सगरमाथा आरोहण गर्दाको सहयात्री बीना मगरसंग लिएर बेपत्ता भएका प्रचण्ड पुत्र प्रकाशले आफुले आफ्नो बाबुलाइ भेट्न पाउनु पर्ने माग गरेका छन् । आफ्नी दोश्री श्रीमती र छोरा छोडेर आर्काकी श्रीमतीलिएर भागेका प्रकाशलाइ आफ्नै पार्टीले निस्काशन गरेको थियो ।
आफ्नो छोरा छोरीले जे जस्तो गरेनी बाबु आमाको अगी सधै सानो नै हुन्छन. एउटा छोरा छोरीले बाबु आमालाई भेट्न नपाउने यो कस्तो दुनिया! कस्तो बिडम्बना ! राजनीति भन्ने बितिकै परिवार भन्ने हुदैन र? माया भन्ने चिज हुन्न?? यो संस्कार कसले बनायो?
“यथार्थ कुरो चाँही के हो? ” भनेर सोधिएका कमेन्टको उत्तरमा प्रकाश दाहालले, “अरुको परिवार माथि खेलेर सम्पति कमाउने सुरमा हो?” भनेर प्रतिप्रश्न गरेका छन् । साथै उनले यो बिषयमा बोल्न इन्कार गर्दै यो घटना उनको निजी जीवन भएको बताएका छन् । प्रकाश थप्छन, “सबैको आफ्नो जीवन आफ्नै हिसाबले हेर्ने, मिलाउने र समय परे आफैले हेर्ने अधिकार छ”।
प्रकाशले सम्पूर्ण नेपाली हरुलाई आरोप लगाउदै भनेका छन् : “नेपाली अरुको परिवार अरुको निजी जीवनमा खेलेर हास्ने र तेसबाट फाइदा उठाउन जानेका छन्।”
प्रकाशका बाबु प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओबादीले यस अघि बहु-बिबाह गरेको आरोपमा बिभिन्न मानिसहरुलाई अपहरण र हत्या गर्ने गरेको थियो । अहिले कार्यकर्ताहरु प्रकाशलाई पनि कारबाही गर्नु पर्छ भन्न थालेका छन् । तर, आफ्नो व्यक्तिगत जीवन भएको तर्क कतिले मान्ने हुन हेर्न बाँकी छ ।
यस बिषयमा आफ्नो बिचार कमेन्टमा व्यक्त गर्न अनुरोध गरिन्छ !
अपडेट – प्रकाशले अहिले सो कमेन्ट आफ्नो फेसबुकबाट हटाइसकेका छन् । हटाईनु अघि सम्म कुनै पनि कमेन्ट सकारात्मक थिएनन र सायद तेसैले उनले सो पोस्ट मेटाएका होलान।