Jun 292012
आज असार १५ – रोपाइँ शुरु गर्ने, दही चिउरा खाने र किसानहरुले रमाइलो गर्ने दिन ।

आजको दिनलाई ‘माना रोपेर मुरी उब्जाउने’ दिन मान्ने गोरु पाल्ने झन्झटबाट मुक्त भइ सकेका किसानहरु परम्परा र आधुनिकताको यस दोषाधमा असारे गीतहरु पनि बिर्सीसकेको भान हुन थालेको छ । आन्तरिक र बिदेशी पर्यटकलाइ देखाउनको निम्ति मात्र हिलो छ्यापाछ्याप गर्ने चलन बिस्तारै बढ्न थालेको छ ।
हुन पनि आजको ट्याक्टरको जमानामा गोरु पाल्नु आफैमा खर्चिलो र बाढी जोखिमपूर्ण रहेको कुरा धेरैले बुझिसका छन् । यस पटक त मलको अभाब र कतै कतै पानीको अभाकका कारण रोपाइँ त्यति सुखद नभएको किसानहरु बताउछन ।
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानी आएर गोडौला …
