प्रम केपि ओलि, शेरबहादुर देउवा र कृष्णबहादुर महराले के भने नयाँ शक्ति नेपाललाइ ?

जेठ ३० गते आइतबार दशरथ रंगशालामा पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले आफ्नै संयोजकत्वमा एक नयाँ पार्टि “नयाँ शक्ति नेपाल” घोषणा गरे।

नेकपा माओबादि भन्दा फरक स्वरुप दिन खोजिएको पार्टिको घोषणा समारोहमा प्रधानमन्त्रि एवम नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ले पनि सम्बोधन गरेका थिए । तेस्तै, नेपालि काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादि केन्द्रका नेता कृष्णबहादुर महरा ले पनि नयाँ पार्टिलाइ शुभकामना दिएका थिए । अन्य उपस्थित हरुमा राप्रपा नेपालका सुशिल श्रेष्ठ, राप्रपाका सुनिलबहादुर थापा, संघिय समाजवादि फोरम नेपालका राजेन्द्र श्रेष्ठ, भारतिय नेता डिपि त्रिपाठि, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित आदि थिए ।
 Continue reading

नयाँ शक्तिको उदय बावुराम भट्टराइको नयाँ पार्टि

पुर्व प्रधानमन्त्रि बावुराम भट्टराइले संयोजन गरेको नयाँ पार्टिको अहिले घोषणा हुँदै छ दशरथ रङ्गशालामा । नयाँ पार्टि नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा गरिएको थियो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=tKEePKBn3B4
 Continue reading

प्रचण्ड बाबुराम विरुद्ध जाइलाग्नुका ३ कारण

हालै नेकपा माओवादिका अध्यक्ष प्रचण्डले पुर्वमाओवादि एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइलाइ देशद्रोहि, बुद्धि नभएको, करिश्मासित पोइल गएको आदि अनेक आरोप लगाएका थिए । गत दशैँताका पार्टि छोडेका बाबुरामले हालै नयाँ पार्टि गठन प्रक्रिया शुरु गरेपछि प्रचण्डका यि भनाइहरु आएका हुन  । प्रचण्डले यसरि रिस देखाउनुका कारणहरु के होलान भनेर विश्लेषण निम्न भिडियो रिपोर्टमा गरिएको छ :

प्रचण्डले भट्टराइसँग बिगत ३० बर्षदेखि राजनितिक सहयात्रा गरेका थिए । पार्टि केहि समय अघि भन्दा कमजोर भएको बेलामा एक्कासि पार्टि छोडेकोमा  प्रचण्डलाइ रिस उठ्नु स्वाभाविक नै भए पनि उनको रिसका मुख्य कारण चाहि पार्टि कार्यकर्ता पलायन हो भन्ने बुझ्न सकिन्छ।

baburam stealing party workers

बाबुराम बुढेसकालमा पोइला गए, देशद्रोह गरे रे, प्रचण्डले भनेको

बाबुराम भट्टराइले एकिकृत माओवादि पार्टि छोडेको रिस प्रचण्डले विभिन्न उपमाहरु दिएर पोखेका छन यहि सोमवार भएको पार्टिको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा । प्रचण्डको सम्बोधनमा समावेस केहि मुद्दाहरु निम्न छन् :

  • बाबुराम भट्टराइले गठन गर्न लागेको नयाँ शक्ति पार्टिमा करिश्मालाइ समावेश गरेको कुरालाइ उनले प्रचण्डले करिश्मालाइ मनपराउने भनेर हल्ला चलाएको पुरानो कुरासंग जोडेर चर्चा गरे
  • उनले “यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला?” भनेर प्रश्न पनि गरे
  • बाबुरामले कम्युनिष्ट सिद्धान्तलाइ छोडेकोमा दुख ब्यक्त गरे
  • उनले भने “कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्।”

 Continue reading

श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइको जनवादि विवाह

फागुन १ गते शनिवार श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइले आफ्नो प्रेमी जेकेन्द्र श्रेष्ठसंग जनवादि विवाह गरेकि छिन् ।

भिडियो रिपोर्ट:

जनवादि विवाह कसरि गरिन्छ?

परम्परागत हिन्दु विवाह १-२ दिनसम्म लाग्ने भए पनि, जनवादि विवाह अति नै छोटो हुन्छ । बाबुराम र हिसिलाले गरेको जनवादि विवाह उनिहरुकि छोरिले पनि अपनाएकि छिन् । यस्तो विवाहमा पण्डित पुरोहितको आबश्यकता हुँदैन, दुलाहा दुलहिले एक अर्कालाइ माला लगाइदिएर एकअर्कालाइ स्विकारे पछि विवाह सकिन्छ । यसरि जनवादि शैलिमा गरिएको मानुषिको विवाहमा दुलाह दुलहिले एक अर्कालाई स्विकार्ने र बाउ बाउआमा लगाएतका अभिभावकले फुल उपहार दिएर बधाइ दिने आदि सबै बैवाहिक प्रक्रिया सकिन बिस मिनेट पनि लागेको थिएन ।

यो विवाहको उल्लेख्य पक्ष भनेको दुलहि भएकि मानुषिले एक सानो रातो टिका मात्र लगाएकि थिइन र कुनै मेकअप गरेकि थिइनन । उनले नाक, कान र घाँटिमा पनि कुनै गहना लगाएकि थिइनन भने सेतै फुलेको कपाललाइ पनि रंगलगाएर छोप्ने प्रयास गरेकि थिइनन ।

 Continue reading

नयाँ शक्ति नामको फिल्म बनेमा कस्तो बन्ला? (प्यारोडि ट्रेलर सहित)

पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले नेकपा एमाओबादि पार्टि छोडेर नयाँ पार्टि खोल्ने तयारि गरिरहेका छन्।  यसैको प्रारुपको रुपमा उनले आइतबार ३५ सदस्यिय केन्द्रिय परिषद सार्बजनिक गरे । उनको नयाँ पार्टि र राजनितिको बारेमा मलाइ कुनै जानकारि वा चासो छैन तर राजनितिको कुनै अनुभव नभएका अभिनेता र अभिनेत्रिलाइ केन्द्रिय परिषदमा राखेर सस्तो प्रचार मात्र गर्न लागेका हुन कि भन्ने लागेर उनको प्रचारमा सहयोगि होस भनेर यो प्यारोडि तयार गरेको छु।

हेर्नुहोस प्यारोडि ट्रेलर

“नयाँ शक्ति” नामको फिल्म बाबुराम भट्टराइले प्रस्तुत गरेमा कस्तो बन्ला भन्ने ट्रेलरले देखाएको छ । पोस्टर सायद यस्तो होला :

naya shakti poster

मैले यस नयाँ फिलिममा हिरो मा बाबुराम भट्टाराइ, हिरोइनमा करिश्मा मानन्धर, साइड हिरोमा सरोज खनाल र भिलेनमा अशोक शर्मा लाइ प्रस्तावित गरे पनि  साथिहरुले ट्विटरमा अझ राम्रो प्रस्ताव गर्नु भएको छ ।

 Continue reading

बाबुराम भट्टराइको नयाँ शक्तिमा करिश्मा मानन्धर पनि (पुरा सुचि)

पुर्वप्रधानमन्त्रि बाबुराम भट्टराइको नयाँ शक्तिको केन्द्रिय परिषदमा अभिनेत्रि करिश्मा मानन्धर पनि रहेको खवर आएको छ। भिडियो रिपोर्ट:

आज आइतबार राजधानिको बुद्धनगरमा आयोजित एक कार्यक्रममा बाबुराम भट्टराइले आफु संयोजक रहेको ३५ जना सदस्य रहेको एक केन्द्रिय परिषद गठन गरेका छन ।

सो परिषदमा फिल्म कलाकारहरु अशोक शर्मा, करिश्मा मानन्धर, र सरोज खनाल पनि रहेका छन ।

baburam bhattarai naya shakti members announcement

बाबुरामको नयाँ शक्तिको केन्द्रिय परिषदमा:

संयोजक
१.    डा. बाबुराम भट्टराइ  – गोर्खा

परिषद् सदस्यहरु

२ – अशोक शर्मा – झापा
३ – ऋषवदेव भट्टराइ – चितवन
४ – कमला हेम्चुरि – पाल्पा
५ – करिश्मा मानन्धर – काठमाडौं
६ – केशव दाहाल – सुनसरि
७ – डा. केशवमान शाक्य – काठमाडौं
८ – गणेशराज राइ – भोजपुर
९ – डा. चैतन्य सुब्बा – ताप्लेजुङ
१० – डा. जितेन्द्र महासेठ – सिराहा
११ – टिका गौचन – म्याग्दि
१२ – डम्बर खतिवडा – सुनसरि
१३ – तिलक थापा मगर – मोरङ
१४ – दलमर्दन कामि – सुनसरि
१५ – दुर्गा सोव – डोटि
१६ – देवेन्द्र पौडेल – बाग्लुङ
१७ – नत्थुप्रसाद चौधरि – सप्तरि
१८ – नारायण पाण्डे – गोरखा
१९ – पासाङ्ग शेर्पा – ताप्लेजुङ
२० – डा. प्रविण मिश्र – महोत्तरि
२१ – मदन राइ – खोटाङ
२२ – मनप्रसाद सुनुवार – रामेछाप
२३ – मुमाराम खनाल – कपिलबस्तु
२४ – डा. मुक्ति रिजाल – अर्घाखाँचि
२५ – मोहनि महर्जन – काठमाडौं
२६ – डा. राजेन्द्र के.सि. – धादिङ
२७ – डा. रामकेवल साह – धनुषा
२८ – रामचन्द्र झा – धनुषा
२९ – रामेश्वर खनाल – पाल्पा
३० – लिलि थापा – काठमाडौं
३१ – वज्रकिशोर यादव – धनुषा
३२ – विसन राइ – खोटाङ
३३ – सरोज खनाल – चितवन
३४ – डा. सुरेन्द्र चौधरि – दाङ
३५ – हरेराम कोइराला – गोरखा

Incoming search terms:

  • सेकसनेपालि

बाबुराम भट्टराइले एकनेपा माओवादि परित्याग

एकनेपा माओवादिका नेता एबं पुर्ब-प्रधानमन्त्रि बाबुराम भट्टराईले एकनेपा माओवादि पार्र्टि परित्याग गरेको बताएका छन । उनले शनिबार दिउँसो राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गरेर एमाओवादि परित्यागको घोषणा गरेका हुन्। सो कार्यक्रममा उनले एमाओवादि अध्यक्ष पुष्पकमल दहाललाइ प्रचण्डलाइ पनि पार्टि परित्यागको जानकारि दिएको र  संसद पद पनि छाडेकाे राजिनामा पत्र सभामुख सुवास नेम्वाङलाइ दिएको बताएका थिए।

उनको पार्टि परित्यागको बारेमा भिडियो रिपोर्ट:

जानकारहरुका अनुसार बाबुरामको पर्टि परित्याग गर्ने र नयाँ पर्टि निर्माण गर्ने योजना पछिल्ला दुइ दिनको राजनितिक घटनाक्रमले बनाएको हो । प्रचण्ड निवास लाजिम्पाटमा बिहिबार बसेको पदाधिकारि बैठकमा असोज १० गते केन्द्रिय समितिको बैठक डाक्ने निर्णय गरे पछि बिदा भएका बाबुरामको निर्णय बाट सबै आश्चर्य चकित परेको खबर छ । पत्रकार सम्मेलनको केहि समय अघि मात्र पार्टि परित्याग गरेको खबर पठाउएको माओबादि पार्टि श्रोतले बताएको छ । संविधान निर्माण पछि बाबुरामका अभिव्यक्ति आपत्तिजनक भएको भनेर पार्टि भित्र नै उनको आलोचना पनि भएको थियो।

 Continue reading

बाबुराम भट्टराईको जिवनीको बिजोग

खुशीको कुरा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जिवनको बारेमा जान्नको लागि एक पुस्तक प्रकाशित भएको छ । तर दुखको कुरा, यसका लेखक  वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री ईश्वर विक्रम सिंहको अंग्रेजी भाषा लेखन हेर्दा यो किताबलाई प्रुफ पढ्ने मानिस फेला नपरेको भान पर्छ।

baburam bhattarai book

रु. ५०० मूल्य राखिएको यस जिबनीमा अपूर्ण वाक्य, गलत अर्थ लाग्ने शब्दहरुले भरिएको छ बिन्देश दाहालले फेसबुकमा पोस्ट गरेका किताब भित्रका केही प्याराग्राफहरु हेर्दा लेखले निस्फिक्री हेल्चेक्र्याई गरेको प्रष्ट हुन्छ ।

 bhattarai book extract

छैठौं रास्ट्रिय खेलकुद २०६८ धनगडीमा शुरु

छैठौं राष्ट्रिय खेलकुद सुदुर पश्चिमको धनगडी रंगशालामा भब्य समारोह बीच उद्घाटन गरिएको छ ।  सुदूरपश्चिमले पहिलोपटक आयोजना गर्ने मौका पाएको यो रास्ट्रिय खेल महोत्सवको उद्‌घाटन राष्ट्रपति रामवरण यादवले गरेका थिए ।  उक्त समाहरोहमा पनि बोलेका थिए । सुदूरपश्चिमकै ओलम्पीक खेलाडी दिपक बिष्ट ओलम्पीक दीप प्रज्जवलन गरेर शुरु गरेको सो समारोहमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराइले, युवा तथा खेलकुद मन्त्री कमला रोका,  राखेप सदस्यसचिव युवराज लामा आदिको पनि उपस्थिति थियो ।

6th_national_sports

आठ दिन चल्ने छैठौं राष्ट्रिय खेलकुद फागुन १४ शुरु भएर फागुन २१मा सम्पन्न हुने छ । पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको पिएलए र विश्वविद्यालय गरी २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला खेलाडी सहभागी हुने सो राष्ट्रिय खेलकुदमा नौ टोलीका खेलाडीले ३१ खेलमा प्रतिस्पर्धा गर्नेछन्। यस खेलकुदमा पनि अघिल्लो बर्षको जस्तै नेपाली सेनाको टोलीले सहभागीता जनाएको छैन ।

Deepak_bista_burning_flame_6th_national_game

छैठौं रास्ट्रिय खेलकुद २०६८ उद्घाटन समारोहमा ओलम्पीक दीप प्रज्जवलन गर्दै ओलम्पीक खेलाडी दिपक बिष्ट

 Continue reading