दुलही अभिनेत्री सुमिना घिमिरे साच्चिकै दुलही बनिन

नेपाली अभिनेत्री सुमिना घिमिरेले सोमबार बाट बिवाह गरेकी छिन् । दुलही फिल्ममा राजेश हमालसंग बिवाह गर्दा चर्चा भएकी अभिनेत्री सुमिनाले रियल लाइफको बिवाह भने गुपचुप नै गरेकी छिन । पेशाले पाइलट, रोशन सापकोटासँग सुमिनाले एउटा पार्टी प्यालेसमा बिहे गरेकी हुन् ।

भिडियो रिपोर्ट:

केही समय देखि प्रेममा रहेका सुमिना र रोशनले बिवाह गरे पछि सुमिनाले फिल्म क्षेत्र बाट अबकास लिने हल्ला चलेको छ । तेसैले होला विवाहमा फिल्मकर्मी र मिडियालाई बोलाइएको थिएन भने विवाहमा दुबै तर्फका आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिभिन्न स्क्यान्डलका कारणले चर्चित सुमिनाको फिल्म ‘भिमदत्त अहिले सिनेमाघरमा चलिरहेको छ । उनले खेलेका केही फिल्महरुमा उनले दिएका केही उत्तेजक दृश्य , पत्रकार संगको झगडाका कारण,  निर्मातासंगको सम्बन्ध आदि कारणले उनी संधै चर्चामा रहने अभिनेत्री भनेर चिनिन्थिन ।

dulahi actress sumina ghimire

Leave a Reply

Your email address will not be published.