Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

कहिले सगुन केसी र कहिले विनय केसीको नाममा फेसबुकमा नक्कली खाता खोलेर गाली गलौज गरेको अभियोगमा अघिल्लो हप्ता सोधपुछ गरिएकी  नायिका बिनिता बराल र एक हप्ता थुनिएका उनका भाइ भनिएका दिक्पाल कार्की लाइ फेरी अर्की नायिका दीपशीखा खड्काले उस्तै खालको उजुरी गरेकी छिन ।  उनीहरुलाई दोषी देखाउन पर्याप्त मात्रामा प्रमाण भएको दाबी गर्ने नायिका खड्काले नायक राज घिमिरेको उजुरी परेपछि मात्रै दोषीको पहिचान भएको बताएकी छिन ।

यस अघि नायक राज घिमिरेलाई अश्लील गाली र धम्कीपूर्ण एसएमएस, इमेल आदि पठाएको आरोप लगाए पछि प्रहरीले बिनिता बराललाइ सोधपुछ गरेको थियो भने दिक्पाल कार्कीलाई बुधबार पक्राउ गरी आठ दिन थुनामा राखेको थियो । कार्की यही बिहीबार आठ हजार रुपैयाँ धरौटीमा छुटेका हुन ।

नायिका खड्काले नायिका बरालले आफ्नो गल्ती स्विकार गरेमा मिलापत्रहुने सम्भाबना रहेको पनि बताइन ।binita_baral_red_hot_saree_fullstop

बिनिता बरालको दोश्रो फिल्म ‘फुलस्टप’ प्रोडक्सनको अन्तिम तयारीमा रहेको बताइन्छ ।

Incoming search terms:

  One Response to “बिनितामाथि फेरी साइबर क्राइमको आरोप”

  1. हि

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network