फिल्म नचल्नुमा दर्शकको दोष ?

नेपालका एक निर्देशक ले नेपाली दर्शकहरुले राम्रा फिल्म नहेर्नु उनीहरुको दोष भनेका रहेछन | उनको भनाइ जस्ताको तस्तै:

राम्रा फिल्महरु कमै बन्छन, यो मेकर हरुको दोष हो … कति राम्रा फिल्म हरु पनि चल्दैन्, यो दर्शक हरुको दोष हो … !

ramra film

अब निर्देशकले कुन राम्रो कुन नराम्रो भनेर छुट्याउन सक्ने भए त नराम्रो फिल्म बन्ने नै थिएनन् होला नि, होइन र निर्देशक साप ?

राम्रो फिल्म त्यही हो जसलाई दर्शक ले मन पराउछन | उनीहरु लाइ निर्देशक वा अरु कुनै मानिसले कति मेहनत गरेको छ, कुन कुन प्रविधि प्रयोग गरेको छ, कति खर्च गरेको छ … आदि केहि मतलब हुदैन | फिल्म हेर्दा आउने सन्तोषले नै फिल्म को सफलता र असफलता निर्धारण गर्दछ |

फिल्मलाइ गरिने प्रचार प्रसार, रिलिजको समय आदि कुराले फिल्म को लोकप्रियतामा पक्कै पनि फरक पर्छ | तर यदी फिल्म अब्बल दर्जाको छ (अतिनै राम्रो) भने बिस्तारै एक कान दुई कान मैदान भएर आफैँ प्रचार प्रसार हुन्छ र दर्शकले ढिलो चाडो नहेरी छोडदैनन् | तर त्यस्ता फिल्म अतिनै कम बन्छन |

नेपाली फिल्म बजारमा धेरै नराम्रा फिल्म बन्ने हुनाले “ठिकै राम्रा” फिल्महरुलाइ पनि “राम्रो” फिल्म भन्नु पर्ने बाध्यता छ | त्यसैले त्यस्ता “राम्रा” फिल्महरु प्रोड्युसर, वितरकको कमी कमजोरी का कारणले कहिले काँही नचल्न पनि सक्छन | तर, यस्तो अबस्थामा पनि दर्शक लाइ दोष दिन भने मिल्दैन |

दर्शकहरुलाई  फिल्म राम्रो छ भनेर बिश्वास दिलाउन नसक्ने फिल्म बनाउने मानिसहरुको कमजोरी को दोष दर्शक लाई किन ? जब सम्म अरुलाई दोष दिने चलन हट्दैन तब सम्म राम्रा चलचित्र बनेनन भनेर गुनासो गर्ने ठाउँ पनि रहदैन |

4 thoughts on “फिल्म नचल्नुमा दर्शकको दोष ?

  1. aja 21 so shatabdi ho.ajha pani hamra nirdeshak haru le hijo kai jasto mukhiya ra malik/bhahun ra damai jasta sana tina kura lai matra sametera flim banaune ani drashak haru lai nai dosh dine kasto bebukuf hai.flim tulanatmak hunu paryo.aja ko priwartan bujhanu paryo,ani to anusar flim banu paryo ani autometic flim chal chha hoina ra ?

Leave a Reply

Your email address will not be published.