पुष्पा बस्नेत सीएनएन हिरो २०१२

यस बर्षको सीएनएन हिरो मा नेपाली समाजसेबी पुष्पा बस्नेत छानिएकी छिन् । अनलाइन भोटिंगका आधारमा छानिने यस प्रतिस्पर्धामा अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै पुष्प सिएनएन हिरो २०१२  बनेकी हुन् ।

पुष्पा बस्नेतको जीत भनेको समाजको लागि निस्वार्थकार्य गर्नेको सम्मान हो । पुष्पा बस्नेत लगायत  सम्पूर्ण भोट गर्ने नेपाली तथा बिदेशीहरुलाई बधाई !

puspa_basnetcnn_hero_2012

उपाधी जिते पछि पुष्पाले भाभुक हुँदै भनिन, “यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि । मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद। मेरो लागि यसले धेरै अर्थ राख्छ, अझै पनि धेरै बालबालिकाहरु जेलभित्र छन्, निश्चय पनि मामुले तिमीहरु सबैलाई बाहिर निकाल्ने छु।”

भिडियोमा:

http://www.youtube.com/watch?v=3Za_VhNOr5I

२८ बर्षीया पुष्पा गत सात वर्षदेखि घरपरिवारै छाडेर बालबालिकाहरुको स्याहार सुसारमा लागेकी छिन् । सेन्ट जेभियर्स कलेजमा सामाजिक सेवा बिषयमा अध्ययन गर्ने पुष्पा बस्नेत एक प्रोजेक्ट वर्कको सिलसिलामा केन्द्रीय कारागारको महिला बन्दीगृह पुगेकी थिइन । आमासँगै जेलमा बसेका निर्दोष बालबालिकाहरु देख्दा उनलाई सार्है नमज्जा लाग्यो र उनीहरुकालागि केहि गर्ने अठोट गरिन।

यसरी सिन्धुपाल्चोककी सञ्चु तामाङ नामगरेकी एक बन्दि महिलाकी आठ महिनाकी छोरीलाइ आफूले पालानपोषण गर्न मनाए पनि जेलका अफिसरले सामाजिक संस्थालाइ मात्र त्यसरी बच्चा दिन सकिने बताएपछि उनको समाज सेबा संस्थागत हुन पुगेको उनी बताउछिन ।

गरगहना बेचेर र सर-सापट गरेर जम्मा भएको ७० हजार बाट सुन्धाराको एउटा घरमा खुलेको बालकेन्द्रमा बिहान जेलभित्रबाट चार बच्चा ल्याएर स्याहारसुसार, खेलकुद र पढाइको व्यवस्था गरेर बेलुका जेलमा फिर्ता गर्ने गर्दथिन। अहिलेसम्म ६० जना बच्चाहरूका आमाहरु जेलबाट छुटेपछि आ-आफ्ना घर गएको बताउने पुष्पाका साथमा अहिले ४४ बच्चाहरू छन् ।

One thought on “पुष्पा बस्नेत सीएनएन हिरो २०१२

Leave a Reply

Your email address will not be published.