बिन्दु परियार – यो हो मेरो सच्चा कहानि

बिन्दुले यो मेसेज हेम्जाको एउटा क्लबलाइ दिएको बताइएको छ  (फोटाहरु भने हामिले थपेका हौँ) ।आजकाल बिन्दुले स्ट्रिप डान्स गर्न छोडेर एउटा रेस्टुराँमा काम गर्न थालेकि छिन । हामिले यो लेख प्राप्त गर्नु अघि पोस्ट गरिएको यो पेजमा बिन्दुका अरु फोटाहरु छन्

***

म बिन्दु परियार , अहिले निकै चर्चाको बिषयमा छु भन्दा केहि फरक नपर्ला । अहिले सम्म मिडियामा जे जस्तो मेरो बारेमा कुरा आए पनि मलाइ त्यसको मतलब छैन । हुन पनि मैले यहाँ अमेरिकामा गरेको काम नेपालि सोसाइटिमा नपच्ला र पच्दैन पनि । अब चर्चाकै चासो र मानिसहरुका खुल्दुलिका लागि यो म्यासेज दिन जरुरि ठान्दछु । पढ्ने बुझ्ने यदि नेपालमा जन्मेका छौ र आमाको दुध पिएका छौ भने यो कुरा अवस्य बुझ्ने छौ । मेरो अमेरिकाबाट सबै जनालाई अब आउने दशै र तिहार को शुभकामना ।

फोटो: सन् १९९८ मा बिन्दु (रातो टोपि लाउने फुच्चि नानि), उनकि आमा र टम सेवेल

म धौलागिरि बोर्डइङ स्कुल बाट S.L.C र ज्ञानुबाबा बाट १२ क्लस उतृण गरि अहिले अमेरिका छु । हो मिडियामा आएको केहि कुरा ठिक पनि छ तर सबै हैन । हेमजा मेरो घर हो । बिष्णु पादुका स्कुल मेरो जिवनको दोस्रो स्कुल हो । पोखराको राम बाराहि स्कुल बाट बिष्णु पादुकामा गए , त्यहाँ मैले ३ क्लस पास गरेपछि मेरो सानु बाउ, जुन आहिले मेरो श्रीमान भनेर चर्चामा छन तेसैले मलाई धौलागिरि बोर्डइङ स्कुलमा पढएको हो । मैले १२ पास गरे पनि मलाइ मिडिया ले S.L.C समेत उतिर्ण नगरेको भन्दा हासो लाग्यो र कता कता रिस पनि, नेपालमा मैले जस्तो लुगा लगएर हिडेपनि, मलाई नराम्रो नजरले हेरे पनि मेरो घर मा आएको मानिसहरुले मलाई म कस्तो खाले केटि हो भन्ने भुझेको छ । मेरो बारेमा मिडियामा आएको कुरा सबै ठीक हैन । हो अमेरिकामा मैले Strip क्लब मा काम गरेको हो र बैश हुने बेला सम्म गर्छु । यो डान्स नेपालमा सायद कुनै जिवनमा पनि गर्न नसकिएला र गर्न पनि नपरोस । हो मैले सेक्स पनि गरेको हो जुन अमेरिका मा लिगल छ यो कुरा नेपालमा सबैलाई थाहा छ । म कुनै नेता वा मन्त्रि होइन भाषण दिनलाइ र दिन पनि चाहन्न ।

अब कुरा गरौ म अमेरिका कसरि आए भन्नु पर्दा मेरो भाग्य नै होला । मान्छे अमेरिका आउन मात्रै पाए भन्ने कतिले सोच्छन यो कुराम म १००% छु । कुरा के हो भन्दा म यहाँ झुठो आश्वसनमा आए । मेरो सानो बाउ भन्ने मान्छे मेरो सानि आमाको एक्स(ex) बुढो हो । सानि आमासँग ११ वर्ष बसेपछि मेरो दिदि पर्ने सिता परियारलाई ल्यायो !  त्यो बेला दिदी जम्मा १७ वर्षको हुनुहुन्थ्यो । लगेर यहाँ Tom Sewell ले दिदिलाई क्लब मा नचाउन पुरायो । हामी नेपालीलाई त के थाहा हुन्छ र नेपाल मा त छैन Strip क्लब । हुन त आजभोलि बार मा डान्स गरेर आफ्नो जिवन चलाउने दिदिबहिनिहरुलाई त भालु, रन्डि भन्छन भने म त यस्तो क्लब मा काम गरे जहाँ डान्स मात्र नभएर आफुले लगाएको कपडा पनि खोल्नु पर्ने हुन्थ्यो । कारण थियो तेही Tom Sewell । मेरो १२ सम्म पढाउने खर्च त्यसले नै दिएको थियो जुन मेरो लागि राम्रो थियो । अमेरिका आएर राम्रो लाईफ बनाउने कस्को इच्छा हुँदैन र ? त्यसैले मलाई यहाँ ल्याइयो । आएपछि मैले यहाँ स्कुल गए र GED पास गरे जुन नेपालको +२ जस्तै हो । नर्सिङ पढ्ने इच्छा थियो नेपालमा र त्यहाँ पनि त्यो पुरा हुन सकेन ।Tom ले नै यहाँ अमेरिका मा पढ्औछु भनेर Strip क्लब मा नचाउन बाध्य बनाको हो ।

त्यो क्लब मा काम गर्नु यहाँ ठुलो कुरा हैन तर काम सजिलो छैन । हो यदि राम्रो शरिर र जवनि छ, बोल्न जान्ने छ भने २-४ महिनामा नै करोडपति भाइन्छ ।Tom ले मलाइ अमेरिका आउँदा लागेको खर्च र नेपाल मा हुँदा पढ्आएको खर्छ समेत गरेर ५०,००० । (पचास हजार्) U.S डल्लर माग्यो र नदिए ज्यान मार्ने धम्कि समेत दियो । क्लब मा काम गर्दै जादा मैले कमाएको पैसा त्यसले खोस्न थाल्यो । मेरो म्यनेजरले क्लब मा नै पैसा जम्मा गर भनेर मैले त्यहाँ पैसा जम्मा गरेर मेरो परिवरलाई एउटा बस्ने बास बनाइदिए । मेरो लागि परिवार नै ठुलो हो । मान्छेले सोच्लान र प्रश्न गर्लान परिवार को बारेमा सोच्ने भए किन यस्तो गरिस भनेर ? त्यो सब घरि घरि भन्न नपर्ला । हो कमाएको पैसा बाट दिन मा २ सय जति जम्मा गरेर मेरो बाबा, आमा लाई बस्ने ठाउँ बनाइदिए । यति धनि भएको भए सायद मैले यस्तो काम गर्न नै पर्दैन थियो होला ।

Tom सँग अहिले कुनै सम्बन्ध छैन । मैले सेक्स भन्ने कुरा गरेको हो । नचाहदा नचाहादै भयो त मैले के गरम ? सेक्स अमेरिकामा इलिगल छैन । यहाँ जस्ले जती बेला गरे पनि कसैले केहि भन्दैन । सेक्स गरेर मैले १ रुपैया पाएको छैन र पाउ भन्ने आशा पनि राख्दिन । थाइल्यन्ड जादा बीच मा विकिनी लगाएको र पोल मा नाचेको फोटोहरु कुनै नौलो कुरा हैन र त्यस्तो फोटो छाप्ने केटि यो संसारमा म मात्र एक्लो हैन । आफु जुन देश मा छ त्यो देशको सन्कृति र रहनसहन मा बाच्न नजान्ने हो भने यहाँ दुख पाइन्छ । सेक्स यहाँ खुल्ला रुपले गर्छन र पोर्न फिल्म पनि धेरै बनेको छ । पाए र हुन सके पोर्न स्टार बन्नु मा पनि म पछि पर्दिन । जुन कामले तिमि संसारमा बाच्न सक्छौ र त्यस्ले तिमिलाइ खुशी दिन्छ त्यो काम तिमिले गर्दा कुनै फरक पर्दैन । यहाँ धेरै छन सेक्स गर्ने र पैसा कमाउनेहरु । मैले नेपाल मा नराम्रो काम केहि गरेको छैन र यहाँ पनि गरिन र गर्दिन पनि, यहाँ को काम जसरी चल्छ मैले त्यहि गरे ।

मान्छे डाक्टर्, पाइलट्, इनजिनियर बनेर के नै गर्छ र ? त्यहि पैसा कै लागि त हो । मैले मान्छे मारेको छैन, गल्ति गरेको छैन भने यो कुरालाई किन सगरमाथा भन्दा नि ठुलो बनाउन पर्छ  र ? हो थाहा छ नेपाल कि छोरि भएर यस्तो काम गर्न सुहाउदैन तर जुन काम ले तिम्रो बाबु आमालाई सुख हुन्छ त्यो काम गर्दा कुनै नराम्रो हुन्न । हल्लेर, चोरेर, ठगेर, अरुलाई मारेर खानु भन्दा त काम गरेर खानु बेस नि । मेरो कहाँनि भनेर कहिले सिध्धिन्न । अरुलाई यो मार्फत के भन्नु छ भने Tom मेरो बुढो हैन बुवा थियो र त्यो नमरुन्झेल बुवा नै हुनेछ । सेक्स भिडियोहरु मेरो जती पनि बनेका छन त्यो सबै Tom को जबर्जस्तिमा हो । Strip क्लब मा डान्स गर्नु मेरो रहर हैन बध्यता हो यो कुरा भनि राख्न पर्दैन ।

मैले धेरै थोरै कमाएको पैसा मैले मेरो बा, आमा र भाइहरुका लागि खर्छ गरेकि छु ।Tom ले गर्दा यो सबै हुन पुगेको हो । सिताको कुरा ल्यएर मेरो कुरामा जोडि दिंदा मान्छेलाइ दोधार भएको छ । सिता र मेरो स्टोरि same same छ । तर हामि दिदि बहिनि Tom बाट धेरै टाढा छौ र खुशी पनि छौ । हो समाजले हामिलाई स्विकार्दैनन तर पनि ठिकै छ जुन समाजले सबै कुरा गलत लिन्छ भने त्यो समाज के समाज ? पढ्ने र बुझ्नेलाई यती म्यसेज भए हुन्छ नबुझ्ने र बुझे पनि बुझ पचाउनेलाई डाडु मा पानि तताएर मरे पनि खासै फरक पर्दैन । विदेशमा आएर दुख पाउन भन्दा नेपाल मा नै मर्नु जाति । मेरो आन्तिम भनाइ यही छ ।

sita pariyar

फोटो: सिता परियार

bindu pariyar -- feeling to go home torture 2013

बिन्दुलाई नेपाल जान मन लागे पनि जान मन नलाग्नुको कारण (साथिको नाम मेटिएको र बिन्दुको नाम परिवर्तित)

bindu nepali dress

फोटो – बिन्दु नेपालि पहिरनमा

tom and bindu i thailand

फोटो – बिन्दु टम सेवेल र अरु दुई थाइ युवतीहरुसंग थाइल्याण्डमा

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 6, 2015)

Incoming search terms:

  • bindu pariyar
  • नेपाली बुलु भिडियो
  • Bindu pariyar com
  • अरचना पनेरु
  • नेपालि सेक्स
  • बिन्दु परियार
  • नेपाली सेक्सी कथा
  • नेपाली सेक्श भिडियो
  • नेपाली सेक्स
  • कहानि

2 thoughts on “बिन्दु परियार – यो हो मेरो सच्चा कहानि

  1. you are right bindu malai tmro story man paryo n so sad . but tyo tom lai mardiyeko vaye huntyo sale tom

Leave a Reply

Your email address will not be published. Required fields are marked *