दरबार हत्याकान्डबारे पारस शाहको बयान (ऐतिहांसिक दस्तावेज)

१५ वर्षअघि सन २००१ को जुलाइ १ मा (२०५८ जेठ १९ गते) दरबार हत्याकान्ड हुँदा पारस श्रि ५ शाहज्यादा थिए। सो बिभत्स हत्याकान्ड पछि उनका बाबु ज्ञानेन्द्र श्रि ५ महाराजधिराज भए। तर, पारसको उद्द्ण्ड स्वभावका कारण ज्ञानेन्द्रले पारसलाइ युवराज घोषणा गर्ने आँट गर्न सकेनन । बिरोधको सामना गर्न नपरोस भनेर दशैँको बेला पारेर युवराज घोषणा गर्नु परेको थियो। अहिले देश गणतन्त्रब् भै सकेको हुनाले राजा पुर्व राजा भै सके भने पारस पनि पुर्व युवराज भइ सके । नारायणहिटि दरबारमा हत्याकान्ड हुँदा पारस र उनकि श्रिमति दुवै घटनास्थलमा थिए। उनिहरुले घटना बारे छानबिन गर्न तत्कालिन प्रधानन्यायाधिश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरिय आयोगलाइ दिएको बयान यहाँ प्रस्तुत गर्दै छु । यो ऐतिहांसिक महत्व्को पारसको बयानमा दिर्घलाइ ह्रस्वमा परिवर्तन गरिएको छ:

नारायणहिटि दरबारमा हत्याकान्डको बारेमा श्रि ५ शाहज्यादा पारस विर विक्रम शाहको बयान (२०५८ सालमा लिइएको)

समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारि हामिलाइ प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारि भएको सुनेको कुराहरु चाहीँ हामिलाइ प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामि पुग्यौं त्यहाँ त्यस्तै अन्दाजि साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामि त्यहि …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनि, हिमानि र हामि अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरि अ… युवराजाधिराज अलिकति ककटेल ज्युनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।
 Continue reading

ज्ञानेन्द्रको नयाँ बर्ष २०७३ शुभकामना संदेशमा के छ ?

१० वर्ष अघि राजगद्दि छोड्न बाध्य बनाइएका पुर्व राजा ज्ञानेन्द्रले २०७३ सालको शुभकामना यस अघि भन्दा अलि भिन्न ढंगले दिएका छन्। उनको शुभकामना संदेश संग पठाइएको पारिवारिक फोटोमा पुर्वयुवराज पारस र हिमानि का साथै उनीहरुका तिन सन्तान पनि देखिएका छन्।

भिडियो रिपोर्ट

ग्यानेन्द्रले दिएको शुभकामना संदेशमा देश विदेशमा रहेका सबै नेपालिहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गरेका छन् ।
शुभकामना संदेशको पुर्ण पाठ (दिर्घलाई ह्रस्व नबनाइ, जस्ताको तस्तै)

 Continue reading

पारस र हिमानि लामो समय पछि एउटै समारोहमा, एउटै फोटोमा

लामो समय पछि पुर्व युवराज पारस शाह र उनकि पत्नि हिमानी शाह एकै स्थानमा देखिएका छन् । हालै भएको एक विवाह समारोहमा पुर्व राजा ज्ञानेन्द्र, पुर्वरानि कोमल, पुर्व युवराज्ञि हिमानि, पुर्व युवराज पारस र उनिहरुका छोरा छोरिहरु सामेल भएका थिए । विवाह कार्यक्रम थियो पारसकि फुपु शोभा शाहिको छोरा, हिमबान साहिको विवाह् कार्यक्रमा । हिमावनले  सतिश बिक्रम शाहकि छोरि स्तुति साहसंग विवाह गरेका हुन । सो विवाह समारोहमा पारस र हिमानिले आफ्ना छोरा छोरिको साथ दुलाहा र दुलहिसँग बसेर फोटो पनि खिचाएका छन ।

भिडियो रिपोर्ट:

  • २०७१ को १९ चैतमा पारस थाइल्याँडबाट नेपाल फर्किए
  • नेपालमा उनि परिवारसंग नबसि छुट्टै बस्दै आएका छन् ।
  • थाइल्याण्डमा रहँदा थाइ युवति कन्निका चाइयासार्नसँग प्रेम सम्बन्ध रहेको
  • पारस र हिमानि बिचको सम्बन्धमा दरार उत्पन्न हुनुको एक कारण कन्निका पनि हुन। झण्डै एक बर्ष नेपाल बस्दा पनि यि दुइको सम्बन्धमा सुधार नभएको बताइन्छ ।
  • केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
  • केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
  • कन्निकाले हिमानिको फोटो मा यो को केटि हो? भन्दै गालि गर्नु र हिमानि र पारससंगै देखिनु ले पारस हिमानिसंग नजिक हुन लागेको संकेत गर्दछ ।

 Continue reading

Incoming search terms:

  • चिकेका फोटाहरु

हिमानिलाइ "को केटी हो यो?" भनिन पारसकि प्रेमिका कन्निकाले

नेपालका पुर्वयुवराज पारस शाह थाइल्याण्डबाट नेपाल फर्केर यतै बसोबास गर्न थाले पछि आजकाल उनकि थाइ प्रेमिका कन्निका चाइसानले उनको बारेमा फेसबुकमा विभिन्न अभिव्यक्ति दिन थालेकि छिन  । उनका यस्ता अभिव्यक्तिहरु चर्चित हुने प्रयासमात्र भएको पनि शंका गरिएको छ ।

यहि फेब्रुअरि २४ तारिख बुधबार कन्निका चाइसानले पारस पत्नि  हिमानिको फोटो अपलोड गरेर उनको विरुद्ध रिस पोख्दै फेसबुकमा एक स्ट्याटस लेखेकि छिन । कन्निकाले सो स्तेटस भने लेखेको केहि समयमा नै मेटेको भए पनि मेट्नु भन्दा पहिले नै नयाँ पत्रिका दैनिकले स्क्रिनशट लिएको थियो (सो फोटो यो पोस्टको अन्तिममा राखिएको छ)।

भिडियो रिपोर्ट:


कन्निकाले यस अघि उनको ८ बर्षे छोरा युनिभर्सले पारसलाइ सम्झने बताउदै नेपाल जाने इच्छा गरेको भनेर लेखेकि थिइन् । कन्निकाको रिस सोहि बिषयमा भएको हुन सक्ने सम्भावना भए पनि उनले भने सो बारेमा केहि बोलेकि छैनन् ।

 Continue reading

पुर्व युवराज पारसकि प्रेमिकाले आफ्नो छोराले पारसलाइ बाउ भन्ने ठानेको बताएकि छिन

अपडेट : * यो भिडियो तयार हुँदा र पछि कन्निकाको दाविमा परिवर्तन भइ सकेको थियो । उनले उनको छोरा युनिभर्स पारसकै छोरा नभएर उसले पारसलाइ आफ्नो बावु मान्ने गरेको भनेकि छिन । छोराले आफ्नो वास्तविक बाबुलाइ अहिलेसम्म नभेटेको हुनाले उसले पारसलाइ नै आफ्नो बाबु भएको भन्ने ठानेको बताएकि छिन । यहि हिसावल्व् भिडियोको क्याप्सन र यो पोष्टको टाइटललाइ परिवर्तन गरिएको छ । *

आजको भिडियो ब्लग नेपालका पुर्व युवराज पारस शाहकि थाइ प्रेमिका कन्निका चाइयासार्नले आफ्नो आठ वर्षिय छोराका पिता पारस भएको सनसनिपुर्ण दाविको बारेमा छ । आज मैले ब्लगमा लेख्नुको सट्टा युट्युबले क्याप्सन राख्न दिएको सुबिधाको प्रयोग गर्ने निर्णय गरेको छु ।

दैनिक रूपमा कमसल खालका भिडियो पोष्ट गरेर “भिडियो ब्लग” बनाएँ भनेर फुर्ति लगाउनु भन्दा समय लगाएर राम्रो र मनोरन्जनात्मक प्रस्तुति दिने प्रयास अनुरुप अबका भिडियोहरुमा क्वालिटिमा बिशेष ध्यान दिनेछु भने यहाँ लेखिने कुरा पनि भिडियोमा नभएका थप जानकारि, फोटो वा अरु सम्बन्धित भिडियोहरु हुने छन। यस हिसावले भिडियो आँफैमा ब्लग पोष्ट हुँदा हुँदै पनि यो साइटमा आएर हेर्नु अझ बढि जानकारिमुलक र मनोरंजनात्मक हुने छ । यसरि ब्लग पोष्ट बनाउँदा बिगत भन्दा केहि बढि समय त अबश्य नै लाग्नेछ ।

आजको भिडियो ब्लग:

पारस अघिल्लो बर्ष थाइल्याण्डको जेलबाट छुटे पछि नेपाल फर्केका हुन (रिपोर्ट):

kannika paras and universe

तपाइको सुझाव प्राप्त भए अनुसार नै यो ब्लगलाइ परिमार्जन र परिवर्तन गर्दै लगिने छ | धन्यबाद |

पुर्व युवराज पारस छोरि पुर्णिकाकासाथ शिवसेना नेपालको कार्यक्रममा सहभागि (V-Blog)

शिव सेना नेपालले यहि पुस १६ गते बिहीबार पशुपतिको वनकालिमा गरेको एक कार्यक्रममा पुर्व युवराज पारस शाह आफ्नि छोरि पुर्णिकाका साथ सहभागी भएका थिए । कार्यक्रम अनुसार बिहान ११ बजे आउने भनिएको भए पनि उनी आइपुग्दा भने साढे १ बजिसकेको थियो । सो कार्यक्रम पारसको जन्मदिन को उपलक्षमा निशुल्क खाना खुवाउने कार्यक्रम थियो । यसैलाइ बिस्तारित गरेर शिव सेनाले भुकम्प पिडित र नाकाबन्दि पिडितहरुको लागि निशुल्क खाना खुवाउने कार्यक्रम शुरु गर्दैछ । सोहि कार्यक्रमको उदघाटन पारसले पानसमा बत्ती बालेर सुरुवात गरेका हुन ।

भिडियो रिपोर्ट

 Continue reading

पारसको ४५ औं जन्मदिनमा छोरि पुर्णिका सरिक, पत्नि हिमानि र बाबुआमा देखिएनन

पुर्व युवराज पारस शाहको ४५ औं जन्मदिनको उपलक्षमा उनको निवासस्थान जिवनकुन्जमा एक बिशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा बिभिन्न ब्यक्तिहरुले पारसलाइ जन्मदिनको शुभकामना दिनुका साथै सामुहिक भेटघाट गरेका थिए ।

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=uk_mc2XmOk0

सो अबसरमा पारसको शुख शान्ति र दिर्घायुको कामन गर्दै कमलादि गणेशस्थान र नेपालेश्वर महादेवको मन्दिरमा पुजा पाठ पनि गरिएको थियो ।  जिवनकुन्जमा भएको सो कार्यक्रममा ति पुजा पाठ गरेर ल्याइएको प्रसाद पनि पारसलाइ हस्तान्तरण गरिएको थियो ।

paras daughter Purnika Shah

 Continue reading

पुर्व युवराज पारश शाहको बंगलामुखिमा पुजा अर्चना (भिडियो रिपोर्ट)

पुर्व युवराज पारश शाहले शनिबार अपरान्ह ललितपुरको बंगलामुखीमा बिषेश पुजा अर्चना गरी टिका तथा प्रसाद ग्रहण गरेका छन । बहिनिका साथ बंगलामुखि मन्दिरमा पुजाआजाका लागि पुगेका पारसको स्वागतमा समर्थकले नाराबाजि पनि गरेका थिए  । देश अशान्ति र अभावको बातावरणमा रुमल्लिइरहँदा पारसले देशको सुख, शान्ति र समृद्धिको कामना गर्दै भगवति बंगलामुखि माइका आरधना गरेको बताइएको छ । उनले केहि दिन अघि फेसबुकमा पनि जनताहरुले आफ्नो हितैशि को हो भनेर पहिल्याउनु पर्ने भन्दै लेखेका थिए ।

भिडियो रिपोर्ट:

बंगलामुखी माइ को मन्दिरमा आयोजना गरिएको मंसिर पुजाका साथै पञ्चबली दिने उपलक्षमा पारस लाइ बोलाइएको र सोहि पुजामा सरिक  हुन पुगेका पारसले पत्रकारहरुको प्रश्नको भने उत्तर दिएनन । दशमहाविद्या मध्येकी एक महाविद्या बंगलामुखीको मन्दिरमा धेरै पहिले देखि मंसिर पुजा र पञ्चबलि दिने प्रचलन चलिआएको हो ।

 Continue reading

हाम्रो नेपालि समाज किन यस्तो ? पुर्व युवराज पारस सोध्छन

पुर्वयुबराज पारस शाहले आफुले अहिलेसम्म नेपालि समाज बुझ्न नसकेको खुलासा गरेका छन । लामो समयको मौनता पछि पुर्व युवराजले सोसल मिडियामा धाराबाहिक प्रश्न गर्दै अन्त्यमा नेपालिले आफ्नो साथि को हो पहिल्याउनु पर्ने बताएका छन । अंग्रेजि भाषामा लेखिएको उनको बिचारलाइ मैले नेपालिमा उल्था गरेर चर्चा गर्ने प्रयास गरेको छु ।

भिडियो रिपोर्ट:

उनको बिचारलाइ उनले “Fruit for thought” अर्थात “सोचको लागि फलफुल” भनेका छन । अंग्रेजिमा “food for thought” अर्थात “सोचको लागि खाद्यान्न” भन्ने भनाइ प्रख्यात भएको हुनाले उनले food को ठाँउमा fruit राखे पनि भन्न खोजेको चाँहि — “केहि सोचनिय कुराहरु” हुनु पर्दछ ।

 Continue reading

पुर्व युवराज पारस शाहको पुरानै पारा, लाजिम्पाटको त्रिसरा बारमा झगडा

नेपालका पुर्व युवराज पारस शाह पहिले देखिनै उद्द्ण्ड स्वभावका हुन डिस्को र रेष्टुरेन्टमा गएर झगडा गर्नु उनको पुरानो आदत हो । लामो समय पछि करिव छ महिना अघि थाइल्याण्ड बाट नेपाल फर्केका पारसलाइ उनको स्वभावकै कारण ले उनका बाबु ज्ञानेन्द्रले घरमा बस्न दिएका छैनन। युनाइटेड पोष्ट साप्ताहिकमा हालै प्रकाशित समाचार अनुसार पारस फेरि  विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् ।

भिडियो रिपोर्ट

थाइल्याण्डमा हुंदा पनि रेस्टुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनि गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा झगडा गरेको खबर छ । उनले बियरको बोतल फुटाएको र रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् । रेष्टुरेन्टको भित्रि कोठामा बसेर मदिरा पिउँदै गर्दा उनले आफ्ना साथिहरुसँग झगडा गरेको खबर छ । उनले रेष्टुरेन्टका मालिकलाई घाँटी थिचेको र कुट्ने प्रयास गरेको समाचारमा उल्लेख छ । उक्त समाचारमा उल्लेख नगरिए पनि, सो बेलामा त्रिसरा रेष्टुरेन्टमा हलोइन मनाउन भब्य पार्टि आयोजना गरिएको थियो जसमा बिभिन्न मोडलहरु पनि उपस्थित थिए।

 Continue reading