असार १५को दहि चिउरे शुभकामना

आज असार १५ – रोपाइँ शुरु गर्ने, दहि चिउरा खाने र किसानहरुले रमाइलो गर्ने दिन ।

ropai_phogo

आजको दिनलाई ‘माना रोपेर मुरि उब्जाउने’ दिन मान्ने चलन भए पनि, गोरु पाल्ने झन्झटबाट मुक्त भइ सकेका किसानहरु परम्परा र आधुनिकताको दोषाधमा चेपिएको भान हुन्छ । आजकालका आधुनिक किसानहरुले असारे गितहरु पनि बिर्सिसकेको भान हुन थालेको छ । आजकाल त आन्तरिक र बिदेशि पर्यटकलाइ देखाउनको निम्ति मात्र हिलो छ्यापाछ्याप गर्ने चलन बिस्तारै बढ्न थालेको छ ।

हुन पनि आजको ट्याक्टरको जमानामा गोरु पाल्नु आफैमा खर्चिलो र बाढि जोखिमपुर्ण रहेको कुरा धेरैले बुझिसकेका छन् । कहिले मलको अभाब र कहिले कतै कतै पानीको अभाब अनि भर्खरै गएको भुकम्पक लगाएतका अनेक् कारणले रोपाइँ त्यति सुखद नभएको किसानहरु बताउछन ।

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानि आएर गोडौला …

यो -Jun 29, 2012 @ 12:40 मा पोस्ट भएको शुभकामनालाइ समय परिबर्तन गरि केहि थपघट गरेर यो पोस्ट तयार गरिएको हो । र साथै, सबै दिर्घलाइ पनि ह्रस्व बनाइएको छ – सजिलो नेपालि प्रयोगको लागि

One thought on “असार १५को दहि चिउरे शुभकामना

Leave a Reply

Your email address will not be published.