‘रामबाद’ बिरुद्धको युद्धमा ‘राम’

यो शिर्षक लाइ यसरि पनि पढ्न सकिन्छ: “बाहुनबाद” बिरुद्धको युद्धमा “बाहुन”

brahmin1 म बाहुन कसरि भएँ भन्ने एउटा लामो कथा छ | हाम्रो पुरातन समाजमा, मेरो बाहुन बाबुले मेरि नेवार आमा संग बिहे गर्नुभो, ३० को दशकमा | सो बिवाहलाइ समाजले मान्यता दिन नसकेको भएर गाउँबाट भागेका दुवै जना बाहुन को रुपमा नयाँ ठाउँमा नयाँ जिवन शुरु गर्नुभो |

त्यस हिसाबले मा “बाहुन पिडित” बाहुन हुन गएँ | एक त मेरा बाको परिवार (बाहुन) ले घरमा बस्न नदिएर भाग्नु परेको अर्को आमाको नेवार परिवार पनि खासै सहयोगि हुन नसकेको कारण मैले मेरा बाल्यकालमा हजुरबा हजुरआमा भनेको त साथिहरुको मात्र हुन्छ भन्ने बिश्वास गरेर बिताएँ | मेरा बाबुले पनि मेरि आमाको जन्मसिद्द नेवार हुनुको अधिकार खोसेर उहाँलाई बाहुन बनाइदिनु भयो (उहाँ आफैँ नेवार हुन पनि सक्नुहुन्थ्यों, हुनु भएन) | मेरि आमा त मेरो बाबुको अन्धभक्त हुनुहुन्छ र मैले एस्तो कुरा उहाँको अघाडि गरें भने कुटाई खान्छु तर, यहि सत्य हो |

जब मैले फेसबुकमा “बाहुनबाद” बिरुद्धमा कुर्लि कुर्लि बैचारिक युद्धको आब्हन् भएको सुने, म बाहुन हुनुमा मेरो ठूलै गल्ति भएको हो कि भन्ने शंका लाग्यो | म जानि बुझि बाहुन भएको पनि हैन, र संसारमा कुनै यस्तो यन्त्र पनि छैन जसले म बाहुन भए नभएको जाँच गर्न सकोस (के म साँच्चै बाहुन हुँ त?) | अब, मेरो बिरुद्धमा किन बैचारिक युद्धको आब्हन् हुदै छ, कौतुहलता लाग्नु स्वभाबिक पनि हो |

वहाँहरुको भनाइ पढे पछि चै केहि राहत मिल्यो :

image बाहुनलाइ त हैन रे ! ल बाँचियो |

तर, मान्छेको दिमाग त हो … नचाहिने कुरा खेल्न कहिले पो छोड्ने होला ?

बाहुनलाइ हैन भने “बाहुनबाद” चैँ किन नि ?

लौ पर्यो फसाद | सोध्ने कोहि थिएन, ति मित्र लाइ नै प्रश्न गरें | भोलि पल्ट त, न प्रश्न छ न उत्तर !  मेरो उत्तर खोज्ने प्रयास जारि रह्यो अन्त्यमा उनले पनि बुझाउने प्रयास गरे | खै मेरो बोधो बुद्धिले कसै गरे पनि “बाहुन” जोडिएको “बाद” को औचित्य ठम्याउनै सकेन |

ति मित्रको “किताब पढ्ने” सुझाब पनि कार्यान्वन गर्न् सकिएन | तर केहि लेखहरुले भने केहि भन्न खोजेको हो कि जस्तो लाग्यो |

पहिलो त दिनेश वाग्ले ले कान्तिपुरमा छापेको लेख मा जातियताको आधारमा कसैलाई पनि काखा वा पाखा गर्नु हुदैन भन्छन |

बाहुनवादको विरोध गर्दा किन सबै बाहुनलाई एउटै घानमा हाल्ने ?

यो कुरो त बाहुनबाद का हिमाएतिहरुले बुझि सकेका छन् | त्यसैले त “बाहुनलाइ हैन बाहुनबादलाइ” भनेर भनेको नि |

सबैलाई “बाहुनलाइ हैन बाहुनबादलाइ” नभनि सुख नै नहुने भो फेरि | यति लामो कुरो को सट्टा “बाहुन” नभएको एउटै शब्द प्रयोग गरौ न भनेको कसैले सुनेको जस्तो लागेन |

एक जना मित्रले बाहुनबाद लाइ अर्थ्याउने सिलसिलामा भनेको:

बाहुनबाद = सामन्ति सोच + जातिय संकिर्णता

मलाइ केहि भए पनि अलि चित्त बुझ्यो | तर अर्थ भित्र “बाहुन” को त गन्ध पनि छैन| अनि किन त “बाहुनबाद” ? मेरा, फेसबुक चलाउन जान्ने करिब ४ हजार मित्र मध्ये कसैले पनि उत्तर दिन् सक्नु भएन |

त्यसको त सजिलो समाधान छ :

सामन्ति सोच र जातिय संकिर्णता = सासोजा बाद

सासोजा भन्दा अलि राम्रो शब्द कसैले बनाइ दिनु भयो भने अति उत्तम, नत्र यो शब्द “बाहुनबाद” भन्दा त बढि नै मानिसहरुलाइ समेट्ने र सबैले मान्न हिच्किचाउनु नपर्ने शब्द हुन्छ नि |

जब सम्म मन सफा हुदैन यि कुरा गरेर केहि हुनेवाला छैन | एकजना बाहुन मित्रले राइ मित्र लाइ साकेलाको शुभकामना दिएछन, फेसबुकमा | ति राइ मित्रको उत्तर हेर्नुहोस् तल | अब, फेसबुकमा दिएको शुभकामनामा मन कसरि अमिलो देखियो होला? कि आफ्नै मन अमिलो हुनु पर्यो …

image

[बाहुनबाद को पक्ष र बिपक्ष को बिवाद दोश्रो सन्धर्ब सामाग्रिमा राम्रो संग दिएको छ | यो बारेमा थप लेख्दै गरुला |]

सन्धर्ब सामाग्रि:

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 23, 2015)

3 thoughts on “‘रामबाद’ बिरुद्धको युद्धमा ‘राम’

  1. तपाईं को पूर्ण जवाफ दिने कोशीस मैले गरे भने तपाईं को लेख भन्दा मेरो कमेन्ट लामो हुने हुन्छ । छोटकरी मा संकेत सम्म गर्ने प्रयास गर्ने छु ।

    नाम मा के छ?
    सामान्यतय: नाम अरु ले राखी दिन्छ । तर अरु ले रखी दिएको नाम मन परेन भने हामी आँफै आफ्नो नाम राख्छौ । हुन त यो जरुरी पनि छैन कि मैले मेरो नाम अफुले राख्दै मा सबैले मलाई त्यही नाम ले चिनुन । तर पनि सबैलाई आफुले नै राखेको नाम बा आफ्ना प्रियजन ले राखिदिएको नाम प्यारो लाग्छ । यो बाहुन शब्द सँस्क्रित शब्द ब्राह्मण बाट आयो । हिन्दू धर्म का सुरुबती ग्रन्थ हरु जस्ले लेखे उनी र उनका नजिक का नातेदार र उनी जस्तै जिबन शैली, सामाजिक हैसियत भएका ज्ञानी ब्यक्तिको समाज नै ब्राह्मण हुन । यो आँफै ले आफ्नो लागि छानेर राखेको नाम भएको ले उनी हरु लाई स्वाभाबिक रुप मा प्रिय हुने अनुमान लाउन सकिन्छ । तर उनी हरु का दर-सन्तानहरुलाई यो नाम स्विकर्न वाध्य छैनन । कतीपयले मातापिता द्वार रखिएको नाम परिवर्तन पनि गरेका छन । तर जसलाई त्यो नामको अर्थ र नाम राख्ने उद्देश्य प्यारो लागेको छ । उसले त्यो नाम परिवर्तन गर्ने सोच्न पनि सक्दैन ।

    जे होस् तपाईं को खटपटी देखेर ६००० बर्ष देखी बलेको जातिय उत्पिडनको आगो झिल्को चै कस्तो थियो होला भन्ने अनुमान लाउन सहयोग मिलेको छ । ति जलिरहेको जाती ले के सम्म उत्पात सोच्दोहो भन्ने सोचेर मलाई पनि खुब पिर परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *