कैलालि तनावग्रस्त, कर्फ्यु अवज्ञा, आगजनि, सिडियो फिर्ता

थरूहट पार्टिकाका कार्यकर्ताहरूले आन्दोलन चर्काए पछि स्थानीय प्रशासनले सम्भावित क्षति रोक्नका लागि मंगलबार कर्फ्यु लगाएको थियो। कैलालिको धनगढि नगरपालिका क्षेत्रमा मात्र लगाएको कर्फ्यु पनि सोमबार भएको हत्याको घटना बाट आक्रोशित भनेको भिडले अबज्ञा गर्दै विभिन्न घरहरु आगजनि गरेका छन् ।

प्राप्त समाचार अनुसार :

  • सभासद जनक चौधरिको घरमा आगजनि भएको – छ उनि कैलालि क्षेत्र नम्बर १ का सभासद् हुन । सुरक्षाकर्मिले सो आगो नियन्त्रणमा लिइ सकेको समाचार छ।
  • रेशम चौधरिले सञ्चालन गरेको फुलबारि एफएम र फुलबारि रिसोर्ट मा पनि आगलागि गरिएको छ । रेशम थरुहट संघर्ष समितिका अगुवा हुन।
  • बजारका २ ओटा घुम्ति पसलमा पनि आगजनि गरिएको खबर छ।
  • धनसिंहपुर ४ र टीकापुरको बनगाउँका केही घरहरु जलाइएको खबर सेतोपाटिले लेखेको छ।

सेतोपाटिका अनुसार उत्तेजित भिडलाइ भगाउन ८ राउण्ड हवाइ फायर पनि गरिएको खबर छ ।

कान्तिपुरका अनुसार भर्खरै कैलालिका प्रमुख जिल्ला अधिकारि राजकुमार श्रेष्ठलाइ मन्त्रि स्तरिय निर्णय गरि फिर्ता बोलाइएको छ । उनलाइ शान्ति, सुरक्षा कायम गर्न प्रभावकारि भुमिका निर्वाह गर्न नसकेको भन्दै फिर्ता बोलाइएको हो।

Raj-kumar-Shrestha

 Continue reading