काठमाण्डौंमा तेजाब आतंक, तेजाब सजिलै किन्न पाइनु ढु:खको कुरा

एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीहरूको अनुहार नै विकृत हुने गरेर तेजाब आक्रमण भएको छ । बसन्तपुरको ए–प्लस ट्युसन सेन्टरमा एसएलसीको तयारी गर्न बिहानै देखि कक्षामा पुगेका तीन किशोरीहरू मध्ये एक जनालाई गम्भीर रुपामा तेजाबले पोलेको छ भने अर्कीको अनुहार र घाटीमा तेजाबले पोलेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=sh3QkodbNks

तराई क्षेत्र र भारतमा यदाकदा हुने तेजाब आतंक काठमाण्डौमा तीन बर्ष पछि भएको हो । तीन बर्ष अघि बानेश्वरमा भएको तेजाब आक्रमण घरायसी झगडाको कारणले भएको थियो भने अहिलेको तेजाब आक्रमण के कारणले भएको हो भन्ने कुनै निष्कर्श निस्कन सकेको छैन ।

seema basnet acid attack

सुन्तला रंगको ‘हुड’ लगाएर अनुहार छोपेका एक किशोरले हर्लिक्सको शिशिमा बोकेर आएको तेजाब पढीरहेका किशोरी हरु तर्फ छ्यापेर भागेका थिए । आक्रमणबाट गम्भीर घाइते संगीता पुलामी मगरको सिनामंगलको काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भइरहेको छ। शान्ति निकुन्ज माध्यमिक विद्यालयमा पढ्ने संगीताको अनुहार, तिघ्रा र छातीमा तेजाबले पोलेको छ। अर्की घाइते सीमा बस्नेत निधार र गालामा तेजाबले पोलेको छ।

प्रहरीले ‘बदलाको भावनाले परिचितबाटै तेजाब आक्रमण भएको’ प्रारम्भिक निष्कर्ष निकाले पनि कसले गरेको भनेर चिन्न सकेको छैन ।

नेपालमा तेजाब बिक्रीमा कुनै बन्देज नभएको र जोसुकैले पनि तेजाब किन्न पाउने हुनाले भविष्यमा पनि यस्तै तेजाब आक्रमण हुन सक्छन । यस्तो आक्रमण रोक्न सरकारले तेजाब बिक्री वितरणमा बन्देज लगाउन आबश्यक देखिन्छ ।

sangati pulami magar acid attack

Leave a Reply

Your email address will not be published.