हाम्रा नोट किन थोत्रा हुन्छन

सबैलाई थाहा छ, नेपाली नोट चाडै थोत्रा हुन्छन । किन चाडै थोत्रा हुन्छन भन्ने प्रश्नको उत्तर प्राय: ‘नेपाली प्रयोगकर्ताले कच्याककुचुक पार्ने हुनाले’ चाडै थोत्रा हुने गरेको भन्ने गरिन्छ । तर खासमा नोट थोत्रा बनाउनमा नेपाली बैंकहरुको ठूलो हात हुने गरेको छ । एउटा सचित्र उदाहरण:

निम्न फोटोमा देखिएको रु ५००को नोट एउटा प्वाल बाहेक नयाँ नै छ ।

500 rs_note_hole

को बदमास ले तेस्तो प्वाल पारेको होला त ?

यो प्रश्नको उत्तर निम्न फोटोले दिन्छ कि?

nepali_note_bundel

यो पचास हजारको एउटा बिटो हो – जम्मा १०० वटा रु. ५००को नोटहरुको बिटो  । यिनीहरुलाई एकै ठाउँमा राख्न रबर ब्यान्डले बाँधिएको छ । रबरले मात्रै धान्दैन भनेर स्टेपलर पिनले पनि बाँधिएको छ – एउटा मात्रै होइन ६-६ वटा पिनले । खोल्नेलाइ सास्ती :

six_staples_pins_nepali_currency_note_bundle

खोल्नेलाइ मात्र होइन नोटलाई पनि सास्ती । किन यस्तो गरेको भने यो अभागी बिटोले ६-७ वोटा बैंकको यात्रा तय गरेर आएको रहेछ ।  प्रत्येक बैंकले एउटा स्टेपलरको फुली झुन्ड्याएर पठाउदा रहेछन ।  नतिजा:

six_staples_pins_seven_banks_lodged_different_pins

आजकाल सयौं बैंक खुलेका छन् सबै बैंकको यात्रा गरेर आइपुगेको नोटको बिटोको हालत कस्तो होला ? खर्च गर्न लायक पनि हुन्छ होला ?

पैसा संसार भरी सबै देशमा हुन्छन अन्त कतै यस्तो घाइते भएको पैसा देख्नु भएको छ ? म संग भएको एउटो अम्रिकन ५ डलरको नोट एउटा “नयाँ” रु. ५०० को  नोट संगै राखेर हेरौं न त (नेपाली पैसाको भाउ घटेर यी दुइ झन्डै बराबर मुल्यका पैसा हुन):

500_rs_compared_with_usd5

बिचरा अम्रिकानेहरुसं स्टेपलर किन्ने पैसो नि रहेनछ, नोटाँ एउटो प्वाल छैन !

3 thoughts on “हाम्रा नोट किन थोत्रा हुन्छन

  1. हिजो मात्रै राष्ट्र बैंकबाट साटेर ल्याएको नोट [५० को] ढुसी परेको,च्यातिएको,यति काम नलाग्ने कि “कोइ लिने मादैनन”. यस्तो २-४ वर्षा अगाडी हुदैनथ्यो.”पुरानो भए पनि ,चल्ने खालको हुन्थ्यो.कमसेकम २-४ दिन.” अब त नस्ट गर्नु पर्ने स्तर को नोट “चल्ती मा”पठाऊछन् / लाग्छ अब राष्ट्र बैंक “दरिद्र भएछ”/ नोट छाप्न सकेको छैन./ नया नोट छाप्ने पैसाले पदाधिकारीहरु घर बनौदाहून आफ्नो/ “दुर्भाग्य”/

  2. नेपाल का बैंक एक थोपा पनि काम लाग्दैन आफुले चाही च्यातेको नोट भित्र सुटुक्क हल्दिंछ हामीले दिंदा त हेरी हेरी लिन्छ

Leave a Reply

Your email address will not be published.