अपडेट २०७२ — चोरिको बिगबिगि – लोगो, पोस्टर, किताब अनि रिसर्च पेपर (नचोर्ने को छन त, जस्तो लाग्ने!)
पैसाको लागि बैंक चोरी डकैती त सुन्नु भएको होला (लूट फिल्म हेर्ने हरुले त के बिर्सनु भएको होला र?) तर बैंकले गरेको चोरी त सुन्नु भएको छैन होला ! तर, कहिँ नभएको जात्र हाँडी गाउँमा भन्या जस्तो कहिँ नहुने चोरी नेपालमा हुन्छ ।
नेपाली बैंकहरुले चोरी गर्दा रहेछन भन्ने कुरा उनीहरुको लोगो देखेर थाहा भएको छ । नेपाल डायरी ब्लगले पत्ता लगाएका केही चोरीहरू यस प्रकार छन् ।
गौतम बुद्धको नाम सिद्धर्थ को नाममा बनेको ब्यांक ले बुद्धको “चोरी गर्न हुदैन” भन्ने उपदेश त कमसेकम सम्झनु पर्छ, ल हेर्नुहोस बेईजेत:
यी लोगो नेपाली बैंक http://siddharthabank.com/ र अस्ट्रेलियन बैंकको http://commbank.com.au/ वेबसाइटमा गएर आफै तुलना गर्न पनि सक्नु हुन्छ
कम्तिमा ‘S’ त ओरिजिनल रहेछ भनेर सोच्नु भएको हो भने यो तलको अर्को मंगोलियन बैंकको लोगो (http://www.savingsbank.mn/) हेर्नुहोस त:
‘S’ लाइ सिधा हिसाबले चोरेकै भन्न नमिले पनि उस्तै उस्तै देखिने भएकोले र अन्य सबै कुरा चोरीको भएको ले यो पनि चोरेकै होला भन्न सकिन्छ ।
बैंक भनेको पैसाको कारोबार गर्ने संस्थान भएको ले सबै कारोबार बिस्वासको आधारमा हुने गर्छ । लोगो नै अर्काको चोर्ने बैंकसंग ती वास्तबिक लोगो भएका बैंकले के पत्याउलान ? लोगो चोर्न पनि अर्को बैंककै चोर्नु पर्छ र ?
अर्को बैंकको लोगो पनि चोरीको रहेछ ल हेर्नुहोस्: