शिब शेना नेपालको नामबाट अनिल बस्नेतले बिगत केही समय देखि नेपाली चलचित्रमा देखिदै आएको यौन बिषयमा केन्द्रित फिल्महरु बन्ने गरेकोमा बिरोध गरेका छन् ।
उनका अनुसार नेपाली फिल्म बनाउनेहरुले नेपाली मौलिकता बिर्सेर छाडा फिल्म निर्माणमा तिब्रता ल्याएको आरोप लगाउदै त्यस्ता खाले छाडा प्रवृतिका चलचित्रहरु निर्माण नगरिदिनु हुन अनुरोध गरिएको छ । विज्ञप्तिको अन्त्यमा, तेस्तो अनुरोधको बिपरित कुनै पनि छाडा खाले फिल्म निर्माण वा प्रदर्शन गरिएमा "शिब शेना नेपालले जस्तो सुकै कदम चाल्न" पनि पछि नपर्ने पनि बताईएको छ । साथै उनीहरुको तेस्तो कदमबाट हुने क्षतीको जिम्बेवार पनि निर्माता स्वयं हुने पनि बताइएको सो बिज्ञप्ति बाट नेपाली फिल्म क्षेत्र ।
ठेगाना, फोन र वेबसाइट समेत राखिएको लेटर प्याडमा टाइप गरेर कानुन आफ्नो हातमा लिने आशयको यस्तो खालको चिठीको बिरुद्ध नेपालको कानुन अनुसार प्रहरीले कारबाही गर्छ गर्दैन प्रतिक्षाको बिषय भएको छ ।

