बिनितामाथि फेरी साइबर क्राइमको आरोप

कहिले सगुन केसी र कहिले विनय केसीको नाममा फेसबुकमा नक्कली खाता खोलेर गाली गलौज गरेको अभियोगमा अघिल्लो हप्ता सोधपुछ गरिएकी  नायिका बिनिता बराल र एक हप्ता थुनिएका उनका भाइ भनिएका दिक्पाल कार्की लाइ फेरी अर्की नायिका दीपशीखा खड्काले उस्तै खालको उजुरी गरेकी छिन ।  उनीहरुलाई दोषी देखाउन पर्याप्त मात्रामा प्रमाण भएको दाबी गर्ने नायिका खड्काले नायक राज घिमिरेको उजुरी परेपछि मात्रै दोषीको पहिचान भएको बताएकी छिन ।

यस अघि नायक राज घिमिरेलाई अश्लील गाली र धम्कीपूर्ण एसएमएस, इमेल आदि पठाएको आरोप लगाए पछि प्रहरीले बिनिता बराललाइ सोधपुछ गरेको थियो भने दिक्पाल कार्कीलाई बुधबार पक्राउ गरी आठ दिन थुनामा राखेको थियो । कार्की यही बिहीबार आठ हजार रुपैयाँ धरौटीमा छुटेका हुन ।

नायिका खड्काले नायिका बरालले आफ्नो गल्ती स्विकार गरेमा मिलापत्रहुने सम्भाबना रहेको पनि बताइन ।binita_baral_red_hot_saree_fullstop

बिनिता बरालको दोश्रो फिल्म ‘फुलस्टप’ प्रोडक्सनको अन्तिम तयारीमा रहेको बताइन्छ ।

One thought on “बिनितामाथि फेरी साइबर क्राइमको आरोप

Leave a Reply

Your email address will not be published.