नेपाल कता जादै छ ?

केही नेपालीहरुको मन भित्रका अनुत्तरितप्रश्न हरुलाई शेखर ढुंगेल ले यो लेख मार्फत व्यक्त गर्नु भएको छ । चित्त नबुझेमा कमेन्ट मार्फत आफ्नो विचार व्यक्त गर्नु होला ।

नेपाल अहिले इतिहास कै गम्भीर अवस्था बाट पिल्सी रहेको छ। बिगत का सबै क्रान्ति अनि जनताको बलिदान अबमुल्यन र उपहास भयो भनि आम नागरिक चिन्ता व्यक्त गर्न थालेका छन्। संक्रमण काल को बहाना मा नेतृत्व बर्गले रास्ट्र लाइ गलत दिशातर्फ धकेल्दै राज्य र कानुन बिहिन अबस्थामा पुर्याएको बिडम्बनापूर्ण नियति को शिकार बाट जनता त्रसित आक्रोशित अनि निरास भएका छन्।

राजनीतिशास्त्र किताब को पाना मा नेतृत्व कर्ता भनेको निष्पक्ष, उच्चआत्मबल, नैतिकता, चरित्रता, इमान्दार, पारदर्शी, निडर, निर्णायक क्षमता भएको, सिदान्तनिष्ठ, बिबेकशील आदि गुण ले युक्त भै उदाहरणीय हुनु पर्छ भन्ने लेखिएको पाइन्छ। नेपाल को राजनीतिको प्रसंग मा यस्ता गुण हरु मिथ्या, औचित्यहीन भएको देखिन्छ। कांडै काण्ड मा मुछिएका सम्बन्धित नेतृत्व हरु राजनीति बाट अलग हुनु पर्ने सभ्य राजनीतिको एउटा निर्देशित सिदान्त नै हो तर नेपाल मा भने उल्टो झन प्रभाबसाली देखिनु ले जनता मा निरासा अनि विरक्तता बढ्दै गएको छ जुन सम्बन्धित राजनैतिक दल र देश कै लागि प्रत्युपादक हुने मा शंका छैन। आत्मबल गिराउदै गएका नेतृत्व बाट समाज ले हानि बाहेक सकारात्मक पक्ष केहि पाउने छैन।

नेपालमा केहि बिगत र केहि बर्तमान का चर्चित अनियमितता का घटना लाइ हेर्ने हो भने “नेपाल भनेको राज्य र कानुन बिहिन देश हो” भन्न हिच्किचाउनु पर्ने देखिन्न। राजनीतक प्रभाब मा आफ्नो अधिकार प्रयोग गर्न सकिएन भन्ने लाचार, अनुत्तरदायीपन भएका सम्बन्धित अधिकारी वा अभियुक्त लाइ सहयोग, संरक्षण गर्ने अनैतिक राजनैतिक नेतृत्व लाइ कठघरामा उभ्याउन सक्ने “संयन्त्र “आज को अनिबार्य आबस्यकता हो तर दुखद बिडम्बना के छ भने त्यस्तो संयन्त्र को निर्माण वा गठन गर्नु पर्ने जिम्मेवार पक्ष नै अभियुक्त हुन्छ भने त्यो देश को निती नियम कानुन को हबिगत कस्तो होला? राज्य ले जनता ले तिरेको कर (तलब) दिएर जनता को लागि काम गर्न भनि तोकेर पठाएका पदाधिकारी वा नेतृत्व अफ्नो कर्तब्य र उत्तरदायित्व बाट उदास अनि बिमुख हुन्छ भने सजाय को भागीदार हुनु पर्छ अन्यथा देश मा बिद्रोह को ज्वालामुखी फुट्नेछ र देश नेतृत्व बिहिन भएर अकल्पनीय सामाजिक द्वन्द मा फस्ने छ। जसरि आज हैटी, सुडान सोमालिया आदि देश पिडित भएका छन्।

अराजकता, दण्डहीनता,भ्रस्टाचार को नेतृत्व र पर्तिश्पर्धा मा सबै दल र नेतृत्व बर्ग दौडिए पछी देश मा शुसासन कसरि स्थापित होला ? बहुचर्चित सुडान घोटाला काण्ड मा देश को प्रमुख राजनीतक दल हरु को प्रतक्ष संलग्नता घाम जस्तै छर्लंग भएको छ त्यसैले सबै दल का नेतृत्व बर्ग सुने न् सुनेझैँ वा सो प्रकरण को वास्तविक अभियुक्त लाइ उन्मुक्तिका लागि प्रयास गर्दै छन्। राजनैतिक प्रभाब र दबाब भन्दै आफ्नो तोकिएको दायित्व पुरा नगर्ने सम्बन्धित अधिकारी लाइ सजाय दिने कसले ? शंका को भरमा वा छोराले बिराउदा बाबु आमा समेत लगेर थुन्ने प्रहरी प्रशासन ले अख्तियार ले निगरानी मा राख्नु भनेको एउटा बिदेशी अभियुक्त लाइ नियन्त्रण मा किन लिएँन् ?प्रहरी लाइ राजनैतिक प्रभाब बाट मुक्त राख्छु भनि उदघोष गर्ने नव नियुक्त प्रहरी प्रमुख शाह को गास मा सडक को ढुंगा परेको छ। यथार्तता त् के हो भने प्रहरी प्रशासन कै सूचना र सहयोग मा यस्ता अभियुक्त हरु संरक्षित थिए र अहिले पनि सम्बन्धित प्रहरी अधिकारी को सल्लाह र सूचना बमोजिम नै अभियुक्त लाइ भगाउने काम भएको हो भनेर स्वयम प्रहरी हरु नै बताउदछन्। अझ एउटा जिम्मेवार दल को जिम्मेवार पदमा रहेको नेतृत्व नै अभियुक्त लाइ उन्मुक्ति दिन प्रतक्ष अगाडी आउनुले सम्बन्धित राजनैतिक दल को शाख लाइ जनता को नजर बाट झन गिराएको छ। दण्डहीनता लाइ थप उर्जा दिने काम मा फेरी सम्बन्धित अधिकारि कसरि प्रोत्साहित भए ?अर्को रहस्य अगाडी आएको छ। आफु लाइ कानुन भन्दा माथि राख्न खोज्ने नेतृत्व वर्ग ले जनता बाट कहिले सम्म उन्मुक्ति पाउलान ? सोचेका पनि छन् की छैनन् ?जनता को आक्रोश को बाढी लाइ आज सम्म संसार को कुनै पनि मै हु भन्ने शासक ले पनि रोक्न सकेको छैन भन्ने कुरो नेतृत्व बर्ग ले मस्तिष्कमा राख्नु जरुरी छ।

नैतिकता र उच्च मनोबल बिनाको पद र सम्पति अनि राजनीति नै जीवन को अन्तिम सत्य एबम बिकल्प होइन। यो यथार्तता लाइ कहिले बुझ्ने नेपाल का नेतृत्व बर्ग हरुले? देश र जनता को लागि काम गर्छु भनि जनता को अगाडी “शपथ” खाएका प्रशासक वा नेता हरु ले अफ्नो कर्तब्य बिर्सेर अनियमितता लाइ प्रशय दिएपछि देशमा अराजकता, दण्डहीनता बढ्ने नै भयो र देश असफल हुने नै भयो। कहिले अदालत ले दोषी ठहर गरि सकेका फौजदारी मुद्धा का अभियुक्त लाइ नेतृत्व मा राखिन्छ, कहिले अदालत र संचारकर्मी माथि आक्रमण गर्ने लाइ सुरक्षितसाथ संरक्षण गरिन्छ। कहिले माफिया र बिदेशी एजेन्ट (दलाल) हरु संत साँठगाँठ गरिन्छ। के यही हो त जनता को बलिदान को उपलब्धि? कता लाग्दैछ नेपाल? कसले सम्हाल्ने नेपाल?

लेखक – शेखर ढुंगेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *