ऋषि धमलाको बिबाह र ६ सचित्र धमला किस्सा

आज पत्रकारको ऋषी धमलाको बिबाह हुदैछ । रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको ऋषी धमला एक अचम्मका मान्छे हुन । पत्रकारिता सम्बन्धी कुनै औपचारिक प्रशिक्षण नलिएका र उच्चशिक्षा पनि नलिएका धमला नेपालका सबै भन्दा प्रभाबशाली पत्रकार भनिदिंदा पनि केहि फरक पर्दैन ।

यस्ता पत्रकारलाई बिबाह र सुखद दाम्पत्यको शुभकामना !

rishi dhamala wiferishi engagement

आज पत्रकार धमलाको बिबाहको उपलक्षमा अर्का पत्रकार प्रकाश तिमिल्सिनाले धमलाको बारेमा चलेका किस्साहरुको संग्रह गर्नु भएको छ । "किस्साहरुमा सत्यता हुनै पर्छ भन्ने छैन … किस्साहरु थपथाप पारिएका हुन्छन ।" भन्दै प्रकाशले आफ्नो बचाउ गर्दै यी किस्साहरु उनको ब्यक्तिगत ब्लगमा प्रस्तुत गरेका हुन् ।

पत्रकारको ऋषी धमला पत्रकार मात्र नभएर एक सेलिव्रेटी पनि हुन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर उही रफतारमा खटिरहेका हुन्छन ।

धमलाका बाइलाइन र अन्तवार्ता कयौं रेडियो टेलिभिजन र पत्रिकामा पढ्न सुन्न र देख्न पाइन्छ । उनले सिंहदरवार देखी शितल निवास, बालुवाटार देखी बल्खु, सानेपा, पेरिसडाँडा सबै तिर जान पनि भ्याउछन् भने रिर्पोटस क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता ठाउँमा नियमित रूपमा बाइलाइन र अन्तवार्ता प्रकाशित गर्न पनि भ्याएकै हुन्छन ।

उनलाई मन नपराउने र मन पराउने दुवै थरीका मानिसहरु उत्तिकै छन् नेपालमा । तर पनि, उनले जुन सुकै नेतालाई पनि बोलाएर ‘साक्षात्कार’ गर्न सक्छन र उनले खोजे पछि नमिल्ने कुनै नेता नेपालमा छैनन् पनि भनिन्छ ।

पहिलो किस्सा– हाल राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल दशैमा टिका लगाउन गाउँ गएका थिए रे । मुलुकका प्रमुख राष्ट्रपतिका प्रेस सल्लाहकार कम सानो पद होइन, र गर्बको कुरा पनि हो त्यो पद आफैमा । तर, दाहालकी आमाले टिका निधारमा लगाउँदै राजेन्द्र दाईलाई भनिन रे, ‘छोरा ऋषी धमला जस्तै ठुलो पत्रकार बन्नु र राम्रो गर्नु है ।’ त्यसपछि राजेन्द्र दाई फ्ल्याट ।

dashain_tika

दोस्रो किस्सा– एक दिन ऋषीजी चितवन नारायणगढ गएका थिए रे, पुल्चोक भन्दा एक किलोमिटर परको होटेलमा बास बसेछन् । बिहान सातै बजे, पुल्चौक नजिक कार्यक्रम राखिएको थियो तर समयमा ऋषी आएनन् । उनलाई फोन गरियो, जतिखेर पनि "आउँदैछु" भन्ने जवाफ मात्र आउने । आयोजकलाई हैरान, एक छिन पछि ऋषीको ड्राईभरले गाडी ल्यायो । तर, गाडीमा भने ऋषी छैनन् । ‘खोइ त ऋषी ?’ भनेर ड्राईभरलाई सोधियो, उनले जवाफ दिए, ‘मलाई जानु भन्नु भयो तर उहाँ आउनु भएन’ लौ फसाद फेरी दा-ही नकाटी ऋषी कहि हिडने होइन, ऋषी, यो कुरा थाहा पाएकाले दा-ही काटदै होलान भनेर चित्त पनि वुझाए । यता बाट फोन गएको गइछ, उतावाट जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ आएको आएछ । तर, आउने चाँही कहिल्यै होइन् ।

swagat in narayangadh

असाध्यै ग-यो भनेर एकजना मानिस ऋषीलाई लिन गए । तर, जब ऋषीलाई देखे, तब उ दंग मात्रै परेन, तीन छक नै खायो । कुरा के रहेछ भने, ऋषि त पैदलै होटल देखी नै हिडेर कार्यक्रम स्थल तिर आइरहेका रहेछन् । बाटोमा त ‘नमस्कार नमस्कार’ गर्दै हिडिरहेका रहेछन । बाटोमा फलफुल बेच्ने, रिक्सा चलाउने, ठेला ठेल्ने मात्रै होइन, बाटोमा भेटिएका सबै ‘ओ हो, ऋषि दाई’ भन्दै बोलाउँदा रहेछन, ऋषि मुसुक्क हाँसेर ‘ठिक ठिक छ’ भन्दै हात हल्लाउँदा पो रहेछन् । हे भगवान !!!

तेस्रो किस्सा– डिल्लीबजारमा रहेको ध्रुवको पुस्तक पसलमा ऋषि पत्रिका हेर्न जाने, सबै पत्रिका हेर्ने तर किन्ने बेला चाँही अंग्रेजी टाइम म्यागजिन किन्ने । अ्रगेजी जान्दै नजान्ने ऋषिले टाइम म्यागजिन किनेको देखेर एकजना अंग्रेजीका धुरन्धर राजिब आचार्यले केही दिन त त्यो दृश्य हेरिरहे र चुपचाप नै बसे । तर, संधै टाइम म्यागजिन, त्यो नभए अर्को अंग्रेजी पत्रिका किनेको देखेर उनलाई पनि झोक चलेछ र एक दिन सोधेछन्– ओ ऋषी तँ एबीसीडि त जान्दछस् नी ?’ ऋषीले पनि टाइम म्यागजिन पछाडी खल्तिमा हाल्दै भनेछन, ‘सानो एबिसीडि सोधेको कि ठुलो एबीसीडी, जुन सोध त्यही फरर भनिदिन्छु ?’

reading time magazine

चौथो किस्सा– माधव नेपाल प्रधानमन्त्री भए लगत्तै भारत भ्रमणमा निस्किए । र, सँगसँगै ऋषि पनि गएका थिए । दिल्लीवाट पत्रकारलाई फोन गरेर समाचार दिने उनै थिए, उनी कसैलाई पनि भेदभाव पनि गर्दैनन् र मागे पछि दिन मिल्ने जति समाचार दिन्छन् । तर, उनको सर्त हुन्छ, मेरो नाम चाँही छुटनु हुदैनी नि । उनले एकजना सम्पादकलाई फोन गरेर दिल्लीवाट भने– ‘दाई म त सुजताको कोठमा नै रात बिताए नि ? भारतले मलाई यति धेरै ठुलो सम्मान ग-यो, अब यसलाई जसरी पनि न्युज बनाइ दिनु होला ।’ लौ खत्तम ! उपप्रधानमन्त्री सुजताको कोठामा रातभर ऋषि धमला । यो कुरा सुनेर नेपालमा भने हल्ला खल्ला ।

पछि कुरा वुझ्दै जाँदा उनले सही नै कुरा दिएका हुन् तर यता भने अनर्थ लाग्यो । भएको के रहेछ भने, प्रधानमन्त्री माधव नेपालसँग सवारी मन्त्रीको रुपमा त्यो बेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेकी सुजता कोइराला गई दिइनन्, उनी नगए पछि उनका लागि तयार पारिएको कोठा स्वभाविक रुपमा खाली हुन गइहाल्यो । सोही खाली कोठा नै ऋषिलाई दिइएको पो रहेछ ।

sujata--rishi-dhamala-devendra-poudel
पाँचौ किस्सा– धादिङ घर जाँदा लगनको समय भन्दा अन्य समयमा दमाहा, सनही बज्यो भने मानिसहरुले थाहा पाइहाल्छन कि आज गाउँमा ऋषि आएको छ भन्ने !  कुरा के हुन्छ रे भने, ऋषि गाउँ पुग्नु भन्दा अघि नै गाउँमा रहेका दमाहा, सनाही बजाउनेहरुलाई बोलाउँदा रहेछन, उनी त्यही दमाहा र सनाहीको तालमा नाच्दै नाच्दै घर जान्छन रे । यसरी दमाहा, सनाही बजाए पछि उनीहरुलाई मनग्गे खल्ती भरिदिन्छन रे पनि । त्यसैले पनि गाउँका दमाहा, सनही बजाउनेहरु ऋषी नआउँदा बिरानो मान्दा रहेछन । कतिखेर ऋषी गाउँ आउला भनेर उनीहरु अझै पनि बाटो ढुकेर बस्छन रे ?

panche baja in nepal

छैटो किस्सा– भर्खरै भर्खरै रिर्पोटस क्लब खोलिएको थियो । एमालेमा महाकाली सन्धीको बिषयलाई लिएर तीब्र बिबाद भइरहेको थियो । ऋषीलाई तत्कालिन महासचिव माधव नेपाललाई बोलाउन मन लागेछ । अनि, कोटेश्वर स्थित नेपाल निबास पुगेछन र भनेछन– ‘हजुर भोली रिर्पोटस क्लबमा आई दिनु प-यो, नेपाली जनता महाकाली सन्धीका बारेमा वुझ्न चाहान्छन् ।’ छलफल र तनावमा रहेका माधव नेपालले "पछि कुरा गरौला, अहिले बाहिर बस्दै गर्नुहोला" पछि ऋषि बाहिर निस्केर कुरेर बसेछन् । बाहिर ऋषि कुर्ने र भित्रवाट नेपाल ननिस्कने । झमझम पानी परिरहेको थियो, त्यो दिन् । यता नेपालले पनि छलफल र कुरा सके पछि खाना खाइवरी सुत्न लागेछन् । तर, सुत्नु अघि संयोगबस बार्दलीमा पुगेका नेपालले बाटोमा एउटा मानिस रुभ्दै बसेको देखे पछि को हो त्यो रुझेर बस्ने ? भनि वुझ्न लाएछन । तर, त्यसरी राती ११ बजेसम्म रुझदै बस्ने त उनै ऋषि धमला पो रहेछन । अनि नेपालले ऋषिलाई बोलाएछन र सोधेछन्– ‘किन यति रातीसम्म बाहिर रुझेर बस्नु भएको ?’ ऋषिले भनेछन, ‘तपाईले भोली रिर्पोटस क्लबमा आउने समय फिक्स गर्छु भन्नु भएको थियो, त्यसैले तपाईको जवाफ कुरेर बसेको हुँ?’ नेपालले ‘लौ मैले त भुसुक्कै विर्सेछु’ भनेछन् । रातभरी रुझेर समय माग गर्नका लागि कष्टपुर्ण प्रतिक्षा गरेको दृश्य देखे पछि त्यो दिन देखी नेपालले ऋषिको कुरा कहिल्यै काटदैनन रे ? ऋषिले बोलाए पछि नेपाल जहाँ पनि जान्छन रे ।

madhav nepal and rishi dhamala

त्यसैले पनि होला, पत्रकार महासंघले बरु शिर्ष नेता, कलाकार, राजनीतिक मानिसलाई बोलाउन सक्दैन, तर ऋषि एक्लैले भने सबैलाई बोलाउन सक्छन । नेताहरु अरुले बोलाएको कार्यक्रममा जादैनन तर रिर्पोटस क्लबमा गएर बोल्न पाउँदा संसारै जिते जति जस्तै गरी भाषण दिन्छन् । ऋषि पत्रकार, राजनीतिक खेलाडी सबै हुन । भलै, उनलाई मन नपराउनेहरुले उनका आलोचना गरिरहन्छन तर ‘काग कराउँदैछ, पीना सुक्दैछ’ भने झै गरी ऋषि भने खटिरहन्छन् । यो उनको सुन्दर पक्ष हो ।

4 thoughts on “ऋषि धमलाको बिबाह र ६ सचित्र धमला किस्सा

  1. सपै नेपाली जनता ऋषि धमला जस्तै बन्न सके नेपाल बन्थ्यो कि

  2. really the Hardworking Person. In his own marriage day, all the guests are around his home but from the early morning he was not at his home. Many people dont know about it. We are making lots of cal to him, but his reply was always – Coming — Coming… but It was late to go . Finally He came with smile and Namaste… we asked him where were you, He replied with a smile — maile ta birsechhu mero bihe vanne kura, ma ta Radio ma thiye …………………. he he

Leave a Reply

Your email address will not be published.