युट्युवबाट पैसा कमाउने दिन सकिएकै हुन त ?

झण्डै एक दशक देखि युट्युवले भिडियोमा देखिने बिज्ञापनको केहि भाग भिडियो निर्मातासंग बाँड्ने गरेको थियो । यसरि युट्युवमा भिडियो अपलोड गरेर धेरैले पैसा कमाए । तर, हालै युट्युवलाइ बिज्ञापन दिने बिज्ञापनदाताहरु युट्युवसंग रिसाएर बिज्ञापन दिन रोके पछि युट्युव ठुलो अफ्टेरोमा परेको थियो । यो प्रस्तुतिमा म चर्चा गर्नेछु –

  • बिज्ञापनदाताहरु युट्युवसंग किन रिसाए?
  • युट्युव ले के के नयाँ नियम ल्याएको छ ?
  • के युट्युवबाट अब कमाइ नहुने हो ?

बिज्ञापनदाताहरु युट्युवसंग किन रिसाए?

तपाइँले बिगत केहि समयदेखि युट्युव हेर्ने गर्नुभएको भए थाह नै छ होला – आजकल अश्लिल भिडियो, झुक्याउने भिडियो लगाएत अनेक झुठा र सनसनि मच्चाउने खालका भिडियोहरुको बाढि नै आउन थालेको थियो । यि सबै भिडियोहरुको मुख्य उद्देश्य दर्शकलाइ नयाँ कुरा दिनु भन्दा पनि दर्शकलाइ झुक्याएर पैसा कमाउने मात्र हुन्थ्यो । यस्ता भिडियोहरुमा बिज्ञापन राखेर युट्युवले बदमासि गरिरहेको भन्ने बिज्ञापनदाताहरुले आरोप लगाइ रहेका थिए । तर, युट्युवले अहिलेसम्म उनिहरुको चासोलाइ बेवास्ता गरिरहेको थियो ।

हालै अमेरिकाको वाल स्ट्रिट जर्नलमा प्रकाशित सामाग्रि अनुसार, बेखुशि रहेका ति बिज्ञापनदाताहरु एक अर्कासंग मिलेर कठोर कदम चाल्ने निर्णय गरे । उनिहरुले मिलेर युट्युवलाइ बिज्ञापन दिन नै रोके पछि भने युट्युव आत्तिएको थियो । यसरि बिज्ञापन रोक्ने ठुला कम्पनिहरुमा कोकाकोला, माइक्रोसफ्ट, अमेजन आदि कम्पनिहरु छन भने उनिहरुलाइ अरु कम्पनिहरुले पनि साथ दिएका छन । यि कम्पनिहरुसंग ऐक्यबद्धता जनाउँदै बेलायत र अमेरिकाका धेरै कम्पनिहरुले पनि युट्युबलाइ दिने बिज्ञापन रोक्न थाले पछि युट्युवले रातारात आफ्नो सिस्टममा परिवर्तन गरेको छ ।

युट्युवले बिज्ञापनदाताहरुको चासो अनुरुप पैसा कमाउन मात्र भिडियो बनाएर अपलोड गर्ने भिडियोहरुका बिज्ञापन हटाउने, नराम्रा र समाजमा बिकृति फैलाउने भिडियोहरु हटाउने र त्यस्ता भिडियोहरुमा एड नराख्ने उद्देश्यका साथ आफ्नो सफ्टवेरलाइ परिमार्जन गरेको छ । युट्युवले आफ्नो सिस्टममा गरेको परिवर्तन को असर यहि मार्च महिनाको अन्त्य र अप्रिल महिनाको शुरुवातमा देखिएको छ । यसै अनुरुप मार्च २०१७ को अन्त्य तिर युट्युवले बिभिन्न नियमहरु पनि थपेको छ ।

युट्युव ले के के नयाँ नियम ल्याएको छ ?

मार्च २९मा युट्युवले सार्वजनिक गरेको जानकारि मा भनिएको छ “बिज्ञापनदाताहरु बाट आएको कडा खालको प्रतिउत्तर अनुसार हाम्रो सामाग्रि उनिहरुको ब्राण्ड उपयुक्त हुन सकेन । युट्युवको सफलतामा बिज्ञापनदाताको योगदान निर्णयात्मक हुने हुन्छ। तर, दुख लाग्दो कुरा हाम्रा केहि बिज्ञापनदाताहरुले आफ्नो क्याम्पेनलाइ रोकिदिएका छन् । तेसैले अघिल्लो हप्ता हामिले नयाँ सुरक्षात्मक ब्यबस्था शुरु गरेका छौं ।”

धेरै युट्युव प्रयोग कर्तालाइ असर गर्ने नयाँ नियम अनुसार, नयाँ च्यानल शुरु गरेर शुरुमा नै एड राख्न पाइने छैन । युट्युवले १०,००० भन्दा कम भ्यु भएका सबै च्यानलहरुका भिडियोमा भएका सबै एडहरु हटाएको छ । नयाँ मात्र होइन पुराना च्यानलमा पनि १०,००० भ्यु नभएका भएमा एड देखिंदैनन ।  नयाँ च्यानलहरुमा त एड राख्न मिल्ने कुरा नै भएन ।

यो बाहेक युट्युवले जुनसुकै भिडियोलाइ पनि हटाउन सक्छ यि नयाँ नियमका आधारमा:

  • हेट स्पिच बिरुद्ध कारवाहि – बिज्ञापनदाताको मन जित्न र भिडियो निर्माताको रोजिरोटिको सुरक्षाको लागि एकअर्कालाइ होच्याउने खालको (हेट स्पिच) बिरुद्ध कारवाहि गरिने
  • बिज्ञापनदाताले कुन भिडियोमा बिज्ञापन राख्ने कुनमा नराख्ने भनेर छान्न पाउने ।
  • कुनै भिडियो बिरुद्ध कम्प्लेन भएमा तुरुन्तै रिभ्यु गरेर कारवाहि गर्ने ।

भन्न त भिडियो निर्माताको कमाइमा कम हुन नदिने पनि भनिएको छ तर, धेरै भिडियो निर्माताले उनिहरुको कमाइमा उल्लेख्य रुपमा कमि आएको बताएका छन ।

के युट्युवबाट अब कमाइ नहुने हो ?

होइन ! तर, राम्रो कमाइ हुने दिन भने पक्कै सकिएका हुन ।

अझै पनि कमाइ हुन सक्छ । तर, पहिला जस्तो सजिलो कमाइ नहुने निश्चित छ । राम्रो खालको भिडियोमा र धेरै भ्यु भएमा कमाइ हुने सम्भावना त छँदैछ । अंग्रेजि भाषाका र ठुलो शंख्यामा सब्स्क्राबर भएका च्यानलहरुमा धेरै असर नगरे पनि सानो र नेपालि दर्शकलाइ भनेर बनाएका भिडियोमा भने यो परिवर्तनले ठुलो असर गर्ने पक्का छ । किनकि:

  • बिज्ञापनदाताले कुन कुन भिडियो मा बिज्ञापन राख्न पाउने भनेर छनोट गर्न थाले पछि, नेपालि दर्शकले हेर्ने भिडियोमा बिज्ञापन आउने सम्भावना धेरै कम हुनेछ ।
  • युट्युवमा नेपालि भाषाका भिडियो रिभ्यु गर्ने मानिस पर्याप्त नहुने सम्भावना रहेको हुनाले पनि नेपालि भिडियो निर्मातालाइ समस्या हुन सक्छ ।
  • धेरै नयाँ च्यानल खोल्नेलाइ १०,००० भ्यु पुर्याउन साह्रै गाह्रो हुन्छ । त्यसैले नयाँ युट्युवर जन्मने सम्भावना कम हुन्छ ।

हेर्नुहोस युट्युवको भनाइ :

कुन कुन कम्पनिहरुले युट्युवबाट एड् हटाएका छन भन्ने बारेमा एक समाचारको क्लिप :

अरु जानकारि यहाँ :
– http://www.theverge.com/2017/3/24/15053990/google-youtube-advertising-boycott-hate-speech
– https://youtube-creators.googleblog.com/2017/03/strengthening-youtube-for-advertisers.html
– https://productforums.google.com/forum/#!topic/youtube/09dw40n0iwY

Leave a Reply

Your email address will not be published.