‘अब संविधान नबन्ने भयो’, नेताहरु

अपडेट – १२ बजे प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रका नाउँमा सम्बोधन गरेका छन् । जसमा उनले राष्ट्रपतिलाई चुनाव सिफारिशको औपचारिक जानकारी मात्र गराएको बताएका थिए ।

– चुनाब मंसिर ७ मा गर्ने प्रस्ताब लिएर प्रधानमन्त्री रास्ट्रपतिलाइ भेट्दै

– नेपाल टेलिभिजनका अनुसार मन्त्रीपरिषदको आपतकालिन बैठक सकेर प्रधानमन्त्री बाबुराम भट्टराई रास्ट्रपतिलाइ भेट्न शीतल निवास गएका छन् ।

– संबिधान बन्ने आशा न्यून रहदै गर्दा मन्त्रीपरिषदको आपतकालिन बैठक बस्न लागेको र प्रधानमन्त्री बाबुराम भट्टराई नेपाल टेलिभीजनबाट देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरिरहेका भन्ने खालका बिभिन्न हल्लाहरु मिडियाहरुले गरिरहेका छन् । 

– माओबादी अध्यक्ष प्रचण्ड ले पनि संबिधान बन्ने आशा सकिएको बताएका छन् । संकटकाल लगाउने कुरामा सहमति हुन नसके पछि नयाँ चुनावको तिथि घोषणा गर्ने कुरामा सहमति जुटाउने प्रयास जारि रहेको बताइएको छ।

**

प्रमुख दल बीच सहमति हुन नसके पछि संविधान नबन्ने निश्चित भएको नेकपा एमालेका नेता केपी ओलीले बताएका छन् । तेस्तै नेकपा माओवादी नेता पोस्टबहादुर बोगटीले पनि उस्तै आसयको कुरा गर्दै संबिधान नबने पछिका विकल्पका बारेमा छलफल शुरु भएको बताएका छन्

पोस्टबहादुर बोगटीका अनुसार काङ्ग्रेस र एमाले वार्ताका लागि बैठक बस्न बानेश्वर जान समेत राजी नभएको बताए।

नेताहरु बीच अहिले निम्न तीन विकल्पमा छलफल भइ रहेको बताइएको छ:

  1. संविधानसभाका सबै काम हालकै रुपान्तरित संसदलाई जिम्मा लगाउने
  2. संकटकाल लगाएर अरु ६ महिना संविधानसभाको म्याद थप्ने
  3. संविधानसभाको ताजा चुनाव गर्ने

पहिले बालुवाटारमा भइरहेको बैठकलाइ छोडेर सिंहदरबारमा रहेको संसद सचिवालयमा भएको एक बैठकपछि एमाले र माओवादी नेताले आज संविधान जारी नहुने निस्कर्षमा पुगेका हुन्।

sambidhan_sabha_bhawan

One thought on “‘अब संविधान नबन्ने भयो’, नेताहरु

  1. यस्ता साढेहरुलाई जति भने पनि के हुने हो र ? आखिर १२ वर्ष सम्म कुकुरको पुच्छर धुन्ग्रा मा राखे पनि बंगा को बांगो भने जस्तै इ हाम्रा नेता हरुलाई १२ वर्ष समय दिय पनि संविधान बनाउन सक्दैनन्

Leave a Reply

Your email address will not be published.