खुशीको खबर हो कि दुखको हो तर फेरी एक पटक नेपाली चेलीले सिएनएन हिरोको उपाधि प्राप्त गरिन। हुन त सबैले खुशीको ताली पिटिरहेको बेलामा मैले अर्घेल्याई गरेर दुखी हुनु नाजायज ठहरिएला । तर, जे ठहरिए पनि सत्य भनेको सत्यनै हो र नराम्रो कुरालाई देश भक्तिको जलप लगाउदैमा सही हुन सक्दैन ।
मलाइ खुशी नलाग्नुको कारण:
पुष्पाले गरेको काम सरकारले किन गरेन ?
पुष्पा बस्नेतले ठूलो त्याग र दु:ख गरेर बालबालिकाहरुको भबिष्य बनाउने कार्य गरेकी छिन यसमा कसैको दुइ मत नहोला। तर अन्य कतै पनि त्यस्तो त्याग गर्ने व्यक्ति नहुनुको कारण के हो त? कसैले सोचेको छ?
मेरो बिचारमा पुष्पा सिएनएन हिरो हुनु नेपाली कानून र सरकारको खिल्ली उडाएको हो । सरकारले आमाले अपराध गरेको आरोपमा निर्दोष बालबालिकाहरुले सजाय दिने अनि पुष्पा जस्ताले तिनीहरुलाइ उद्दार गर्ने – यो त एउटा फिल्मी प्लट जस्तो भएन र?
यस अघि अर्की नेपाली सपुत अनुराधा कोइरालाले सि-एन-एन पुरस्कार जितेकी थिइन । हुन त उनले पनि राम्रै काम गरेकी हुन नेपाली चेलीहरुलाई भारतमा बेचिनबाट जोगाएर, तर जनताको जिउधनको सुरक्षाको जिम्मा सरकारको हुनु पर्ने होइन र ? अनुराधा कोइरालाले सरकारको काम सजिलो बनाइदिएको मात्रै हुनु पर्ने हो ।
देशको समस्याको अन्तराष्ट्रियकरण
यी दुइ वटै सि-एन-एन हिरोका जीतहरु जीत नभएर एक हिसाबले नेपालको समस्याको अन्तराष्ट्रिय जगतमा प्रस्तुत गरिएको रुपमा पनि हेर्न सकिन्छ ।
अबका दिनमा यस्ता सि-एन-एन हिरोहरु जन्मन नपरुन भन्ने कुरामा सरकार सचेत हुनु पर्ने हो कि ?
nepal bhata nepali cheliharuko sosan ra annyaya ma pareko nari harulai nyaya dilai dine kaam garnu ko sath saththai.nepal ma matra nabhayara desbides ma bhaya ko nepali haru ko uddar pani gardai ayako6.ok thank u
रैत सेक्टर मा हुनुहुन्छ हजुर लै हमिनी सहयोग गर्ने छु
तपाईहरुले पुस्पा बस्नेतलाई बदाई दिने बेला किन नानाथरीको कुराहरु गर्न्नु हुन्छा ? जे होस् पुस्पा बस्नेत ले आमाको माया नपायको लाई आमाको माया दिनु भयको छ र देशमा यस्तै यस्तै कम गर्दै जानु होला मेरो शुभकामना .
पुस्पा बस्नेत लै हामी हरुले सहयोग गर्नेछु