Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

औपचारिक रुपमा ४ कक्षासम्म मात्र पढेका बर्ष २६का अनिल गौतमले घरेलु रुपमै हेलिकप्टर बनाएर सबैलाई अचम्मित पारिदिएका छन।  हाल हेलिकप्टर उडानको अनुमतिको प्रतिक्षामा रहेका अनिलले "त्रिलोक एयर" नाम दिएको हेलिकप्टरमा चालक बाहेक २ जना बस्न मिल्छ ।

काठमाडौंको नीलोपुलमा एउटा फर्निचर उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने अनिलको स्थायी घर बुटवल हो । अनिलले हेलिकप्टर बनाउन २२० सीसी पल्सर मोटरसाइकलको इन्जिनलाइ प्रयोग गरेर १८ महिना लगाएर बनाएका हुन रे । 

helicoptor_handmand

फर्निचरका सामान प्रयोग गरेर बनाएको यस हेलिकप्टर उडानको लागि कतिसम्म सुरक्षित छ भन्ने कुरा सम्बन्धित निकायहरुले चाँडो जाँच गरेर उडाउन दिने नदिने निर्क्योल गर्नु आबश्यक छ । जानकारहरुका अनुसार मोटरसाइकलको २०० सिसीको इन्जिनले हेलिकप्टर बन्ने सम्भाबना अति नै न्यून हुन्छ । अझ फर्निचरका काठका सामाग्री पर्योग गरेर बनाइएको यातायातको साधन फर्निचर जस्तै एक ठाउँमा राख्न मात्र उपयुक्त हुने जानकारहरु बताउछन । त्यसमाथि एरोडाइनामिकको सामान्य ज्ञान पनि नभएको मानिसबाट हेलिकप्टरको निर्माण आफैमा शंकास्पद मान्न सकिन्छ ।

केहि समय अघाडी यस्तैखालको ‘डाँफे’ यानको निर्माण भएको समाचार आए पनि पछि तेतिकै हराएर गए जस्तै यो नयाँ प्रयोग पनि हराएर नजाओस, हाम्रो शुभकामना !

Incoming search terms:

  9 Responses to “मोटरसाइकलको इन्जिनबाट हेलिकप्टर”

  1. वोंदेर्फुल वोर्क trilok

  2. एदी यो कुरा झुटो नै भए पनि कोशिस त गरेको हो नि तेही नै ठुलो कुरा हुन जान्छ जे भए पनि अनिल जी लै सुभ कामना छ मेरो तर्फ बाट पनि|

  3. यो उड्ने चै होइन, त्यो रमाइलो मेलामा राख्ने खाले मात्र हो ! ३० लाख लागि सक्यो रे, तेती मा त गाडी नै पाउथ्यो होला | भाडामा लगायो भने मासिक २०-३० हजार पनि हुन्थ्यो होला | त्यो पैसा ले धेरै कुरा गर्न सकिन्थ्यो होला, जस्तै पढाई लेखाई की ? जे होस्, बाउको पैसा उडाएछ, न उड्ने हल्लाउने-कपतर मै भए पनि ! गौतम दाजुभाई-लाई सरकारले “गोलो गोलो अन्डा पुलिसको डण्डा, हनुमानको पुच्छर, रावणको जुँगा” अभियानमै समेट्नु उचित.. भन्नाले अनिवार्य शिक्षा तिरै धकेल्नु उचित हुन्थ्यो की ?

  4. ek choti government lay mauka dinu parcha …udyera ta harnu paryo congratulation gautam brooooooooooooo

  5. यी वाइगत कुरागरी दुनिया भुलाउने लाई राज्यले कडा कारबाई गर्नु पर्छ, कस्ता कस्ता कता गय मुसा चल्ला भेट भय …………………………………….

  6. हेलिकोप्टर बनाउनु सानो तिनो कुरो होइन . पहिला पनि यसरी हेलिकोप्टर बनाएको थियो एकजना ले . खोइ त आकाश मा उडेको देखिंदैन / हेलिकोप्टर को इन्जिन मोटर साइकल को इन्जिन ले बन्दैन . तेस्को लागि उच्चा गति को इन्जिन चाहिन्छा . उडाएर देखाउनु पर्छ / मोडेल मात्रै बनाएर के गर्नु

  7. गूद लुच्क६ .नया आविस्कार नै नया उमङ्ग,जोश र जागर हो. हाम्रो नेपाल पनि अक् दिन संसार मै चिनिन्छ कि नेपाल मा बिर गोर्खालीहरु मात्र न भै नया सोच र विचार लिएर अगी बढ्ने नेपालीहरु पनि छन् भनेर.म नेपाली भए को धेरै गर्वगर्चु हाम्रो पुर्खाहरु कहिले कसै संग झुकेन येही नै हाम्रो सान हो म सेलुट गर्नु चाहानछु र सदै गरि र हंचु.

  8. बधाई छ तपाईं लाई!!!!!!!!!!!!!!!!!!!!

  9. बदाई छ तपाइलाई
    …..

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network