फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाह पारसलाई राखिएको थाइल्याण्डको जेलमा नै गएर भेटे पछि उनलाई स्वदेश फर्काउने तयारी पनि शुरु भएको छ । पारस जेलमा परे पनि उनलाई छुटाउन उनका बाबु र पूर्ब राज परिवारले कुनै पहल नगरेको गाइगुइ हल्ला शुरु हुँदै गर्दा हिमानीको यो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।
भिडियो रिपोर्ट:
समाचारहरू अनुसार पूर्वयुवराज पारस शाहले आफ्नी थाई प्रेमिकालाई छोडेर स्वदेश फर्किन राजी भएका कारण हिमानीले उनलाई स्वदेश फर्काउने तयारी गरेकी हुन ।
हिमानी २९ माघमा थाइल्यान्ड गएर फाल्गुण ६ मा नेपाल फर्केकी हुन् । हिमानीले थाइल्यान्डको उदुकखानीस्थित जेलमा पुगेर पारसलाई भेटेकी थिइन् । सो भेटमा पारसकी थाई प्रेमिका कन्निका चाइसानको बारेमा पनि बिस्तृत कुराकानी भएको बताइएको छ । हिमानीले परिवारका सदस्यलाई बताए अनुसार पारसले कन्निकालाई नलिई स्वदेश फर्कन मानेको छन् ।
गत दसैंमा पारसले आफ्नी थाई प्रेमिकालाई लिएर नेपाल फर्कन लाग्दा उनकी श्रीमती हिमानी र बाबु ज्ञानेन्द्रले उनको यात्रा रोकिदिएका थिए ।
केही महिना पहिले गाँजासहित पक्राउ परे पछि उनी अदालतको आदेशकमा जेलमा रहेका छन् । २९ कात्तिकदेखि तीन महिना भन्दा लामो समय सम्म जेलमा पर्दा पनि कुनै वास्ता नगरेको पूर्वराजपरिवार अब उनलाई स-शर्त नेपाल फर्कन दिन राजी भएको हो । अब, थाइ अदालतमा पारसको मुद्दा टुंगिनासाथ उनलाईलाई स्वदेश फर्काउने तयारी शुरु भएको छ ।
अहिले पारसलाई बैंककबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको लाओससँगको सीमावर्ती उदुकखानीस्थित लेजमा ख श्रेणीको सुविधासहित राखिएको छ ।