अपडेट २०७२ — चोरिको बिगबिगि – लोगो, पोस्टर, किताब अनि रिसर्च पेपर (नचोर्ने को छन त, जस्तो लाग्ने!)
पैसाको लागि बैंक चोरी डकैती त सुन्नु भएको होला (लूट फिल्म हेर्ने हरुले त के बिर्सनु भएको होला र?) तर बैंकले गरेको चोरी त सुन्नु भएको छैन होला ! तर, कहिँ नभएको जात्र हाँडी गाउँमा भन्या जस्तो कहिँ नहुने चोरी नेपालमा हुन्छ ।
नेपाली बैंकहरुले चोरी गर्दा रहेछन भन्ने कुरा उनीहरुको लोगो देखेर थाहा भएको छ । नेपाल डायरी ब्लगले पत्ता लगाएका केही चोरीहरू यस प्रकार छन् ।
गौतम बुद्धको नाम सिद्धर्थ को नाममा बनेको ब्यांक ले बुद्धको “चोरी गर्न हुदैन” भन्ने उपदेश त कमसेकम सम्झनु पर्छ, ल हेर्नुहोस बेईजेत:
यी लोगो नेपाली बैंक http://siddharthabank.com/ र अस्ट्रेलियन बैंकको http://commbank.com.au/ वेबसाइटमा गएर आफै तुलना गर्न पनि सक्नु हुन्छ
कम्तिमा ‘S’ त ओरिजिनल रहेछ भनेर सोच्नु भएको हो भने यो तलको अर्को मंगोलियन बैंकको लोगो (http://www.savingsbank.mn/) हेर्नुहोस त:
‘S’ लाइ सिधा हिसाबले चोरेकै भन्न नमिले पनि उस्तै उस्तै देखिने भएकोले र अन्य सबै कुरा चोरीको भएको ले यो पनि चोरेकै होला भन्न सकिन्छ ।
बैंक भनेको पैसाको कारोबार गर्ने संस्थान भएको ले सबै कारोबार बिस्वासको आधारमा हुने गर्छ । लोगो नै अर्काको चोर्ने बैंकसंग ती वास्तबिक लोगो भएका बैंकले के पत्याउलान ? लोगो चोर्न पनि अर्को बैंककै चोर्नु पर्छ र ?
अर्को बैंकको लोगो पनि चोरीको रहेछ ल हेर्नुहोस्:
प्राइम कमर्सियल बैंकको लोगो अर्को बैंकको नभएर वेबसाइट बनाउन प्रयोग हुने एउटा सफ्टवेर जुम्लाको (जुम्ला जिल्ला होइन है) लोगोलाइ रङ परिवर्तन गरेर बनाइएको छ :
पत्रिकामा लेख चोरी, फिल्ममा कथा चोरी, पोस्टर चोरी, बैंकको लोगो चोरी जस्तै भविष्यमा अरु पनि यस्तै के के चोरीका खबर आउन सक्छन ।
[एडिटर को नोट : यी बैंकका मालिकले पक्कै पनि लोगो डिजाइन गरेका होइनन होला। लोगो डिजाइनरले दिएका यी धोकाका घटनाहरुबाट शिक्षा लिएर सबै जना चनाखो हुन्छन होला भनेर यो पोस्ट गरिएको हो । यस लेखको उद्देश्य कसैलाई होच्याउने कदापी होइन ।]
malai ta tholo kura ho jasto lagena….
लोगो भन्ने कुरा बैंकको Identity हो ! यी कुनै पनि बैंकले नेपाली बैंक बिरुद्ध करोडौं डलरको मुद्दा हाल्न सक्छन — फर्जरी गरेको भनेर ! It is really a serious matter!
यस्तो को त पर्दाफास गर्दै जानु पर्छ
Yasma bank bhanda pani designer ko dosh badi dekhchu…..chorne tah tyo designer ho
…..bank lai tah ramro lagyo rakhyo…n hw in the wrld the bank would knw that he logo is copied…….i would keep the blame wid designer alone…!!!