राजेन्द्र महतो को हुन, उनको नागरिकता नक्कलि हो त?

युवा संघका तराइ–मधेशका नेताहरुले सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै गृहमन्त्रि शक्ति बस्नेतलाइ एक ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्रमा महतोसँग भारत र नेपालको दोहोरो नागरिकता भएको भन्दै छानविनको माग गरिएको छ।

भिडियो रिपोर्ट

यस अघि, महतो बहालवाला मन्त्रि रहँदा पनि महतोको नागरिकताबारे छानविनको माग भएको थियो । बि.स. २०६८ मा अख्तियारले महतोको नागरिकताको बारेमा चासो दिएर गृह मन्त्रालयलाई पत्राचार पनि गरेको थियो । गृहमन्त्रालयले सर्लाहि जिल्ला प्रशासन कार्यालय सित राजेन्द्र महतोको नागरिकता सम्बन्धि विवरण माग्दै पत्रसमेत लेखेको थियो । महतोको नागरिकता सम्बन्धि अभिलेख फेला नपरेको र त्यसबेला महतो मन्त्रि भएका हुनाले छानविन हुन नसकेको भन्दै सर्लाहि प्रशासनले उत्तर पठाएको थियो ।

 Continue reading