नेपाली अभिनेत्री नन्दिता केसीको परिचय

नन्दिता केसीका फिल्महरू यहाँ हेर्न सकिन्छ

नेपाली अभिनेत्री नन्दिता केसीको असली नाम शोभा के.सी. हो । इन्द्रेणी चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नन्दिताले फिल्म क्षेत्र्मा प्रबेश गर्नुअघि नै आफ्नो नाम शोभाबाट नन्दिता राखेकी थिइन् । फिल्म लाइनमा प्रवेश गर्न लाग्दा शोभा नामले आधुनिकता नदिएपछि उन्ले नाम परिवर्तन गरेर नन्दिता राखेकी हुन् । अभिनेत्री हुनु भन्दा पहिले उनी नर्स हुने सोचमा थिइन । नायिका नभएर नर्स भएको भए नन्दिताको नाम शोभा नै हुनेथियो । अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी नन्दिताको पहिलो म्युजिक भिडियो ‘सान्नानी’ थियो भने पहिलो टेली चलचित्र ‘दर्शन जिन्दगीको’ थियो ।

नन्दिताको जीवनी र उनका राम्रा र नराम्रा बानीहरुको बारेमा भिडियो रिपोर्ट:

नन्दिताले सानै उमेरदेखि नै राम्रो डान्स गर्ने भए पनि उनलाई फिल्ममा अभिनय नै गर्ने सोच भने थिएन । १२ सम्मको अध्ययन पूरा गरेपछि स्टाफ नर्स बन्ने प्लान गरेकी नन्दितालाई बुटवलमा बनेको एउटा लोकल भिडियो फिल्म “यो कस्तो माया”मा काम गर्ने अफर आयो । त्यो फिल्ममा काम गरे पछि उनि काठमाडौं गएर, नृत्य सिक्न शुरु गरिन । नृत्य सिक्दै गर्दा नै उनले चलचित्र इन्द्रेणीमा नायिकाका रूपमा काम गर्ने अवसर प्राप्त गरिन । पहिलो फिल्मको सफलता संगै नन्दिताले एउटी राम्री अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा जम्न सफल भइन ।

nandita kc in national film award

पहिलो फिल्म मा जस्तै धेरै पछि अहिले फेरी नन्दिता र दिलीप रायमाझी एउटै फिल्ममा संगै देखिएका हुँन “लोग्ने मान्छे”मा । नन्दिताको पहिलो फिल्ममा पनि दिलीप रायमाझी भए पनि उनी दिलीपकी प्रेमिका नाभएर सारंगाका प्रेमी रहेका थिए । अहिले “लोग्ने मान्छे”मा दिलीप नन्दिताका श्रीमान भएर खेलेका छन् ।

अभिनेता दिलीप रायामाझीका अनुसार अभिनेत्री नन्दिता मनकी धनी, कुशल अभिनेत्री, कुशल नृत्यांगना, साथीहरू माझ फरासिली र आफू भन्दा बरिष्ठलाई सम्मान बार्ने र कनिष्ठलाई माया पनि गर्छिन अभिनेत्री हुन ।

१५ अक्टोबरमा नरपानी, अर्घाखाँची मा जन्मिएकी नन्दिताले प्लस टु पछि अध्ययनलाई बिश्राम दीएर पूरा समय अभिनय र मोडलिंगलाई दिईन । नाचगान, कथा लेख्नु र घुमघाम गर्न मन पराउने नन्दिता फुर्सदमा घरमै परिवारसँग बसेर रमाइलो गर्ने, किताबहरु पढ्ने र फिल्म हेर्ने  गर्दछिन । उनको सबै भन्दा मन पर्ने कलाकार मिथिला शर्मा हुन भने मन परेको फिल्म “बाटो मुनिको फूल” । आफ्नी आमा चेतना केसी र बहिनी सजना केसी उनका सबै भन्दा नजिकका साथीहरु हुन ।

nandita kc hot

नन्दिताका फिल्महरू:

 

Leave a Reply

Your email address will not be published.