बिदेशी फिल्मले देश बिगार्यो रे, बैध्यबाले भन्या

bollywoodनेकपा-माओवादीले विदेशी चलचित्र प्रर्दशनमा रोक लगाएपछि राजधानीका सबै चलचित्र भवनहरुमा विदेशी सिनेमा प्रदर्शन रोकिएका छन् । यो रोक एक महिनासम्म चल्ने भने पनि सिनेकर्मीहरुको अनुरोधमा आश्विन २४ गते पछि भने फिल्म प्रदर्शन गर्न पाइने भएको छ ।

एक महिना वा आश्विन २४गते सम्म प्रदर्शन रोक लगाउदैमा के हुन्छ भन्ने कुरामा भने नेकपा-माओवादी प्रष्ट छैन।

केही बिश्लेषकका अनुसार यो कदम नेकपा माओबादीबाट छुट्टिएर नेकपा माओबादी बनेको बैध्यखेमा आफ्नो अस्तित्व बचाउनको निम्ती गरेको एउटा बिभिन्न हतकण्डा मध्य एउटा हो । देशका दश जिल्लामा भारतीय गाडी चल्न नदिने र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने लगायतका कार्यहरु छिमेकी रास्ट्र भारतमा आफ्नो उपस्थिती देखाउनको निम्ती गरिएको हुन सक्ने अनुमान गरिएको छ। तर यस्तोखालको कदमको सरकारी तबरबाट कुनै बिरोध नहुनु आफैमा अचम्मको कुरा भएको छ । यस्तै चालाले त अब कुनै दिन नेपाली स्कुल कलेजहरुमा बिदेशी भाषा पढाउन नपाइने भनेर उर्दी जारी भएमा कुनै अचम्म मान्नु पर्ने छैन ।

यस रोकको जबाफ स्वरुप क्युएफएक्स सिनेमाले आफ्ना सिनेमा घरहरुलाई अनिश्चितकालिन तालाबन्दी (लिंक – अंग्रजी लेख) गरेको छ भने अन्य फिल्म हलहरुले पनि सोको कटौती गर्नु परेको छ ।

One thought on “बिदेशी फिल्मले देश बिगार्यो रे, बैध्यबाले भन्या

  1. नेपाल मा पहिला राम्रो चले को थियो छोटकरी मा भन्नु पर्दा पहिले राम्रो बन्थ्यो किन कि अहिले सेक्सी जस्ता फिल्म बन्छन त्यसै ले नचले को हो .

Leave a Reply

Your email address will not be published.