केकी र राजेशपायल राइको बीच आत्मीयता

नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा गायक राजेशपायल राईलाई अहिलेसम्म एक्लो छन् । उनले मितज्यू भन्ने गरेका अर्का राजेश – राजेश हमालले बिहे गरेपछि भने अब उनकै पालो हो भन्दै हिड्ने राजेश पायलसंग नाम जोड्न लायक कोही देखिएको थिएन । तर हालै भएको एक घटनाले भने उनले बिहे गर्नको लागि सदस्य फेला पारेको हुने सक्ने संकेत मिलेको छ ।

https://www.youtube.com/watch?v=R4FOA5EhmGQ

आफ्नो विश्वव्यापी सांगीतिक टुर सकेपछि राजेशले काठमाण्डौको कमलपोखरीमा ‘दर्शन नमस्ते’ नाम गरेको रेष्टुरेन्टको ब्यबसाय शुरु गरेका छन् । यही शनिबार साँझ सो ब्यबसायको उद्घाटन गर्न उनले नायिका केकी अधिकारीलाई मात्र बोलाएका थिए । उनीहरू बीचको सम्बन्ध केही बिशेष रहेको शंकेत गरेका छन् !

केही साताअघि अमेरिकाको विभिन्न राज्यमा १७ वटा एकल सांगीतिक कार्यक्रम गरेर नेपाल फर्कँदा उनले भनेका थिए, ‘राजेशपायल राई अब धेरै समय एक्लो बस्दैन ।’

केकीले क्याफे उद्घाटनका क्रममा ३० सेकेन्ड जती आँखा चिम्लिएर राजेशका लागि प्रार्थाना पनि गरेकी थिइन । उनले आगामी बर्षमा पनि यसरी नै केक काट्न पाइयोस् भनेर कामना गरिन् । केकीले यसो गरिरहँदा राजेशले भने- ‘केकीलाई यही नै बस्न मन छ कि क्या हो ?’

सो समारोहमा राजेशपायलले भने, ‘बहराइनमा नायिका केकी अधिकारीसँग मेरो हित्तचित्त मिल्यो ।’  केही पछि केकीले थपिन्, ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि म उहाँबाट प्रभावित भएँ ।’ केकीले यसो भनेपछि राजेशपायलले थपे, ‘सकिगो नि’ ।

आखिर के केकी र राजेशको सम्बन्ध बलियो बनेकै हो त ? अहिले त तेस्तै देखिन्छ ।

राजेशपायल राईले संकेत पनि गरे, ‘मैले सबै बताइसकेको छु, अब आफै कुरा बुझ्नुस् ।’

rajesh payal rai and selfie queen

keki selfie

Leave a Reply

Your email address will not be published.