यस अघिका वर्षहरूमा प्राय: सबै जस्ता चलचित्रकर्मीहरुलाई उनको घरमा एकतृत गरेर होलीको विशेष कार्यक्रमको आयोजना गर्दै आएकी अभिनेत्री करिश्मा मानन्धरले यो पटक तेस्तो कार्यक्रम गर्न पाइनन । आफ्नो आगामी चलचित्र ‘फागू’को छायांकनको लागि भनेर उपत्यका भन्दा बाहिर रहेकाले यो बर्ष काठमाडौँका कलाकारहरू बिभिन्न ग्रुपमा आ-आफनै तरिकाले होलि मानाए।
भिडियो रिपोर्ट
फागु पूर्णिमा अर्थात होलीको राम्रै रमझम काठमाडौँमा देख्न सकिन्थ्यो । बिहिबार दिउसो देखि नै युवा युवतीहरू रंगीन भएर शहर परिक्रमा गरिरहेका थिए भने आफ्नो आफ्नो झुण्ड बनाएर होली खेलिरहेका थिए । उपत्यकाका विभिन्न स्थानमा होलीका विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो । गायक गायिकाहरू टेलीभिजन र रेडियोका प्रत्यक्ष प्रसारण कार्यक्रममा ब्यस्त रहे भने चलचित्रकलाकारहरू रेड स्टुडियो र नमस्ते नेपालमा जम्मा भएका थिए ।
फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले आयोजना गरेको होली कार्यक्रम महाराजगञ्जस्थित रेड स्टुडियोमा गरिएको थियो । सो कार्यक्रममा अभिनेत्री रेखा थापा, निर्देशक सबिर श्रेष्ठ, केकी अधिकारी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, बेनिसा हमाल, निर्देशक हिम्ग्याप लामा आदिको उपस्थिति थियो।
अर्को स्थान, नमस्ते नेपालमा निर्माता छवीराज ओझाले विशेष होली समारोह आयोजना गरेका थिए । छबीराजको कार्यक्रमामा भने धेरै जसो पुरुष चलचित्रकर्मीहरू देखिएको थियो थियो । महिला चलचित्रकर्मीहरूमा अनु शाह, पवित्रा आचार्य, दीपा श्री निरौला, संचिता लुइँटेल,शिवानी लुइँटेल, कविता शर्मा, पूजा शर्मा र अन्य केही कलाकारहरु उपस्थित थिए । शिल्पा पोखरेल पनि करिष्मा संगै ‘फागु’को शुटिंगमा व्यस्त भएकोले छबीको कार्यक्रममा देखीइनन ।
दुबै होली कार्यक्रममा फिल्मकर्मीहरू उपस्थित भए पनि धेरै कलाकारहरूले करिश्माको घरमा हुने बृहद कार्यक्रम मिस गरेका थिए ।
लिंकहरू
- होली खेल्दै चलचित्रकर्मीहरू (फोटोहरू xnepali मा)
- होली खेल्दै अभिनेत्रीहरू (फोटोहरू, Nepaliactress.com मा)