पूर्वयुवराज पारस शाहको होस खुल्यो

हृदयघात भए पछि बेहोसीकै अबस्थामा पुगेका नेपाली पूर्वयुवराज पारस शाहको १२दिनपछि होस् खुलेको छ ।   हृदयघातको कारण अवस्था नाजुक भए पछि बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पारसको यही शनिबार अस्पतालले प्रेस रिलिज गरेर होस खुलेको जानकारी गराएको हो ।

paras health improvement
पारसको स्वस्थस्थितिमा सुधार आएपछि पूर्वराजपरिवारका सदस्यहरु पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल,पारसपत्नी हिमानी र उनका तीनैजना छोरा छोरीले उनलाई भेटेका छन् । पारसको  पुरै होस आएर कुरा गर्न र आफैं पानी पनि पिउन थालेको समाचार छ ।

One thought on “पूर्वयुवराज पारस शाहको होस खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *