सौगात र सृष्टिको रोमान्स, फिल्म हल देखि रारा ताल सम्म

हालै सौगात मल्ल र सृष्टि श्रेष्ठ मुगुको रारा तालमा फेला परेका छन् । कसैलाइ थाह नदिइ, रारा ताल डेटिङ्मा पुगेको यो जोडिले कसैले चिनिहाल्छ कि भनेर तर्कि तर्कि हिंडेको खवर छ ।

दुइ महिना अघि “झुम्कि”हेर्न फिल्म हल छिर्दै गरेका सौगात र सृष्टि हालै सुदुर पश्चिमको रारा तालमा ४ दिन लामो डेटिङ् सकेर फर्केका छन । रारामा उनिहरुलाइ संगै देख्ने मेरा एक मित्रबाट प्राप्त खवर अनुसार अनुसार, उनिहरु राराको डाँफे लजमा कार्तिक २५ गते बिहीबार सम्म बसेका थिए। उनिहरुको लामो बसाइ त्यो बेला छोटियो जव एक फिल्मको शुटिंग टोलि त्यहाँ पुग्यो । “हिटलर” फिल्म शुटिंग टोलि रारा पुगे पछि सौगात र सृष्टिको जोडि हतार हतार त्यहाँबाट प्रस्थान गरेको थियो ।

सौगातका प्रेम र अफेयरहरु

केहि समय अघि सौगात मल्ल र सरिता गिरि बिचको प्रेम लामो र घनिष्ट रहेको थियो । सरिता गिरिले एसएलसि पास गरेपछि बिरेन्द्र हमालको एम आर थियटरमा अभिनय सिक्न जाँदा भेटेका सौगातसंगै यति घनिष्ट सम्बन्ध भयो कि उनिहरु करिव दश बर्ष प्रेम सम्बन्धमा रहे । तर, यो जोडि सन २०१० ताका छुट्टिएपछि सौगात एक्लो भएका थिए । सरिता भन्छिन, “परिवारलाइ खुशि राख्न हामि छुट्टिएका हौं ।”

सौगाति लजाउने र सजिलै घुलमिल नहुने हुँनाले सरितासंग छुट्टिएको ५ बर्षसम्म उनको कुनै पनि युवतिसंग अफेयरको हल्ला चलेको थिएन । तर, अघिल्लो बर्ष एक मोडल, सोनि केसिसंग बसेको फोटो सार्वजनिक भए पछि सोनि र सौगातको प्रेमको हल्ला शुरु भयो । तर, सौगातले भने सो सोनिको तर्फ बाट एकतर्फि प्रेम मात्र भएको बताउँछन । उनि सोनिको फ्ल्याटमा दुइ चोटि मात्रै गएको र उनिहरु बिच प्रेम सम्बन्ध नभएको बताउँछन ।

त्यस बिच, मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ र सौगात मल्ल नाटक अभिनय र फिल्ममा अभिनय को क्रममा नजिकिएका थिए । सृष्टिले एक अन्तरवार्तामा सौगात मल्ल संग डेटिंग जान मन लागेको पनि बताएकि थिइन (सो भनाइको भिडियो क्लिप माथि राखिएको भिडियोमा पनि समावेश छ) । सौगात र सृष्टि नजिकिन थाले पछि सोनिले बियोगात्मक स्ट्याटसहरु पोष्ट गर्न थालेकि थिइन । उनले सौगातलाइ फोन गरेर सृष्टिलाइ एसिड छ्यापिदिने धम्कि दिएपछि सौगातले पुलिसलाइ रिपोर्ट नै गर्नु परेको थियो । (यो बारेमा बिस्त्रित अंग्रेजि रिपोर्ट यहाँ, र भिडियो रिपोर्ट तल छ:)

सौगात र सोनिको बारेमा अफेयरको हल्लाको बारेमा अघिल्लो बर्षको रिपोर्ट यस प्रकार छ :

https://www.youtube.com/watch?v=9BVLGvNOa6U

shristi-shrestha-medating-under-a-tree-in-mugu-rara-lake

Leave a Reply

Your email address will not be published.