फिल्मकर्मीको होली – फोटो फिचर

फिल्मकर्मीले यो बर्षको होली पनि  रमाइलो गरेर मनाए। अघिल्ला बर्ष जस्तै यो बर्ष पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरी निवासमा होली मनाउन बिशेष कार्यक्रम गरिएको थियो जसमा धेरै कलाकारहरूको उपस्थिति रहेको थियो । बिहान ११ बजेदेखि सुरु भएको सो कार्यक्रममा गौरी मल्ल, रमेश उप्रेती, राजेश हमाल, कृष्ण मल्ल, शर्मिला मल्ल, शिव श्रेष्ठ, अशोक शर्मा, संचिता लुइँटेल, अरुणिमा लम्साल, झरना थापा, निर्मल शर्मा, दिलिप रायमाझी, मेलिना मानन्धर, मुकेश ढकाल, नन्दिता केसी, सौजन्य सुब्बा, सुमिना घिमिरे, सुस्मा कार्की, नीता ढुङ्गाना, अशिष्मा नकर्मी, हर्षिका श्रेष्ठ, अनुप बराल, सौगात मल्ल, दिया मास्के, सुरज सुब्बा आदि कलाकारहरु उपस्थित थिए ।

rajesh hamal with actresses sushma karki

करिष्माले राजेश हमाल लगाएत सबैलाई रंग दलेर स्वागत गरिन् । कलाकारहरुले नाचगानमा पनि सहभागी भएका थिए ।

होलीको दिन संधै जस्तो करिश्माका श्रीमान बिनोद मानन्धरको जन्मदिन पनि केक काटेर मनाइयो । होलि कार्यक्रम सकिए पछि बेलुका विनोदले आफ्नी छोरी कबिता मानान्धरले अमेरिका बाट अर्डर गरेको केक पनि काटेका थिए ।

sabin shrestha and jenisha kc 2 - adhi bato unit

अभिनेत्री रेखा थापाले सुदुरपश्चिमको महेन्द्रनगरमा ‘हिम्मतवाली’को टिम संग होलि खेलिन भने चैत २१ गते रिलिज हुने फिल्म ‘आधी बाटो’को युनिट मा पनि होली खेलियो । उक्त समारोहमा फिल्म निर्देशक सविर श्रेष्ठ, निर्माता रमेश त्वयना का साथ फिल्मका कलाकार यश कुमार, जेनिशा केसी, अनु शाह, सबिन श्रेष्ठ आदि उपस्थित थिए ।

sushma karki - holi

यही शुक्रबार (चैत ७) बाट प्रदर्शन शुरू हुने ‘फिटकिरी’को युनिटले पनि रंग पत्रकारको एक टोलीलाई होली खेल्न एउटा सबारी साधनको व्यवस्था गरेको थियो । सो पत्रकारको टोली ‘फिटकिरी’ युनिटसँग होली मनाए पछि करिश्माको घरमा भएको होलिमा गएको थियो ।

neeta dhungana anu shah and harshika shrestha

निर्माता छवि ओझाले पनि आफ्नो कार्यालय नमस्ते नेपाल कार्यालयमा अघिल्ला बर्ष झै होली मनाए । रेखा थापाले ‘हिम्मतवाली’ फिल्म बाट निकालेका निर्देशक श्याम भट्टराइ पनि छबी संग होली खेल्न पुगेका थिए ।

अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो रेस्टुरेन्ट एटिक क्याफे लाजिम्पाटमा आफ्ना साथीहरुसँग होली मनाइन् ।

reema bishowkarma

मण्डला नाटकघरमा पनि नाटकघरका कलाकारले होली खेले ।

भर्खरै निर्माण शुरु भएको फिल्म ‘श्री ५ अम्बरे’को फिल्म युनिटले होली मनायो ।

shree 5 ambare team

पाल्पामा छायाँकन भइ रहेको अर्को फिल्म ‘प्रवास’को युनिटले पनि सुटिङ स्थलमा नै होली खेलेको समाचार छ ।

sumina ghimire