अशोक शर्माले अब काठमाडौंमा फिल्मको सट्टा पानी ‘वितरण’ गर्ने?

हैन नेपालाँ मात्र होला कि अन्यत्र पनि यस्तै हुन्छन् मान्छे। सबै कुरा जान्ने के। कति धेरै जना हुन् ‘गुगल’ यार यो देशाँ.. कहिँ नपार काठमाडौं खानेपानीको मुल्याङ्कन गर्ने जिम्मा फिल्मी अशोक शर्मालाई दिएछन्.. हतेरिका। अब कुन दिन फिलिम राम्रो नराम्रो हेर्ने जिम्मा फन्ला इन्जिनियरले पायो भनेर पढ्न पाइन्छ…

(सायद फिल्म बितरण र पानी बितरण उस्तै उस्तै हो  भन्ने बुझेर होला सरकारले पानी जस्तो सम्बेदनशील कुरामा पनि असम्बेदनशील भएर काम गरेको | अशोक शर्मा तिनै फिल्म वितरक हुन जसलाई कृषा चौलागाईं र यस कुमारले आ-आफ्नो फिल्मलाई अशोक शर्मा र उनको कम्पनी डी.सी.एन.ले पाइरेसी गर्न दिएको भनेर आरोप लागाएका थिए |  अशोक शर्मालाई काठमाडौं उपत्यका खानेपानी मुल्यांकन समितिमा नियुक्त गरिएपछि उनी खानेपानीको क्षेत्रमा जानकार र विज्ञ नभएको भन्दै केयुकेयलका कर्मचारीले विरोध गरेका छन् |)

Summary in English

A movie actor/producer and distributor, Ashok Sharma is appointed to be one of the members of the Kathmandu valley water supply system evaluation team – a field, totally unrelated to his profession.

निर्णायक दीन मे २१मा भारतबाट आउने रे

हैन के हो यो निर्णायक दिन मे २१ मा आउँछ भनेको?

संविधान घोषणा (न)हुने दिन भा भए मे २८ हुनुपर्ने। नेपालगन्ज, सुर्खेत र नारायणघाट जाँदा यो होर्डिङबोर्ड देख्याथें। अहिले त बालाजुमा नि छ। जताततै भए नि केही बुझ्या नाई।

यसो पढ्दा क्रिश्चियन धर्मको प्रचार जस्तो छ। फेरि ठेगाना भारतको छ। कसैले बुझ्या भए भन्दिम्न…निर्णायक दिन पढ्दा डर लाईराछ के।

nirnayak-din

[Boz Baral  को उत्तर -]‎

…….दिपक जी, तपाइँ ले ह्रस्व दिर्घ लाइ किन त्यति साह्रै हेल्चेक्र्याई गरेर बोल्नु हुँदैछ मैले बुझ्नै सकिन, त्यहा “निर्णायक दीन (दुख?) ” भनिएको छ, तपाइंले “निर्णायक दिन (Day) – मेरो बिचार मा त्यो दिन पक्कै पनि ठुलो प्रलय पर्छ भनेको हुन पर्छ, सतर्क हुनोस र त्यो स्टेशन पक्कै पनि नासुन्नुस है, LOL!

पासपोर्ट … स्वर्ग या नर्क कताको भिसा लाग्ने हो?

यो पासपोर्ट नामको चुरोटको पोस्टर अन्त देखेको थिइन, सुर्खेतमा खुब देखियो। आजभोलि जोकोही विदेश जान पासपोर्ट बनाउने भको भएर होला यस्ले पोस्टराँ नि पासपोर्टको फोटो दिया।

खासमा यो चुरोटको नाम राम्रै हो। क्यान्सरको लागि पासपोर्ट नै हो नि चुरोट अझ यही कम्पनीले अर्को “भिसा” नामको नि चुरोट निकाले हुने… 

स्वर्ग/नर्क जाने भिसा क्या….

Last-passport-cigrette

बिर्कोले देको दुख र … घिच्न जानेको सबारी …

कस्तो उडाए भने आज दिनभर प्रधानमन्त्री झलनाथ खनाललाई दुरबिनको बिर्कै नखोली के हेरेको भन्दै।

jhal-nath

केटाहरुले बुझ्नु पर्ने नि – ‘त्यसै त झल्लु भइन्न, प्रमाणित नि गर्न परो। भएन शिवरात्रीको दिनको फोटो पो हो त यो… प्रधानमन्त्री पनि शिवभक्त हुन सउछन् नि…’

[ झलनाथले कुन कुन कुरो मा बिर्को लाको छ भन्ने थाहा पाउने भे त मन्त्रीपरिषद जामानामा बन्थ्यो होला नि ]

***

अफिसबाट निस्कने बेला, कोही सहकर्मीको बाइकको पछाडी बस्न पाइन्छ कि भनेर ढुकेर बस्ने मेरो बानी परिसकेको छ। कसैको बाइक पाइएन भने चाहिँ म ‘अंगुर अमिलो थियो’ भन्ने भाकाले ‘हिड्नुपर्छ स्वास्थ्यका लागि’ भन्दै हिंडेरै झम्सिखेलस्थित कार्यालयबाट नजिकको गाडी स्टेशन पुल्चोकसम्म पुग्छु।

बाइकको पछाडि बस्न पाइएका बेला साथीहेरी कसैकोमा घरसम्मै आउन पाइन्छ। कसैले शहिदगेट, रत्नपार्क वा लैनचौरसम्म छाड्दिन्छन्। आज प्रकाश घिमिरेको बाइक पछाडि बसेर लैनचौरसम्म आएँ। लैनचौरबाट प्रकाश नयाँ बजार तिर लागे भने म महाराजगञ्ज जाने सडक तर्फ लाग्नुपर्ने थियो।
पूर्व निर्धारित नभए पनि लैनचौरमा दुग्ध विकास संस्थान अगाडि ओर्लिएकाले त्यहाँबाट दही र रसबरी किन्न मन लाग्यो। दुई किलो दही र एक किलो रसबरी किनेर प्लास्टिक झोलामा झुण्डाउँदै महाराजगन्जतिर लाग्ने सडकमा आएँ र टेम्पुमा चढें। एकैछिनमा टेम्पु ड्राइभरले ‘छ्या आज नि सवारी रहेछ’ भन्दै टेम्पुलाई राजदरबार पछाडिको बाटो तर्फ मोडे। अर्का एक जना बुढी आमासँगै म पनि उत्रिएँ।

ती बुढी आमै पानीपोखरी आउने रहिछन् र शहिदगेट तिरबाटै चढेकी रहेछन् र होला भाडा दिइन्। म त्यहीबाट चढेकाले भाडा दिइन। मैले नदिएको भाडाको रिस ड्राइभर दाइले सवारीलाई गाली गरेर पोखे, ‘जाँ*हरु सँधै सवारी भन्छन्। काम गरेर खान नि निदिने भए।

बुढी आमाको झोला गह्रौं देखिएकाले हात लगाइदिउँ कि भनेर अगाडि बढाएँ, तर बुढीले दिइनन्। मेरो पनि एउटा झोला काँधमा र अर्को तीन किलोको झोला हातमै थियो। अगाडि हिड्दै थिएँ। चोकमै पाँच जना सशस्त्र प्रहरीका बीचमा बसेका एक जना नेपाल पुलिसका जवानले आफ्ना साथीहरुसँग कुरा गरेको सुनें, ‘राँडीको छोराको सँधै हुन थाल्यो यार सवारी पनि।’ मलाई ती पुलिसको नाम जान्न मन लाग्यो। अलिकता अगाडि बढिसकेको भए पनि फर्केर गएँ। उस्को थर राना थियो।

अलिकति हिडेपछि याद गरें-निजी गाडी र मोटरसाइकलहरुलाई चल्न दिएकै रहेछ। आफ्नो सवारी साधन नहुनु भनेको अपराध गरे जस्तो पो रहेछ यहाँ भने जस्तो लाग्यो। सार्वजनिक सवारी साधनमा हिड्नुभनेको त गल्ती पो रहेछ। करिब १० मिनेट जति हिड्दै लाजिम्पाट तिर आइपुगें।

निजी गाडी पनि सडकमा एकदम कम चले। पाँच सातवटा गाडी अगाडि र पछाडी तथा पाँच छ वटा बत्तीवाला मोटरसाइकल कारगेटको बीचमा एउटा मर्सिडिज बेन्च हो कि कुन गाडीमा चढेर नेपाली दौरा सुरबाल टोपी लागेका पुरुष र साडी ब्लाउजमा सजिएकी  तिनकी श्रीमती होलिन् एक जोडी  लैनचौर तिर हानिएको देखे‌। मलाई रिस उठ्यो। एउटा त गाडी बेस्करी कुदाएको भए धेरै बेर सवारी जाम हुन्थेन, बडो ढलिमली चालले बिस्तारै सवारी बढेको थियो। अनि राष्ट्रपतिको सवारी होला भनेको त प्रधानमन्त्री झलनाथ खनाल पो थिए गाडीमा।

अब टेम्पु माइक्रो आउला र टिचिङ हस्पिटलसम्म जाउँला भन्दै बिस्तारै हिड्दैथिएँ। गाडी त झन् पातलिन थाले। सडक किनारमा एउटा बैंकको एटिएम काउन्टर नजिक बसेका गार्डले अर्का साइकल यात्रीलाई भन्दै थिए, ‘मु* देशीले आफ्नो पावर देख्या होला नि। बेकारमा मान्छेलाई अप्ठेरो पारिरहेको छ।’

मैले गार्डलाई राष्ट्रपतिको होइन सवारी त प्रधानमन्त्रीको रहेछ भनें। उनले ‘प्रधानमन्त्री त गइसके नि अब राष्ट्रपति जान लागेका हुन् त्यो बेलामा त पुरै सडक जाम हुन्छ’ भने। ए! भन्दै म फेरि बाटो लागें। पानीपोखरी आउनेबेलामा त पुरै सडक सुनसान भयो। बाटाभरी छरिएका ट्राफिक प्रहरीले कुनै साइकल मात्र देखे भने पनि चिच्याएर किनारा लगाउन लगाइहाल्थे।

म पुरानो अमेरिकी दूताबास रहेको स्थानितर आउँदा राष्ट्रपतिको सवारी चल्यो। लस्करै १५ वटा जति गाडी थिए। आठ वटा सेता मोटरसाइकलको बीचमा रहेको गाडीमा राष्ट्रपति महोदय हुनुहुन्थ्यो। यो गाडीको गति त झन् प्रधानमन्त्रीको सवारीको भन्दा पनि कम थियो। मानौं ‘मलाई हेर म कति चिन्तित छु राष्ट्रबासी प्रति’ भन्ने गम्दै राष्ट्रपतिले सडकका दुबै तर्फ ध्यान दिएर हेर्दै गुडिरहेका छन् वा कहिल्यै नदेखेको शहरमा पुगेका बालकले दुबै तर्फका घर गन्दै हिडिरहेको छ।

राष्ट्रपतिको सवारी सकिएको पाँच मिनेट पछाडि गाडीहरु चल्न थाले। म त्यतिन्जेल मुल सडक छोडेर हिँड्दै घर जाने छोटो बाटो प्रहरी अस्पताल तर्फ लाग्ने सडकबाट भित्री बाटो तताएँ। मनलाई बुझाउन खोजें – आजको सवारीले १२ रुपैयाँ जति टेम्पु भाडा जोगियो। करिब तीन किलोमिटर जति हिडियो। शरीरमा फूर्ति बढ्यो।

मन त के मान्थ्यो र ? साँझ कार्यालय समयपछि ६ बजेको बेलामा भएको सवारी जामले कतिलाई दुःख पुग्यो होला। कति जना बिरामी असहायहरु पनि हिड्न पर्यो होला। साना छोराछोरीलाई घरमा छोडेर जागिरबाट बेलैमा घर फर्किन हतारिका कति महिलाको मनमा अत्यासको डेरा लाग्यो होला। तिनका छोराछोरीले ‘ममी कुने बेला फर्कने ? रात परिसक्यो’ भनेर फोन पो गरे होलान्।

जति जति मनमा कुरा खेल्न थाल्यो रिस बढ्दै जान थाल्यो। मैले जान्न खोजे, त्यत्रो हुल बाँधेर सडक जाम पारेर कहाँ मोर्यारैछन् तिनीहरु भनेर। एउटै फोनबाट पत्ता लगाएँ, सेनाले भोज आयोजना गरेको रहेछ। त्यही घिच्नलाई तिन्ले यतिविघ्न कष्ट हाम्लाई दिएका रैछन्। मनले थामि नसक्नु गरी पो राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई गाली गर्न थाल्यो, ‘साले गधाहरु देशबासीको जीवन सहज बनाउने कुनै काम त तिमीहरुले गर्न सक्दैनौ, कम्तिमा आफ्नै कारणले जन साधारणको दैनिकीलाई अप्ठेरोमा पार्ने काम त नगरो।’

शिबबुटीमा मिसावट … कल्याण गर भगवान

laddu लु पक्का भो, आजभोलि जे मा पनि मिसावट रच।

नभए, १५ वटा जति पकौडा, तीन वटा जति लड्डु र आधा पाउ जति हलुवा खाँदा त केही हुनुपर्छ नि। भाङ भन्दै पकौडाँ जतिनाम साग, लड्डुमा तील र हलुवामा सख्खर मात्र हाले जस्तो छ। चार वर्ष अगाडि दुईटा लड्डुले नै लडाको थियो। भगावानको प्रसादाँ नि मिसावट, यिन्को कल्याण हुँदैन।

शुद्ध पाउने त जमानै रहेन यार..

pashupati line

संविधान नलेखिन्जेल सभासद जागिर पक्का…

sambidhan-sabha सभासदहरुको जस्तो हुनु नि जागिर नि। सर्वोच्च अदालतले नै फैसला गर्दिएछ त जहिलेसम्म संविधान लेखिदैंन तबसम्म तिमीहरुको जागिर पक्का भन्दै। आफ्नो त यो प्रोजेक्टको जागिर प्रोजेक्ट थपिने हो कि होइन भनेर वर्षेनी टेन्सन हुन्छ यार…

बिहान चिया पसलाँ एउटा साथीले भन्या, अदालतको फैसला पढ्यारहेछ संविधान नलेखिन्जेल संविधानसभा भंग हुँदैन भन्ने।

तर सम्मानित अदालतले अब सविधानसभाका केही सदस्यहरुको मृत्यु हुन गएमा संविधान लेख्ने काम नसकिएन्जेल त्यसमा तिनकै सन्तानले काम गर्न पाउने पनि फैसला गर्दिएको भए अझ राम्रो हुन्थ्यो भन्ने तपाइलाई लाइराछ रे हो ?

sambidhan sabha-vstyoon

तलसम्म झर्ने जिन्स केटाहर्लाई त सुहाएन

low_rise_jeans यो जिन्स पाइन्ट लगाउनेहरुले पछाडिको भाग हिपसम्म देखिने गर्दा सारै दिक्क लाग्न थाल्यो।

पहिले पहिले यो कम्मर मुनिको पछाडिको भाग मोटरसाइकल पछाडि बस्ने केटीहरु र माइक्राबाट झर्दाखेरिका केटीका मात्रै देखिन्थे, आजभोलि त केटाहरुको नि जिन्स पाइन्ट कहाँ तल तलसम्म झर्ने गरी लगाएका हुन् माइक्राबाट झर्दा दिक्कै लाग्ने।

सप्पै कुरा कहाँ महिला पुरुष दुबैलाई समान रुपमा बराबर सुहाँउछ भन्या। आजभोलि फेसन नि के के आएको हो हो…

 Continue reading

झलनाथलाई फ्रीमा दुई सल्लाह

झलनाथ काम्रेडलाई फ्रीमा केही सल्लाह दिम् कि जस्तो लागिराछ।

  1. bryanadamstookpictureofcrowd संविधान घोषणा गर्ने बेलातिर साकिरा, ब्रिटनी स्पेयर्स, जस्टिन बेबर जस्ता  चार जना जति गायक गायिका हप्ता हप्ता दिन जसो फरकमा काठमाडौंमा ल्याएर कन्सर्ट गराउनुभयो भने तपाइलाई संविधान किन बेलाँ नबनाको भनेर कसैले भन्दैन। पत्र पत्रिकाहरु त झन् पुरै तिनैमा व्यस्त भइरहन्छन्।

    २० वर्ष अगाडि हिट भर थन्किसकेका गायक ब्रायन आडम्स फर्केको एक साता भइसक्दा त त्यो बाहेक अर्को चर्चा शहराँ सुन्न पाइया छैन, एफ एममाँ होस् कि पत्रिकाँ, अझ सक्नुहुन्छ भने नेपालका टिभीहर्लाई नि तीन दिन पछि कन्सर्टको आधा भिजुअल देखाउन पाइने नियम बनाइदिनोहोस् एफ एम र पत्रिका मात्र होइन टिभी पनि त्यसैमा भुल्नेछन्।

  2. bamdev-gautam कहिं कहिं जागिरमा आवेदन माग्दा योग्यतामा …. वा सो सरह भन्छ (जस्तै बिए वा सो सरह)। तपाइलाई अहिले तपाइकै पार्टीका केही मान्छेले गृह मन्त्रालय माओवादीलाई दिनै हुन्न। एमालेले नै राख्न पर्छ भनिरहेका छन्।  त्यसैले गृह मन्त्रालय तपाइकै पार्टीका मान्छेलाई दिनोहोस् तर माओवादी वा सो सरहका नेता, जस्तै वामदेव गौतम। तपाइका पार्टी भित्रका विपक्षीलाई तपाइले भन्न नि पाउनुभयो, हाम्रै पार्टीमा राखेको छु भनेर अनि माओवादी नि आँफू वा सो सरह भएपछि त मानिहाल्छन् नि।

नातामा आफ्नै पर्ने भएकाले (पुरानो ब्लग पढेकालाई मात्र ) फोकटाँ दुईटा सल्लाह दिइहालें। अरु आवश्यकता परेका बेलाँ दिंदै जाम्ला। माग्न पर्दैन, म मनकारी छु।

कपाल हुनेले रंगाई हालम है

bald-hair-color यो असमायिक तवरले फुलेका कपालाँ कालो लाउन्न भन्ने छ। तर आज दुई काकाबीचको वार्तालापले दल्दिम झैं लाओ।

कान्छाकाका, “दाइ के बुढेसकालाँ नि कपालाँ कालो लाइरा हजुरले?”

माइलाकाका, “तेरो त भए पो लाउथिस् र तँ तालुखुइले भइस् भनेर मेरो भाको कपालाँ लाको कालोको किन रिस गर्छस्?”

माइलाकाकाले मलाई हौस्याछन्, “दले हुन्छ बाबु भइन्जेल, भोलिपर्सी कपालै नरहेसी कालो दल्न कहाँ पाउँछस् र ? …”

( हसाँउछन् बुढाहरु)

[कपाल नफुल्ने आला काँचाहुरु पनि रातो निलो बनाइ हालम है …]

प्रचण्डले झलनाथलाइ सिकाए की ?

[अर्को अपडेट: ११ जनाको कुरा बाहिर आउने बित्तिकै एमाले भित्र भुइचालो गएको ले मन्त्रीमण्डल बन्ने सम्भावना क्षीण भएको छ | दीपकजीको अर्को शंका तल थपिएको छ |
अपडेट – दीपकजीले शंका गरे जस्तै गृह र परराष्ट्र  सहितको ११ जनाको फौज लिएर माउबादी सरकारमा छिरे छिर्ने पक्का भएको खबर आएको छ |)

nepal-sarkar झलानाथले कतिको नाटक गर्न जानेका छन् कुन्नि ?

कोही कोही नेता भा त एमालेको आजको स्थायी समितिको बैठकमा रोइदिन्थे होलान् केपी र माधव नेपालको पाउ छोए झैं गरी- ‘लउ तपाइहरुले नै प्रधानमन्त्री छोड भने छोड्छु। गृह मन्त्री नदिई माओवादी नआउने भए। कि पद छोड् भन्नुहोस् कि यसपालिलाई स्वीकार्नुहोस्’ भन्दै। अब झलनाथको बानी धेरै थाहा छैन के गर्छन् कुन्नि…

मैले यसो भनेर प्रचण्डलाई व्यङ्य हानेको मरेनी हैन क्यारे। बरु सत्य चाहिँ के हो भने प्रचण्ड प्रधानमन्त्री भा भए र एमालेलाई गृह मन्त्री दिने बारेमा यस्तै बिबाद भा भए प्रचण्ड पक्कै पार्टीको आन्तरिक बैठकमा रुन्थे र त्यस्तै भन्थे अनि बाबुरामले नोट अफ डिसेन्ट लेख्थे तर पनि प्रचण्डले एमालेलाई गृह मन्त्रालय दिन आफ्ना पदाधिकारीहरुलाई सहमति गराउँथे।

प्रचण्डसँगको यति लामो संगलते पक्कै पनि सिकेका होलान् नि झलनाथले नि केही न केही।

***
“एमालेले माओवादीलाई पनि लिङ्ग नछुट्टिएको पार्टी बनाइदिन्छ कि के हो?” विदेशाँ भाका एक मित्रले भन्या।

विदेशाँ हुने केहीलाई अलिक बढी नै माया छ नि माउवादीको। माउवादीहरु एकदिन भन्छन् सरकारमा जाने भइयो ग्यारेन्टी भोलिसम्म सरकार, अर्को दिन भन्छन् सरकारमा नजाने भइयो, समर्थन मात्र। यस्तो कुरा गर्नेलाई लिङ्ग नभाको भन्न मिल्छ कि मिल्दैन ?

संगत गुनाको फल भन्छन् एमालेसँगै लामै सहकार्य गर्यो भने माउवादीको नि लिङ्ग छुट्टिन्न होला..