जिरे खुर्सानि र भद्रगोल नयाँ बर्ष अगाबै प्रशारण शुरुहुने

‘तितो सत्य’ र ‘मेरि बाँस्सै’लाई नेपाल टेलिभिजनमा देखाउँदै आएको मिडिया हबले अब ‘जिरे खुर्सानि’ र ‘भद्रगोल’ पनि आफ्नो भागमा पारेको छ । विगत केही हप्तादेखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएका यी दुई चर्चित हाँस्य सिरियल अब भने फेरि प्रशारणमा आउने भएका छन् ।

भिडियो रिपोर्ट

मिडिया हबका अध्यक्ष सोम धितालका अनुसार चर्चित हाँस्य सिरियल ‘जिरे खुर्सानि’ र ‘भद्रगोल’ चैत्रको अन्तिम साता वा नयाँ बर्षबाट प्रशारणमा आउने भएका हुन् । उनले भने अनुसार मिडिया हबले अब नेपाल टेलिभिजनमा प्रसारणको टेन्डर पारेर चैत्र २७ गतेबाट ‘भद्रगोल’ र चैत्र ३० गतेबाट ‘जिरे खुर्सानि’को प्रशारण को तयारि गरेको बताएका हुन ।

यि मितिहरूमा कुनै प्राविधिक समस्या आएर प्रसारण हुन नसके पनि त्यसको अर्को हप्ता देखि नियमित प्रशारण हुने उनले बताएका छन् । यी दुबै सिरियलको प्रशारण समयमा भने कुनै हेरफेर हुने छैन । मिडिया हबका अनुसार जिरे खुर्सानीका लागि २ लाख १७ हजार ७ सय ७७ रुपैयाँ प्रतेक हप्ता नेपाल टेलिभिजनलाई वुझाउने शर्त छ भने ‘भद्रगोल’का लागि १ लाख ८७ हजार ७७० रुपैयाँ मिडिया नेपाल टेलिभिजनलाई वुझाउने छ ।

प्रतेक साता ‘जिरे खुर्सानि’ बनाउनको लागि करिब रु १ लाख ४५ हजार रुपैयाँ खर्च गर्ने मिडिया हबले ‘भद्रगोल’का लागि रु ८० हजार खर्च गर्ने छ ।

यस अघि ‘वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रममा लागि भनेर सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटि रकम नक्कलि भएको पत्ता लागेपछि दुई चर्चित सिरियलहरू बन्द हुन पुगेका थिए। पछिल्लो समय हाँस्य सिरियल ‘भद्रगोल’ सर्वाधिक चर्चित बनेको हास्य सिरियल हो ।

jire and bhadragol

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको छ । (July 7, 2015)

Leave a Reply

Your email address will not be published.