पूर्ब युबराज पारसलाई हृदयघात

अपडेट २ – पारसको अबस्थामा कुनै सुधार आएको खबर छैन, उनी बेहोसीकै अबस्थामा रहेको बताइएको छ । तर,  पूर्वयुवराज्ञी हिमानी शाहको थाईल्याण्ड जाने कार्यक्रम भने रद्द भएको छ पहिले जाने भने पनि अहिले आफ्नी कान्छी छोरी कृतिकाको अप्रेशन गर्नु परेकोले कार्यक्रम रद्द गर्नु परेको बताइएको छ । बिहान अकस्मात कृतिकाको एपिन्डक्सको अप्रेशन गर्नु परेकोले हिमानी बैंकक नजाने भएकी हुन् ।

अपडेट – छोरा पारसको स्वस्थअबस्था बिग्रे पछि पारिवारिक कामको लागि सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सिमराबाट काठमाण्डौ फर्केका छन् । भोली पहिलो उडानबाट पूर्बराजपरिवारको बैकक जाने तयारी पुरा गरिएको खबर छ ।

***

पूर्ब युबराज पारस शाहलाई आज हृदयघात भएको खबर आएको छ । हृदयघातको कारण अवस्था नाजुक रहेका पारसलाई थाइल्यान्डको राजधानी बैंकक स्थित समितिवेज अस्पतालमा भर्ना गरिएको छ ।

paras_shah_birgunj_file photo

पारस शाहको फाइल फोटो (बिरगंज)

राजसंस्थाको अन्त्य संगै सिंगापुर गएका पारस त्यहाँ सुरक्षा खतरा महशुस गरेपछि थाइल्याण्ड बस्न थालेका थिए ।  राजसंस्थाको अन्त्य पछिको धेरै जसो समय सिंगापुर र थाइल्यान्डमा नै बिताउदै आएका थिए। नेपालमा रहंदा बेला बेलामा बिबादमा परिरहने पारस त्यहाँ पनि लागू पदार्थ सहित भेटिएको आरोपमा मुद्दा पनि खेपेका थिए । उनले सन २०१२को अन्त्यमा आँफू असुरक्षित भएको भन्दै सुरक्षाको खोजी गर्दै नेपाली दुताबासलाई पत्रपनि लेखेका थिए ।

पारसलाई पाँच वर्षअघि पनि हृदयघात भएको थियो । नेपालमा नै हुँदा भएको सो हृदयघात पछि नर्भिक अस्पतालमा भर्ना हुनु परेको थियो । थाइल्याण्डमा रहंदा एक थाई युबतीसंग अफेयर चलेको हल्ला पनि चलेको थियो । लागु पदार्थ सहित पक्राउ पर्दा पनि उनी थाई युबती संगै एक होटलको कोठामा बसिरहेका थिए ।

हृदयघातको कारण चिन्ताजनक अबस्थामा पुगेका पारसलाई भेट्न पूर्व युवराज्ञी हिमानी भोली बुधबार थाइल्यान्ड तर्फ जाने तयारी हुँदै गरेको खबर पनि आएको छ ।

मानबताको नाताले, एक्स नेपाली परिवार पारस शाहको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

4 thoughts on “पूर्ब युबराज पारसलाई हृदयघात

Leave a Reply

Your email address will not be published. Required fields are marked *