नेपालको नयाँ सम्बिधानमा संविधानसभाका ५३७ सभासदले शुक्रबार हस्ताक्षर गरे पछि अब राष्ट्रपतिबाट आश्विन ३ गते जारि गर्ने बाहेकका सबै औपचारिकताहरु सकिएका छन् ।
हस्ताक्षरको बारेमा केहि जानकारि
- सभासदहरुको हस्ताक्षर कार्यक्रमा बिहान ९ बजे शुरु भएर अपरान्ह ३ बजे सकिएको थियो ।
- एमाले सभासद रामेश्वर फुँयालले हस्ताक्षर गरेका हस्ताक्षर गर्नेमा पहिलो सभासद भए ।
- ५ सय ९८ सभासदहरुमध्ये जम्मा ५ सय ३७ सभासदले नेपालको नयाँ संविधानमा हस्ताक्षर गरे।
- ६० जना सभासदहरुले नयाँ संविधानमा हस्ताक्षर गरेनन् । ति मध्ये ५८ सभासद ले घोषित रुपमै हस्ताक्षर नगरेका हुन । मधेस केन्द्रित दलका ५७ जना सभासद र एमाओवादीका प्रभु साह संबिधानको प्रक्रियामा छैनन् ।
- कांग्रेसका प्रदीप गिरी र खुमबहादुर पत्नी शीला खड्का भारतमा भएको ले हस्ताक्षर गर्न पाएनन् ।
- यसअघि संविधान पारित गर्ने बेलामा जाम्मा ५ सय ३२ सभासदले मात्र मतदान गरेकोमा हस्ताक्षर गर्नेबेलामा पाँचजना थप सभासदले हस्ताक्षर गरेका छन् । थपिनेमा एमाले सभासद राज्यलक्ष्मी गोल्छा पनि हुन् ।
- दुईजना मधेसी सभासदहरु अस्पतालबाट बिरामिको अवस्थामा रहेको भए पनि संविधानसभामा गएर नेपालको संविधानमा हस्ताक्षर गरे । ति थिए क्यान्सर पिडित सभासद मेघराज नेपाली (मधेस समता पार्टी) र अनसनका कारण अस्पताल भर्ना भएका सभासद विश्वेन्द्र पासवान (बहुजन समाज पार्टी) ।
- नयाँ संविधानमा संविधानसभाका झण्डै ९० प्रतिशत (हिसाब गर्दा ८९.९७ हुन्छ) सभासदहरुलेले हस्ताक्षर गरेर संविधानसभाको बहुमत ले पारित गरेका हुन ।
- एकजना अशोक राई बाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने सबै १९० जनजाति सभासदहरुले संविधानमा हस्ताक्षर गरेका छन् ।