ज्ञानेन्द्र १७ साल फर्काउने आशामा

पुर्व राजा ज्ञानेन्द्रले भैरहवामा एक पत्रकार सम्मेलन गरि राजसंस्था शक्तिको साथ उदाउने बताएका छन् ।  ज्ञानेन्द्रले भने, "जनताकै चाहनाअनुसार राजसंस्था हटेको हो, जनताले चाहे भने फेरि राजसंस्था पुर्नस्थापित हुनसक्छ, तर म राजनीतिमा भने संलग्न हुन्न"। हालको राजनीतिक संकटका कारण जनता नयाँ शक्तिको खोजीमा रहेको बुझेका ज्ञानेन्द्रले जनताले चाहेमा आफू त्यो "नयाँ शक्ति"को नेतृत्व गर्न तयार रहेको पनि बताएका छन् ।

२००७ सालमा आएको प्रजातन्त्र संस्थागत हुन नसक्नुको कारणलाई प्रयोग गर्दै तत्कालिन राजा महेन्द्रले पंचायती व्यवस्थाको सुत्रपात गरेको जस्तै उनका छोरा ज्ञानेन्द्रको यो पत्रकार भेटघाटलाइ धेरैले धमिलो पानीमा माछा मार्ने प्रयासको रुपमा बुझेका छन् ।

ज्ञानेन्द्रले आज पहिलो पटक माओवादी र ७ राजनीतिक दलबीच १२ बुँदे सहमति भएकोबेलामा राजसंस्थासँग पनि एक लिखित सहमति भएको दावी गरेका छन् । उनले आबश्यकता महशुस भएको बेलामा सो सहमति सार्बजनिक गर्न पनि आफू तयार रहेको बताउने ज्ञानेन्द्रले अहिले सम्म सो सहमतिको बारेमा जनतालाई नबताउनु र अहिलेनै सो बारेमा बोल्नु पर्नुको परेको कारण भने बताएनन । जनताको राजनीतिप्रति देखिएको वितृष्णाको बारेमा चर्चा गर्दै ज्ञानेन्द्रले जनतालाई निराश हुन नदिने पनि बताएका छन् ।

यस अघि राजा निकट समाचार माध्यमहरुले बुटवलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न राप्रपा लगायत  नेपाली काङ्रेस, नेकपा एमाले,  नेकपा माओवादी र मधेशवादी दलहरुका कार्यकर्ताहरुको समेत ब्यापक सहभागिता रहेको बताएका थिए ।

gyanendra_in_crowd_butwal_rupendehi

2 thoughts on “ज्ञानेन्द्र १७ साल फर्काउने आशामा

  1. जुन आज नेपालको राजनीति मा देखिएको ६ तेस्ले पक्कै पनि संकेत गर्दै ६ कि नेपाल मा बहुदल पत्ताकै फलिफाप ६ऐन र नेपाल जस्तो गरीब देश मा यो सम्भब नै छैन.हाम्रा अहिलेका नेता भनेका आफ्नो र अफंतिको स्वार्थ सिढी गर्ने बाहेक अरु देश भक्ति भाबना भन्ने कहिँ कतैबाट नभेटिनु र बिदेशी को इशारा मा चल्ने मात्र देखिनुले र जातिय सद्भाव भद्कयेरा नेपाल लै नै खतम पर्ने भारतीय चालले पनि राजतन्त्र आउनु नै नेपाली को लागि राम्रो हो भन्ने लागेको छ.

  2. I and We hope these kangress,comunist,maiost party will die soon.These parties are one of the best failer,liar,corrupted,parties in the world.They need to destroy soon.These bullset partie’s member should be beheaded one by one.I have dare to do so.Raja Gayendra was best than these m/f…ker parties.

Leave a Reply

Your email address will not be published.