टर्किस एयरलाइन्सको जहाज दुर्घटना, सबै यात्रु सकुशल

अपडेट – दुर्घटनाग्रस्त बिमान हटाउन नसकिएको हुनाले त्रिभूवन विमानस्थलबाट आउने र जाने सबै जहाजहरू अनिश्चित समयको लागि रोकिएका छन् ।

खराब मौसमका कारण टर्कीको इस्तानबुलबाट काठमाडौं आएका टर्किस एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ ।

भिडियो रिपोर्ट:

यात्रुहरु जहाजको आपतकालीन द्वारबाट बाहिर निसक्दै गरेको भिडियो:

आज बुधबार बिहान ८ बज्न केही समय अघि त्रिभूवन विमानस्थलमा अवतरण गर्दा टीके ७२६ नम्बरको विमान रन वेबाट चिप्लिएर चौरमा पुगेको हो । जहाजमा रहेका सबै २ सय ४८ जना यात्रु सकुशल रहेको र उनीहरूलाई आपतकालिन ढोका बाट बाहिर निकालिएको थियो ।

काठमाडौंको मौसम हुस्सु लागेको र कुहिरोले छोपेको हुनाले विमानस्थलमा एकदमै कम भिजिबिलिटी रहेको छ । मौसमको खरावीले केही दिन देखि काठमाडौंका उडान प्रभावित हुँदै आएका थिए ।

उडान अवधि ७ घण्टाको रहेको यो जहाज नै काठमाण्डौं आउने सबै भन्दा टाढा बाट आउने बिमान हो छ । यही सेप्टेम्बर १ देखि नेपालमा उडान उडान अनुमति पाएको यो बिमानको  जहाजमा सामान्य क्षति भएको बताइएको छ ।

turkish air accident in TIA

passengers getting out of turkish airlines

Leave a Reply

Your email address will not be published. Required fields are marked *