अलबिदा प्रचण्ड पुत्री ज्ञानु केसी दाहाल

स्तन क्यान्सरसंग लड्न नसकेर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसीको यही बिहीबार बिहान निधन भयो । देशनै हल्लाउन सक्ने पार्टीका शिर्ष नेताले लामो समयसम्म  मुम्बई, दिल्ली र अमेरिकामा उपचार गराउँदा पनि आफ्नी ४० वर्षीय छोरीको ज्यान बचाउन सक्नु भएन ।

gyanu kc - last rituals 1

२१ वर्ष पहिले अर्जुन केसीसँग बिवाह गरेर दुई छोरीकी आमा बनेकीज्ञानु केसीको जेठी छोरीको बिवाह भइ सकेको छ ।

बिदेशमा गरिएका स्वस्थ उपाचारहरु बाट कुनै राहत नमिले पछि ज्ञानुलाई केही हप्ताअघि मात्रै काठमाडौं ल्याइएको थियो। ओम अस्पतालमा उपचार गर्दै गर्दा उनको स्वास्थ्य झन बिग्रिएपछि बुधबार बेलुका घर लगिएको थियो र बिहीबार बिहान उनको घरमै निधन भएको थियो।

बिहीबार दिउसो आर्यघाट मा गरिएको अन्तिम संस्कारमा बिभिन्न पार्टिका नेता तथा सर्वसाधारणहरु जम्मा भएका थिए । बाऊ प्रचण्ड, आमा सीता पौडेल र उनका भाइ प्रकाश दाहाल लगाएत आफन्तहरुले उनलाई भाबपूर्ण बिदाइ गरेका फोटो हरु निम्न छन् :

gyanu kc - carried to aryaghat

gyanu kc - crowd in aryaghat

gyanu kc 1

Some more photos of sad family members:

prachanda daughter death

prachanda daughter death - farewell

Leave a Reply

Your email address will not be published. Required fields are marked *