, यो सभ्य दशैं।
सुभावना दशैं, शुभकामना दशैं!
***
वि = विजयको प्रतिक बनोस्
ज = जहाँ भएपनि दु:ख नहोस्
या = यात्रा गर्दा काँडाले पनि नरोकोस्
द = दशैँको
श = शुभकामना
मि = मित्रहरुमा
***
सबैको घरमा हाँसो, खुशि लिएर आओस्
दशा नबनोस्, आनन्दै आनन्द छाओस्
सबैको फलोस् फुलोस्, सुभकामना दसैंको
****
कसैलाई दास नहोस्
कसैलाई पिडा नहोस्
खुशीले गोजी भरियोस्
दुख सारा रित्तियोस्
हासोलाई आसुले नछेकुन
दुश्मनी सारा सकिनु
दसैंको रंगले सबै भरियोस
***
टिका होस निधारमा,
पहेंलो जमरा होस कानमा,
सुख शान्ति,संमृद्धि, हाँसो खुशि छाओस नेपाली मन,मनमा
०७३ सालको बडादशैँ शुभकामना
***
यो जिन्दगी देखि पनि दिक्क लागिसक्यो,
अब एउटा लामो डोरी किन्छु,
अनि रुखमा लगेर झुन्डाउँछु,
.
.
.
.
.
.
.
पिङ त खेल्नु परो नि दसैं नि आइसक्यो😆— Divine ✌✌भट्टराई ✌✌ (@sumibhatrai) October 5, 2016
****
अागनभरि मखमखाउने फुल बनाेस दसैं
सुख शान्ति समृद्धिकाे मुल बनाेस दसैं
सत्रुजति टडिजाउन मित्रजति नजिक
मित्रलाई संगै जाेड्ने पुल बनाेस दसैं— ↪बिरामि छु↩सौरु (@UrsTruelySaurab) October 2, 2016
***
ब्राण्डेड ढल्काउँदा नि मज्जा आओस, ह्याप्पि दशैं 😉
त्यो हर्षोल्लास अब फेरी छाउँदैन
मज्जा कत्ती अहँ फिटिकै लाउँदैन
नयाँ सेण्डु,कट्टुमै रमाईलो थ्यो दशैं
ब्राण्डेड ढल्काउँदा नी मज्जा ऐले आउँदैन— शुन्य~सुरेश (@sureshkuntheet) October 7, 2016
***
मित्र भेटिन्छन् ,गार्हो मित्रता भेट्न हो ! मित्र होईन मित्रता बढोस् , आफन्त होईन आफ्नोपन बढोस्,🙏🌹दशैं शुभकामना🌹🙏 pic.twitter.com/Y9Txz0sGZl
— नानू (@DearAryal) October 7, 2016
सबैको मनमा दुर्गा भवानीको बास होस्
हातमा एक्का ट्रायल तास होस्
रक्सी र सुकुटीको गास होस्
कुभलो चिताउने सबै सत्रुको नास होस#दशैको_शुभकामना🌹🌹— शिशिर अधिकारी📴 (@CcrAdhikari) October 7, 2016
सम्पूर्ण परिवारले आटेको काम पुराहोस, नछुटोस माया र ममता,परिवारमा दु:खले कहिलै प्रवेश नपाओस शान्ति छाओस यही छ बडादशै २०७३को शुभकामना ।।।
— ✌cacophony✌ (@oorzoon19) October 7, 2016
म सङग रिसाएका
अनि म सङग खुशी भयेका सम्पूर्णमा
नेपालीहरुको महान पर्व दसैंको
धेरैधेरै शुभकामना #नोट👇
मनमा रिसराग राखी दसैं मनाउनुको के मजा— bhawana shrestha (@bhawanamaskey) October 7, 2016
बडा दशै को सबैलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु। ।।🌹🌸🌹🌻🌹 pic.twitter.com/AH3hecHKjg
— SAPAN SAGAR (VIRUS ) (@sapan87611950) October 7, 2016
दु:ख पिर सबै हराओस् यो दशैँमा🌾
उमंगको बाहार आओस् यो दशैँमा🌻
दशैँको शुभकामना भन्नु नै यै हो मेरो💐
सबैमा खुशीयाली छाओस् यो दशैँमा🌺— sanदेश (@Jr_Sandesh) October 7, 2016
दुबो मौलाएझै मौलाओस
कुकुर बौलाएझै बौलाओस
ग्रह दशा शान्त होस
खाने बितिकै बान्ता होस
राहु केतु नस्ट होस
हग्ने बेलामा कस्ट होस
दशैको शुभकामना😂😂— Ⓜ️अ〜जे दि चिम्से (@ajayRAI__) October 5, 2016
(चित्र कान्तिपुरबाट सापट लिएको)
भाषाको कुरा – “श”, “स” र “ष” को बारेमा निर्णय नगरि नहुने भएको छ । दशैं वा दसैं कुन लेख्ने, यसको बारेमा सोच्नु पर्ने भएको छ । अहिले शुभकामनाहरु (सुभकामनाहरु) नै बाँडौं। यस अघि पनि मैले शुभकामनाहरुको बारेमा चर्चा गरेको थिएँ । यो चाँहि, यो बर्षको लागि अन्तिम चर्चा ।