पारस अस्पतालबाट घर गए

हृदयघात भएपछि १२दिन बेहोस भएर बैंककस्थित समितिभेज अस्पताल रहेका नेपालका पूर्व युवराज पारस शाह अहिले घर जान सक्ने भएका छन् । होस् खुलेको २४ दिन पछि, यही बिहीबार उनले अस्पतालबाट बिदा पाएको कुरा उनका सहयोगी सुनिल खड्काको बताएका हुन् । 

Paras-Shah_hospital bed - healthy

पारसको स्वास्थ उपचारमा संलग्न पूर्व राजा ज्ञानेन्द्र शाह र पारसकी पत्नी हिमानी भने अर्को हप्ता नेपाल फर्कदै छन् भने पारसको नेपाल फर्कने कुनै टुंगो छैन । उपचारमा संलग्न चिकित्सकहरुको सुझाबमा यात्रा गर्न उपयुक्त देखिएमा नेपाल जान सक्ने सम्भाबना भए पनि अहिले भने तेस्तो कुनै तयारी गरिएको छैन ।

सुनिल खड्काले खिचेर सार्बजनिक गरेको माथि राखिएको फोटोमा पारस स्वस्थ र तन्दुरुस्त देखिएका छन् ।

One thought on “पारस अस्पतालबाट घर गए

Leave a Reply

Your email address will not be published. Required fields are marked *