राजेश हमाल जोक्स – भाग २

राजेश हमाल जोक्स – भाग १

rajesh-hamal_jokes राजेश हमालका जोकहरुको यो दोश्रो भागमा जेष्ठ २१ पछि का जोक हरु समाबेश गरिने छ | अहिले फेसबुकका साथ साथै ट्विटरमा पनि येस्तै जोक देखा पर्न थालेका छन | यी तलका सबै जोक सोही ट्विटर बाट लिइएका हुन् |

  • राजेश हमालका दुश्मन हरु कहिले पनि डेन्टिसकोमा (दात बनाउने) जादैन्न रे किनभने राजेश दाईले आफ्ना सब दुशमनका दात झार्देका छन
  • राजेश हमाल जन्मेर सुतेको हस्पिटलको क्रीबमा उनको फलामे हातले ले समात्दा कुच्चीएको दाग अझै जस्ताको तस्तै छ रे |
  • मुर्ति चोरहरु मुर्ति चोर्न छोडेर राजेश हमाल जन्मेर सुतेको त्यो हस्पिटलको क्रीब चोर्ने प्लान बनाउदै छन् भन्ने खबर बिशेष सुत्रबाट आएको छ |
  • प्रश्न – कसले ५० ओटा गाडी एकै चोटी रोक्न सक्छ? उत्तर – ट्राफिक पुलिस ले नि (सबै काम राजेश हमालले नै गर्नु पर्छ भन्ने छ र ?)
  • राजेश हमाललाइ यो ट्विटर पेज को बारेमा थाहा छैन – थाहा भएको भए उनले इन्टरनेट नै डिलिट गरि दिन्थे ….
  • राजेश दाई ले क्रिकेट खेल्दा को एउटा स्टम्प धराहरा हो रे नि त । बाँकी दुई वटा को ट्विन् टावर बनाउन अमेरिका लग्या रे हो ?
  • राजेश हमाल दाई लाई कान र घाटिमा मात्र जाडो हुने भा भएर कपाल पालेको रे हो ?
  • एकदिन राजेश दाईको गाडि बिग्रेर राजेश दाई टक टक टक सिनामंगलको पुल वारि बाट पारि सम्म हिडदा सिनामंगलको पुल भाचिएकोरे हो?
  • तपाईलाई थाहा छ ? पहिले जापान अहिले जस्तो टापु थिएन नि ! एकपटक राजेश दाइ स्वर्ग घुम्न गएका रहेछन – देउताले यो कामको मान्छे रहेछ भनेर संगै राखेछन | एकदिन देउताले राजेश दाईलाई "जा पान लिएर आइज" भनेछन | राजेशले "जापान" सुनेर जापान नै उठाएर ल्याएछन | देउताले  "ल  बर्बाद, धत् मुर्ख मैले पान पो भनेको"  भनेर झापारेछ्न | राजेशलाई रिस उठेछ र जापानलाइ समुन्द्र मा फालेर नेपालमा गएर बसेछन | तेसैले त जापान आजकल टापु भएको |
  • एकदिन राजेश हमालले सगरमाथाको टुप्पो बाट पुर्ब तिर फर्केर सिंगान फालेछंन | त्यो सिंगान खसेको ठामलाई आजकाल सिंगापुर भनेर चिनिन्छ |
  • एकदिन रामकृष्ण ढकाल ले राजेश दाइसंग आफ्नो गायन कला को फुर्ती गरेछन, तेही दिन बाट राजेश दाइले जस्टिन बिब्लर लाइ संगित ट्रेनिंग दिन थालेका रे … नतिजा त सबैलाई थाहा छदै छ |
  • राजेश हमाल is optimist किनकि उनको रगत ग्रुप ए "पोजेटिभ" हो !
  • बदमास प्याजले सबैलाई रुवाउने भए पनि हाम्रा राजेश हमाल दाइलाइ रुवाउन नसकेर आफैँ रोइरहेको स्थिति हो ।
  • राजेश हमालले लुगामा स्त्री लागाउनु र नेपालमा हुने लोड सेडिंगको सम्बन्ध हल्ला मात्र हो | राजेश हमालले स्त्री लागाउदैनन प्रयोग मात्र गर्छन |

अपडेट (जेष्ठ २२)

ल हेर्नुस, राजेश दाइले चुरुटै नदेखिने गरेर चुरोट खाँन सक्छन (नेपाल डायरी):

rajesh-dai-smokes

अपडेट (जेष्ठ २५)

  • राजेश दाइले भर्खर मात्र ४८सौ जन्मदिन मनाए पनि उनी "युग देखि युग सम्म" जवान रहिरहने छन् |
  • एकपटक राजेश हमाल र हनुमान बीच घमासान युद्ध भएछ | हनुमानले राजेश को फलामे हातको सामना गर्न नसकेर स्वर्ग प्रस्थान गर्नु पर्ने भएछ | तर जांदा जाँदै हनुमानले श्राप दिएछन … "मलाइ बिहे गर्न नपाउदै मारीस, अब तेरो पनि कहिल्यै बिहे नहोस् | (Mohan Paudel)
  • राजेश दाई जन्मने बित्तिकै एक नर्सलाइ – "तपाईं संग मोबाइल छ? नर्स" नर्स – "छ !बाबुलाई किन चाहियो?" राजेश दाई – "खास त केहि होइन, भगवानलाई SMS गर्नु थियो कि मा राम्ररी पुगे भनेर!" (Deepak Neupane)
  • एक दिन राजेशदाइ ढिला सम्म सुतेर स्कुलनै गएनछन | स्कुलमा हल्ला खल्ला भएछ – राजेश दाइ किन स्कुल आएनन भनेर | सबै जना राजेश दाइको घरमा बुझ्न आउदा दिन भरी पढाई नै भएनछ | तेही दिनको सम्झनामा हरेक शनिबार छुट्टी हुन् थालेछ |
  • १७-१८ बर्ष अगाडी राजेश दाइले खगेन्द्र को टाउकोमा फलामे हात राखेर, "ठूलो मान्छे बनेस" भनेर भनेका थिए रे, बिचारा खगेन्द्र तेस पछि बढ्दै बढेन! … राजेश दाइको बचन त खेर फाल्नु भएन भनेर गिनिज बुकका मान्छेले खगेन्द्र लाइ संसारकै होचो भनेर बिश्व प्रसिद्द बनाइ दिए |
  • एक पटक राजेश दाइले सुन्दरिजलमा गएर आफ्नो हात पानीको टंकीमा सफा गर्नु भाथ्यो रे, तेही भएर ऐले काठमाडौँको पानि मा iron बेसी छ रे !  (Bijay Ghimirey)
  • राजेशदाइले त पानी हालेर बाइक कुदाउनुहुन्छ रे, तेही भएर काठमाडौँमा पानी को हाहाकार भ को!
  • राजेश दाइले शुटिंग गर्दा रिफ्लेक्टर नभए पनि हुन्छ | दाइको जुत्ताको टलक नै रिफ्लेक्टर बराबरको हुन्छ | (Bihani Chhetri)
  • अरुले बोकालाइ खसी बनाउछन तर राजेश दाइले खसी लाइ पनि बोका बनाउन सक्छन (Bihani Chhetri)
  • राजेश दाइले खाने एप प्लेट म:म: बनाउन एउटा राँगो सिंगै चाहिन्छ |(Sanam Thapa)
  • एक पटक राजेश दाइले रेस्टुरेन्टमा गएर एक कप चिया खाएछन | चियाको पैसा दिए पछि उनले ५ रुपिया भुइमा फालेर भने, "ए टिप!" तेही दिन देखि रेस्टुरेन्टमा टिप दिने चलन शुरु भएको हो | (Prakash Budha)
  • न्युटनले गुरुत्वाकर्षणको सिद्दान्त पत्ता लगाउनुमा राजेश दाईको हात थियो । कि न कि त्यो स्याउको रूख राजेशदाईले हल्लाईदिएको रे । (Sujesh Shrestha)
  • एक पटक एउटा बिद्यार्थी होमवोर्क नगरी स्कुल गएछ | राजेश दाइ शिक्षक रहेछन – उनले त्यो बिद्यार्थीको कान तान्दा तन्केर लामो भएछ | पछि गएर त्यो बिद्यार्थी गौतम बुद्ध भनेर चिनिन थाले | (Bihani Chhetri)
  • २,३ बर्ष अगाडिको कुरा, राजेश दाई इण्डोनेसिया घुम्न जादा गर्मि भएर संमुन्द्रमा डाईभ हान्दा इण्डोनेसियामा सुनामि आएको रे हो ? (Bhuwan Raut)

Prakash Budha ले फेला पार्नु भा को राजेश दाइको ड्राइभिङ लाइसेन्स:

rajesh-hamal-driving-license

राजेश हमालको फोटो मेटाउन पनि पाइदैन 🙂

rajesh-no-delete

Incoming search terms:

  • राजेश हमाल जोक्स

4 thoughts on “राजेश हमाल जोक्स – भाग २

  1. Rajesh दाई झन्नै ३ छोरी का बुबा भएछन राम राम

Leave a Reply

Your email address will not be published.