पूर्व राजा ज्ञानेन्द्रको स्वागत गर्न बनाएको गेट तोडफोड

सप्तरीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भनेर बनाइएक स्वागतद्वारलाई तोडफोड गरेर आगो लगाइएको समाचार प्राप्त भएको छ । तराईका बिभिन्न जिल्लामा भ्रमण गर्ने उद्देश्यले राजा ज्ञानेन्द्र शाह अहिले तराइमा छन् भने नेविसंघ, मधेशी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अनेरास्ववियु, अनेरास्ववियुक्रान्तिकारी आदि बिध्यार्थी संगठनहरुले  उनलाई सप्तरीमा प्रवेश गर्न नदिने उद्देश्यले एक दर्जन जति स्वागतद्वार तोडफोडगरी आगजनी गरेका हुन ।

saptari

यसरी बिध्यार्थीहरुको बिरोधका बीच पूर्बराजाको  सप्तरी भ्रमण अन्योलमा परेको छ । ज्ञानेन्द्रको भ्रमण आयोजक समितिका पदाधिकारीहरु समेत सम्पर्क बिहिन भएको कारणले पूर्व राजा शाह सप्तरी भ्रमणको सम्भाबना न्यून रहेको बताइन्छ ।

http://www.youtube.com/watch?v=1BtvmNdMY-8

Leave a Reply

Your email address will not be published.