पोखरामा एक साधु ९ दिन सम्म हावा नछिर्ने बाकसमा बसे रे, के यो सम्भव छ ?

पहिला अक्सिजन विना ९ दिन भुमि समाधिमा बस्ने सिद्धबाबाको बारेमा भिडियो रिपोर्ट हेर्नुहोस त्यसपछि यसको विवेचना:

हवा छिर्न नसक्ने काठको बाकसमा चारै तिर माटोले छोपेर ९ दिनसम्म भुमि समाधिमा बसेका भनिएका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज यहि शुक्रबार बैशाख ३ गते सकुशल बाहिर निकालिएका छन । चैत २६ गते साँझ ६:३० बजेबाट पोखरा रामघाटस्थित एक मन्दिरमा भुमि समाधिमा बसेका सिद्धबाबा ९ दिनपछि बाहिर निस्कँदा पनि स्वस्थ र सकुशल रहेको चिकित्सकको टोलिले प्रमाणित गरेको छ।

अक्सिजन बिना मानिस कति समय बाँच्न सक्छ ?

स्वास नफेरि मानिस ३ मिनेट बाँच्न सक्छ । ५-१० मिनेट स्वास नफेरि बस्दा मानिसको दिमाग बिग्रन थाल्दछ । (यो गुगलमा खोजि गर्दा भेटेको जानकारि हो)

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको तथ्यांक अनुसार अहिलेसम्म एक ब्यक्तिले २४ मिनेटसम्म पानि भित्र स्वास नफेरि बस्न सकेको रेकर्ड छ । स्पेनका प्रोफेसनल फ्रिडाइभर एलिक्स सेगुर भेन्ड्रिलले यहि २०१६ को फेबुररि २८ मा सो नयाँ रेकर्ड राखेका हुन । (यहाँ हेर्नुहोस्)

 Continue reading