नेपाल चलचित्र कलाकार संघको नयाँ कार्य समिती

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्य समितीको चुनावमा अध्यक्ष पदमा नवल खड्का बिजयी हुनभएको छ । अध्यक्ष पदका निम्ति भएको मतदानमा नवलले २२१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी सबिन बाँस्तोलाले ४३ मत प्राप्त गरि पराजित भएका थिए । तेस्तै उपाध्यक्ष पदमा राजाराम पौडेलले १२५ मत र लक्ष्मी गिरीले १४९ मत प्राप्त गरि बिजयी हुनु भएको छ।

nawal_artist

तेस्तै महासचिवमा रामकेशर बोगटी, सचिबमा उत्तम केसी बिजयी हुनु भएको छ । कोषाध्यक्षमा बाबु खवास र सहकोषाध्यक्ष निशा अधिकारी निर्बिरोध निर्बाचित भएका हुन् ।

सदस्य पदमा बिजयी हुनुभएका कलाकार हरुमा सुमीना घिमीरे, शंकर बिसी, पूजना प्रधान, मनोज श्रेष्ठ, सरोज केसी, सुस्मिता कार्की, सुशील पोखरेल, बिजय देउजा र प्रदिप सिह छन् ।

 Continue reading